• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

  •   शुक्रबार, पुष ०४, २०८२ मा प्रकाशित
  • भोजपुर । जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ । आलुको पात र डाँठ डढ्ने लक्षणसहित फैलिएको सङ्क्रमणका कारण उत्पादन घट्ने चिन्ता बढेको किसानहरूले बताएका छन् ।

    Advertisement

    किसान कमला थापाका अनुसार हिउँदे आलुमा देखिएको डढुवाको सङ्क्रमण पटकपटक औषधि प्रयोग गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । “विगतका वर्षहरूमा यस्तो प्रकारको रोग देखिएको थिएन”, उहाँले भन्नुभयो, “यो वर्ष एकपटक रोपिएको आलु पूर्ण रूपमा नष्ट भयो । पुनः रोपाइँ गरेका छौँ, तर त्यसमा पनि रोग देखिन थालेको छ ।”

    अघिल्लो यामको असोज र कात्तिकमा लगाइएको आलु डढुवाका कारण पूर्ण रूपमा नष्ट भएपछि किसानहरू आर्थिक क्षतिमा परेका छन् । त्यसपछि पुनः विस्तार गरिएको आलुखेतीमा पनि सङ्क्रमण देखिन थालेपछि किसानमा थप चिन्ता थपिएको भोजपुर-५ का नवराज फुयाँलले बताउनुभयो । “रोग यसैगरी फैलिँदै जाने हो भने यस वर्ष आलु उत्पादन घट्ने देखिन्छ”, उहाँले भन्नुभयो ।

    कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लामा हिउँदे र वर्षे गरी गत वर्ष कूल ५१ हजार ९०० मेट्रिकटन आलु उत्पादन भएको थियो । जिल्लामा करिब तीन हजार २७२ हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको छ ।

    कृषि प्राविधिकले डढुवा सङ्क्रमण नियन्त्रणका लागि समयमा रोग पहिचान, उपयुक्त औषधि प्रयोग तथा मौसमअनुसार सावधानी अपनाउन किसानलाई सुझाव दिएका छन् । डढुवाको सङ्क्रमण बढ्दै जाँदा किसानहरूले तत्काल प्रभावकारी प्राविधिक सहयोग र अनुगमनको माग गरेका छन् ।

    शुक्रबार, पुष ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.