• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

अहिलेको चुनाव अमेरिका र देशभक्त नेपालीमाझ : सिंह


  •   आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको चुनाव अमेरिकी साम्राज्यवाद र देशभक्त नेपालीमाझ हुन गइरहेको बताउनुभएको छ ।

    Advertisement

    २०८२ फागुन ३ गते आइतबार साँझ अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) द्वारा आयोजित “गिलासमा भोट हालौँ” शीर्षकको अडियो गीतको भर्चुअल विमोचन कार्यक्रममा मन्तव्य राख्दै उहाँले सो धारणा राख्नुभएको हो ।

    ‘पहिलेपहिलेका चुनाव नेपालका राजनीतिक पार्टीमाझ हुने गर्दथे’ महामन्त्री सिंहले भन्नुभयो– ‘तर अहिलेको परिस्थिति फरक छ । अहिलेको चुनाव देशभक्त नेपाली जनता र अमेरिकी साम्राज्यवादको माझमा हुन गइरहेको छ ।’

    उहाँले यो चुनावमार्फत अमेरिकी साम्राज्यवादलाई पराजित गर्नुपर्ने दायित्व देशभक्त नेपाली जनतामा आएको पनि स्पष्ट पार्नुभयो ।

    डोनाल्ड ट्रम्प पुन: राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकाले विश्वभरि नै आधिपत्य कब्जा जमाउन खोजिरहेको उहाँले बताउनुभयो ।

    ‘हामीले देखिरहेका छौँ, अमेरिकाले ग्रिनल्यान्ड, क्यानडा, पनामा, गाजापट्टीजस्ता देशमा कब्जा जमाउन खोजिरहेको छ’ सिंहले भन्नुभयो ।

    अमेरिका चीनका विरुद्ध नेपाललाई पनि कब्जा गर्ने रणनीतिमा रहेको उहाँले बताउनुभयो ।

    सङ्क्षिप्त मन्तव्यको क्रममा उहाँले बाहिरबाट शक्तिशालीजस्तो देखिए पनि आन्तरिक रूपमा अमेरिका कमजोर बन्दै गएको उहाँले बताउनुभयो ।

    ‘बाहिरबाट अमेरिका बलियोजस्तो देखिए पनि भित्रभित्रै कमजोर हुँदै गइरहेको छ’ उहाँले अगाडि भन्नुभयो– ‘डेनमार्क, क्यानडा, युरोप, रुस, चीन, इरान, भारतजस्ता साम्राज्यवादी देशहरू नै अमेरिका विरुद्ध उभिएका छन् ।’

    महामन्त्री सिंहले विश्वका शान्तिप्रेमी जनताको बलबाट अमेरिकी साम्राज्यवादलाई पराजित गर्न सकिने धारणा राख्नुभयो ।

    फरक प्रसङ्गमा उहाँले नेपालमा भ्रष्टाचार गम्भीर समस्याको रूपमा रहेको बताउनुभयो ।

    ‘नेपालमा भ्रष्टाचार गम्भीर समस्या भएको छ’ उहाँले भन्नुभयो– ‘तर भ्रष्टाचारबाट बचेको, त्यसको विरुद्ध सङ्घर्ष गर्दै आइरहेको नेपालमा एउटा पार्टी छ । त्यो हो राष्ट्रिय जनमोर्चा । त्यसको चुनाव चिह्न गिलासमा मतदान गर्न म नेपाली जनतासित अपिल गर्दछु ।’

    उहाँले चित्रबहादुर केसीजस्तो निष्कलङ्क नेताको नेतृत्वमा रहेको राजमोलाई जिताएर मात्रै नेपालको विकास हुने धारणासमेत राख्नुभयो ।

    विदेशमा रहेका नेपालीमाझ रास्वपाले प्रशस्त भ्रम दिएको सन्दर्भ जोड्दै उहाँले आमचुनावमा राजमोको पक्षमा प्रचार गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    जेनजीले दिएको अविस्मरणीय घाउ : रेट्रोफिट हुन नसक्ने भएपछि सङ्ग्रहालय बनाइँदै
    मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
    सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमा : श्रेष्ठ
    मल किन्न भारत गएका दुई नेपाली २२ दिनदेखि भारतीय जेलमा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.