काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ । यसैबीच भक्तपुरको बालकोट–२ क्षेत्रका दर्जनौं नेता तथा कार्यकर्ताले पार्टी छाडेका छन् ।
Advertisement
एमाले छाडेका मध्ये बालकोटका वडा २ का अध्यक्षका उम्मेदवार रवि श्रेष्ठ, नेपाल–कोरिया मैत्री अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डिके रोसन, सूर्यविनायक क्षेत्रका नेता–कार्यकर्ताहरू ईश्वर सिलवाल, हरि बास्कोटा, भाइकृष्ण श्रेष्ठ, अमृत सिलवाल, कृष्ण सिलवाल, विकास खत्री, दीपक खत्री, धु्रर्व केसी, रुकुश वेकाजु, सुदिप प्रजा, कृष्णशरण लामिछानेलगायत रहेका छन्।