• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

‘प्रविधिमार्फत हुने लैङ्गिक हिंसाबाट जोगाउन प्रभावकारी कदम आवश्यक छ’


  •   आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । आधुनिक प्रविधिको प्रयोग बढ्दै जाँदा प्रविधिमार्फत हुने लैङ्गिक हिंसाका घटना पनि बढ्न थालेपछि बालबालिका र किशोरकिशोरी जोगाउन तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । डिजिटल प्रविधिको दुरुपयोगका कारण यस्ता हिंसाका घटना बढ्दै गएकाले यसले पीडितको जीवन तथा जीविकोपार्जनमा गम्भीर असर पारिरहेको बताएका हुन् ।

    Advertisement

    ‘प्रविधिमार्फत हुने लैङ्गिक हिंसाबाट प्रभावित किशोरकिशोरी, बालबालिका, युवा तथा महिलाको न्यायमा पहुँच’ विषयक राष्ट्रिय संवादमा सहभागी वक्ताले प्रविधिमार्फत हुने लैङ्गिक हिंसाबाट बालबालिका, किशोरकिशोरी, महिला तथा सीमान्तकृत समुदायलाई संरक्षण गर्न सरकार, सुरक्षा निकाय र नागरिक समाजले तत्काल तथा समन्यित पहल गर्नुपर्नेमा जोड दिएका हुन् ।

    कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव नीरा अधिकारीले विद्यमान कानुनले डिजिटल प्रविधिबाट हुने लैङ्गिक हिंसाको परिवर्तनशीलस्वरूप र गम्भीरतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताउनुभयो ।

    प्रविधिको दुरुपयोग रोक्दै यसको सकारात्मक उपयोगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै उहाँले सामाजिक सञ्जालको प्रभावका कारण बालविवाहजस्ता हानिकारक अभ्याससमेत बढेको उल्लेख गर्नुभयो ।

    डिजिटल साक्षरताको अभाव र न्यायमा कमजोर पहुँचका कारण अपाङ्गता भएका महिला तथा किशोरीसहित सीमान्तकृत समूह बढी प्रभावित भएको बताउँदै उहाँले घरेलु हिंसा (कसूर तथा सजाय) ऐनलगायत कानुन संशोधन प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

    बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) र साथी संस्थाले आयोजना गरेको कार्यक्रममा नेपाल प्रहरी साइबर ब्युरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता दीपकराज अवस्थीले अनलाइन ग्रुमिङ, सहमतिबिना व्यक्तिगत तस्बिर तथा भिडियो सार्वजनिक गर्ने र डिजिटल जबर्जस्ती असुली प्रविधिमार्फत हुने प्रमुख लैङ्गिक हिंसा भएको बताउनुभयो ।

    उहाँले साइबर हिंसालाई स्पष्ट रूपमा परिभाषित नगरेको कानुनी कमजोरी, प्रदेश तहमा दक्ष जनशक्तिको अभाव र ९० दिनको हदम्यादका कारण अनुसन्धानमा समस्या हुने गरेको उल्लेख गर्नुभयो । सामाजिक सञ्जाल कम्पनीबाट आवश्यक विवरण प्राप्त गर्न ढिलाइ हुँदा मुद्दा अघि बढाउन कठिनाइ हुने भन्दै साइबर ब्युरोलाई थप स्रोतसाधन र संस्थागत क्षमता आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

    अन्तरलिङ्गी अधिकारकर्मी इसान रेग्मीले प्रविधिलाई केवल मोबाइल फोन वा सामाजिक सञ्जालमा सीमित रूपमा नबुझ्न आग्रह गर्दै जन्मकैबेला अन्तरलिङ्गी बालबालिकामाथि सहमतिबिनै गरिने शल्यक्रियामा चिकित्सकीय प्रविधिको दुरुपयोग भइरहेको बताउनुभयो । यसले शारीरिक स्वायत्तता उल्लङ्घन र दीर्घकालीन क्षति पु¥याउने भन्दै प्रविधिसम्बन्धी अधिकार उल्लङ्घनबारे व्यापक बुझाइ आवश्यक रहेकामा जोड दिनुभयो ।

    सिजपका अध्यक्ष तिलोत्तम पौडेलले प्रविधि प्रयोगमार्फत हुने लैङ्गिक हिंसालाई ‘नयाँ महामारी’को सङ्ज्ञा दिँदै यसले पीडितको जीवनमा दीर्घकालीन असर पार्ने बताउनुभयो । उहाँले पीडितलाई बोल्न सक्षम बनाउने वातावरण सिर्जना गर्न, पुनःस्थापना र दीर्घकालीन सुधारमा लगानी गर्न नागरिक समाजलाई आग्रह गर्नुभयो ।

    यसैगरी, कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद्का देवीप्रसाद डोटेलले बालबालिकामाथि हुने हिंसाका घटना व्यवस्थापनका लागि बालसंरक्षण प्रणाली मजबुत बनाउनुपर्ने बताउनुभयो । उहाँले बाल हेल्पलाइन र बालबालिका खोजतलास समन्वय केन्द्रजस्ता संयन्त्र सक्रिय रहेको जानकारी दिनुभयो ।

    आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.