• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

अहिलेको चुनाव अमेरिका र देशभक्त नेपालीमाझ : सिंह


  •   आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको चुनाव अमेरिकी साम्राज्यवाद र देशभक्त नेपालीमाझ हुन गइरहेको बताउनुभएको छ ।

    Advertisement

    २०८२ फागुन ३ गते आइतबार साँझ अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) द्वारा आयोजित “गिलासमा भोट हालौँ” शीर्षकको अडियो गीतको भर्चुअल विमोचन कार्यक्रममा मन्तव्य राख्दै उहाँले सो धारणा राख्नुभएको हो ।

    ‘पहिलेपहिलेका चुनाव नेपालका राजनीतिक पार्टीमाझ हुने गर्दथे’ महामन्त्री सिंहले भन्नुभयो– ‘तर अहिलेको परिस्थिति फरक छ । अहिलेको चुनाव देशभक्त नेपाली जनता र अमेरिकी साम्राज्यवादको माझमा हुन गइरहेको छ ।’

    उहाँले यो चुनावमार्फत अमेरिकी साम्राज्यवादलाई पराजित गर्नुपर्ने दायित्व देशभक्त नेपाली जनतामा आएको पनि स्पष्ट पार्नुभयो ।

    डोनाल्ड ट्रम्प पुन: राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकाले विश्वभरि नै आधिपत्य कब्जा जमाउन खोजिरहेको उहाँले बताउनुभयो ।

    ‘हामीले देखिरहेका छौँ, अमेरिकाले ग्रिनल्यान्ड, क्यानडा, पनामा, गाजापट्टीजस्ता देशमा कब्जा जमाउन खोजिरहेको छ’ सिंहले भन्नुभयो ।

    अमेरिका चीनका विरुद्ध नेपाललाई पनि कब्जा गर्ने रणनीतिमा रहेको उहाँले बताउनुभयो ।

    सङ्क्षिप्त मन्तव्यको क्रममा उहाँले बाहिरबाट शक्तिशालीजस्तो देखिए पनि आन्तरिक रूपमा अमेरिका कमजोर बन्दै गएको उहाँले बताउनुभयो ।

    ‘बाहिरबाट अमेरिका बलियोजस्तो देखिए पनि भित्रभित्रै कमजोर हुँदै गइरहेको छ’ उहाँले अगाडि भन्नुभयो– ‘डेनमार्क, क्यानडा, युरोप, रुस, चीन, इरान, भारतजस्ता साम्राज्यवादी देशहरू नै अमेरिका विरुद्ध उभिएका छन् ।’

    महामन्त्री सिंहले विश्वका शान्तिप्रेमी जनताको बलबाट अमेरिकी साम्राज्यवादलाई पराजित गर्न सकिने धारणा राख्नुभयो ।

    फरक प्रसङ्गमा उहाँले नेपालमा भ्रष्टाचार गम्भीर समस्याको रूपमा रहेको बताउनुभयो ।

    ‘नेपालमा भ्रष्टाचार गम्भीर समस्या भएको छ’ उहाँले भन्नुभयो– ‘तर भ्रष्टाचारबाट बचेको, त्यसको विरुद्ध सङ्घर्ष गर्दै आइरहेको नेपालमा एउटा पार्टी छ । त्यो हो राष्ट्रिय जनमोर्चा । त्यसको चुनाव चिह्न गिलासमा मतदान गर्न म नेपाली जनतासित अपिल गर्दछु ।’

    उहाँले चित्रबहादुर केसीजस्तो निष्कलङ्क नेताको नेतृत्वमा रहेको राजमोलाई जिताएर मात्रै नेपालको विकास हुने धारणासमेत राख्नुभयो ।

    विदेशमा रहेका नेपालीमाझ रास्वपाले प्रशस्त भ्रम दिएको सन्दर्भ जोड्दै उहाँले आमचुनावमा राजमोको पक्षमा प्रचार गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी
    १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा
    एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    वेदकालीन समाज
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

    • २.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • ३.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ४.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ५.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ६.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ७.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ८.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.