काठमाडौँ । चर्चित कर्खा गायक खिमबहादुर गन्धर्व अब यो दुनियाँमा रहेनन् । पोखराको बाटुलेचौर निवासी खिमबहादुरको बुधबार ९१ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि अस्वस्थ थिए।
Advertisement
खिमबहादुर सारङ्गी रेट्ने र कर्खा गाउने अघिल्लो पुस्ताका चर्चित कलाकार थिए । २०१३ सालतिर युवावयमै अर्का चर्चित गायक झलकमान गन्धर्वसहितको कलाकार टोलीमा सामेल भएर खिमबहादुर चीन पुगेका थिए ।
जनकविकेशरी धर्मराज थापाको अगुवाइमा चीन पुगेको बेला सो समूहले चियरम्यान माओको नामले चिनिने माओत्से तुङलाई सारङ्गीको धुन सुनाएको थियो।
दुई घरबार गरेका उनका २ छोरा र ३ छोरी रहेका छन् । उनको बिहीबार अन्त्येष्टि गरिएको छ ।