• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

भेनेजुएलाको तेल व्यवस्थापनमा अमेरिकी सक्रियता बढ्दो


  •   बुधबार, माघ ०७, २०८२ मा प्रकाशित
  • वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलाको तेल आपूर्ति र वितरणमा नियन्त्रण बढाउने प्रयासअन्तर्गत अमेरिकी सेनाले भेनेजुएलासँग सम्बन्धित सातौँ प्रतिबन्धित तेल ट्याङ्कर आफ्नो नियन्त्रणमा लिएको छ ।

    Advertisement

    अमेरिकी दक्षिणी कमाण्डका अनुसार ‘एमभी साजिट्टा’ नामक उक्त तेल ट्याङ्करलाई कुनै अप्रिय घटना बिना नियन्त्रणमा लिइएको हो । सो ट्याङ्कर क्यारेबियन क्षेत्रमा प्रतिबन्धित जहाजहरूमाथि लागू गरिएको अमेरिकी ‘क्वारेन्टाइन’ को उल्लङ्घन गर्दै सञ्चालन भइरहेको जनाइएको छ ।

    लाइबेरियामा दर्ता भएको उक्त ट्याङ्कर हङकङस्थित कम्पनीको स्वामित्व तथा व्यवस्थापनमा रहेको बताइएको छ ।

    यस जहाजले पछिल्लो पटक दुई महिनाभन्दा बढी समयअघि युरोपको बाल्टिक सागर क्षेत्र छाड्दा आफ्नो स्थान प्रसारण गरेको थियो । अमेरिकी अधिकारीहरूका अनुसार ट्याङ्करले भेनेजुएलाबाट तेल लिएको पुष्टि भएको छ ।

    अमेरिकी अर्थ मन्त्रालयले सन् २०२२ मा युक्रेनमाथि रुसको आक्रमणसँग सम्बन्धित कार्यकारी आदेश अन्तर्गत उक्त ट्याङ्करमाथि प्रतिबन्ध लगाएको थियो ।

    दक्षिणी कमाण्डले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ,“यो कदमले भेनेजुएलाबाट बाहिरिने तेल अन्तर्राष्ट्रिय नियम र कानुनअनुसार मात्र हुनुपर्ने हाम्रो प्रतिबद्धता देखाउँछ ।”

    भेनेजुएलाको तेल उद्योग पुनर्निर्माणको प्रयास
    यसअघि जनवरी ३ मा भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो पदबाट हटाइएपछि ट्रम्प प्रशासनले भेनेजुएलाको तेल उत्पादन, प्रशोधन तथा अन्तर्राष्ट्रिय वितरणमा सक्रिय भूमिका निर्वाह गर्ने नीति अघि सारेको छ ।

    अमेरिकी अधिकारीहरूका अनुसार तेल ट्याङ्करहरू नियन्त्रणमा लिएर प्राप्त हुने आम्दानी भेनेजुएलाको कमजोर अर्थतन्त्र र तेल उद्योग पुन:निर्माणमा प्रयोग गर्ने लक्ष्य राखिएको छ ।

    राष्ट्रपति ट्रम्पले हालै तेल कम्पनीका प्रमुखहरूसँग भेट गरी भेनेजुएलाको तेल क्षेत्रमा करिब १०० अर्ब अमेरिकी डलर लगानी गर्ने योजना सार्वजनिक गरेका थिए । उहाँले अमेरिका कम्तीमा तीन करोडदेखि पाँच करोड ब्यारेल भेनेजुएलाली तेल बिक्री गर्ने तयारीमा रहेको बताउनुभयो ।

    मङ्गलबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले हालसम्म पाँच करोड ब्यारेल तेल भेनेजुएलाबाट बाहिर लगिसकेको दाबी गर्नुभयो । “हामीसँग अझै ठूलो परिमाणमा तेल बाँकी छ, जसलाई खुला बजारमा बिक्री गरिँदैछ,” उहाँले भन्नुभयो ।

    यसअघिका ट्याङ्कर नियन्त्रण
    पहिलो तेल ट्याङ्कर डिसेम्बर १० मा भेनेजुएलाको तट नजिकै नियन्त्रणमा लिइएको थियो । त्यसपछि अधिकांश ट्याङ्करहरू भेनेजुएलाको आसपासका समुद्री क्षेत्रमा नियन्त्रणमा लिइएका छन् । बेला एक नामक ट्याङ्कर भने उत्तर अटलान्टिक क्षेत्रमा नियन्त्रणमा लिइएको थियो ।

    विश्लेषकहरूका अनुसार अमेरिकाको यस कदमले भेनेजुएलाको तेल व्यापार, अन्तर्राष्ट्रिय ऊर्जा बजार तथा क्षेत्रीय राजनीतिक समीकरणमा दीर्घकालीन प्रभाव पार्न सक्ने देखिन्छ ।

    बुधबार, माघ ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम
    कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने
    अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त
    बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड
    हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन
    सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    • २.
      कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

    • ३.
      अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

    • ४.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    • ५.
      हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    • ६.
      सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    • ७.
      नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    • ८.
      मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.