• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

संविधान पुनर्लेखनको अवधारणा गलत : सिंह


  •   शनिबार, मङि्सर ०६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले तात्कालिक राजनीतिक परिस्थितिमा संविधान पुनर्लेखनको माग गलत भएको बताउनुभएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयले २०८२ मङ्सिर ६ गते शनिबार हार्दिक होटलमा आयोजित अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नको उत्तर दिँदै उहाँले अभिव्यक्ति दिनुभएको हो ।

    कार्यक्रमको पूर्वाद्र्धमा महामन्त्री सिंहले “नेपालको तात्कालिक राजनीतिक परिस्थिति र जेनजी आन्दोलन” शीर्षकमा अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।

    महामन्त्री सिंह उक्त अवधारणापत्रमाथि आधारित रहँदै विभिन्न राजनीतिक दल, बुद्धिजीवी तथा पत्रकारले उठाएका प्रश्नको उत्तर दिँदै हुनुहुन्थ्यो ।

    ‘सैद्धान्तिक हिसाबले हामी संविधान पुनर्लेखनको पक्षमा छौँ’ उहाँले भन्नुभयो– ‘गत कालमा नेपालमा पटक पटक संविधानको पुनर्लेखन हुँदै आएको छ र नयाँ जनवादी वा समाजवादी व्यवस्थामा पनि संविधानको पुनर्लेखन हुनेछ ।’

    अहिलेको संविधानले जनताका आधारभूत समस्यामा समाधान गर्न नसक्ने बताउँदै उहाँले यसको पुनर्लेखन आवश्यक रहेको सैद्धान्तिक आवश्यकता आफूले स्वीकार गर्ने बताउनुभयो ।

    ‘तर यतिखेर यो संविधानको पुनर्लेखनको माग कसले गरिरहेका छन्’ उहाँले भन्नुभयो– ‘संविधान पुनर्लेखनको माग राजवादीले गरिरहेका छन्, भारतले गरिरहेको छ किनकि उसले यो संविधानलाई मान्यता दिएको छैन । त्यस्तै क्षेत्रीयतावादी, जातिवादीले गरिरहेका छन् ।’

    २०६२–६३ सालको जनआन्दोलनले निरङ्कुश राजतन्त्रको अन्त गरी संविधानसभाले यो संविधान बनाएको बताउँदै उहाँले तात्कालिक राजनीतिक परिस्थितिमा यसको रक्षा गर्नुपर्ने बताउनुभयो ।

    तत्कालै नयाँ जनवादी वा समाजवादी संविधान बनाउने अवस्था नरहेको स्पष्ट पार्दै उहाँले अगाडि भन्नुभयो– ‘नयाँ जनवाद वा समाजवादी संविधान तत्कालै बन्ने सम्भावना नरहेको अवस्थामा यो संविधानको रक्षा गरिनुपर्दछ ।’

    कुनै पनि कोणबाट वर्तमान संविधान खारेज गरेर पुनर्लेखन गर्ने विचारले देशलाई पश्चगमनतर्फ लैजाने उहाँको धारणा थियो ।

    वर्तमान संविधानको रक्षा हुन सके मात्रै लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा हुने अवधारणा पनि उहाँले राख्नुभयो ।

    शनिबार, मङि्सर ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • २.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ३.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ४.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ५.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ६.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ७.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ८.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.