• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युग दर्शनलाई शुभकामना

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. नेपाली राजनीति र नियति

  • ९. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • १०. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

यो सरकारबाट आस गर्नुहुँदैन : केसी


  •   शनिबार, मङि्सर ०६, २०८२ मा प्रकाशित
  • श्यामलाल पोखरेल बुटवल ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले यो सरकार एनजिओ आइएनजीओको भएको बताएका छन् । यो सरकारले देशलाई कुनैपनि हालतमा निकास दिन नसक्ने दावी गरे ।

    राजमो रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको जेनजी आन्दोलन र त्यो आन्दोलनले दिएको शिक्षा विषयक अन्तरक्रियामा कार्यक्रममा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

    उनले जेनजी पुस्ताले उठाएका मागहरू ठिक भएपनि स्वदेशी निरङ्कुश तथा प्रतिक्रियावादी शक्ति र विदेशी साम्राज्यवादी शक्तिले जेनजी आन्दोलनलाई भड्काएको बताउँंदै गतल शक्तिको आडमा बनेको सरकारको केही आस गर्न नसकिने बताए ।

    अमेरिकी साम्रराज्यवादलाई परास्त नर्गदासम्म संसारको मानव जातिले मुक्ति नपाउने बताउँंदै एमसीसी परियोजना मार्फत लगानी गरेर अमेरिकाले नेपालमाथि खुलेयाम हस्तक्षेप गरेको अध्यक्ष केसीको दावी छ ।

    सरकारमा रहेका आफुलाई ठूलो दल बताउनेहरूले राजनीतिको नाममा उद्योग बनाएर कमाउ धन्दा चलाएकाले देशले अहिले यस्तो अवस्था भोग्नु परेको बताए ।

    बंगलादेशको बाडी नेपालमा पनि आउँछ तिमीहरू सुध्र है भनेर मैले संसदमा प्रष्ट भनेको स्मरण गर्दै अध्यक्ष केसीले भने सरकार चलाउँंदै आएका दल नसुध्रीएका कारण अहिले नेपाली जनताले यो दुरदशा भोग्नु परेको उहाँकोे भनाई थियो । देशै नरहने डर बढेको बताउँदै उनले भने देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता आँखाको नानी जस्तै बनाउनुपर्छ । गुमेको संसद पुर्नस्थापना भएपनि स्वीकारने र चुनाव भएपनि स्वीकारने बताउँदै जेनजी आन्दोलनको पाठ सिकेर संविधान जोगाउनु पर्नेमा जोड दिए ।

    सोही अन्तरक्रियामा बोल्दै नेकपा मालेका स्थायी कमिटी सदस्य गोपालमणी गौतमले जेनजी आन्दोलनले देश कता जान्छ भन्ने अवस्थाको सिर्जना भएको बताउँदै निर्वाचन गराउन र देशलाई निकास दिन सर्वपक्षीय सरकार गठन गर्नुपर्ने बताए ।

    क्रान्तिकारी कम्युनिष्ट पार्टीका पोलिव्यूरो सदस्य पे्रम सुवेदीले जेनजी आन्दोलनलाई कमजोर सम्झन नहुने बताउँंदै मुलुकको राष्ट्रिय स्वाधिनता कमजोर भएकाले संसदवादी दलहरू सुध्रन जरुरी रहेको बताए ।

    एमाले लुम्बिनी प्रदेश सदस्य युवराज घिमिरेले जेनजी आन्दोनलाई अराजकता मिसिएको बिद्रोह भएको बताउँदै २३ गतेको घटनालाई सरकारले नैतिक जिम्मेवारी लिनुपर्ने र २४ गतेको आन्दोलन घुसपैठका कारण घटेकाले उचित छानविन गरी दोषीलाई कारवाही गर्नुपर्नेमा जोड दिए । उनले जेनजी आन्दोलनलाई अराजकताको भिड भएको तर्क गरे ।

    नेपाली कम्युनिष्ट पार्टीका नेता निर्मल जीसीले जेनजी आन्दोलनले सबै दलहरूलाई सुध्रने संकेत गरेको बताउँदै अब पनि दलहरू नसुध्रीय सक्किनुको विकल्प नभएकाले सबै दल मिलेर देशलाई अगाडि बढाउनु पर्ने बताए ।

    नेकपाका केन्द्रीय सदस्य शरद वलीले जेनजी आन्दोलन बेथिति बिरुद्धको विद्रोह भएको उल्लेख गर्दै यो अवस्था आउनमा अहिलेको व्यवस्था पनि दोषी रहेको बताए ।

    बुटवल बार एशोसिएसनका अध्यक्ष गोविन्द मरासिनीले जेनजी आन्दोलन अहिलेका दलहरूले फैलाएको वितिष्णाको प्रतिकार भएको बताउँदै दलहरू नसच्चीएमा देशमा अझै दुर्घटना घट्न सक्ने बताए । उनले प्रदेश खारेज गर्नुपर्ने र सङ्घीयता भित्रका राष्ट्रिय सभा, जिल्ला समन्वय समितिको कुनै काम नभएको तर्क गरे ।

    नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेले जेनजी आन्दोलनका मुख्य दोषी नेपालका कम्युनिष्ट पार्टीहरू भएको दावी गर्दै सधै एकले अर्कालाई दोषारोपण गरेर आफु चाखो बन्ने प्रवृत्तिको अनत्य हुनुपर्नेमा जोड दिए । जेनजी आन्दोलनबाट घटेका घटनाको जिम्मेवार तात्कालीन सरकारले लिनुपर्ने उनले बताए ।

    पत्रकार डा. बालकृष्ण चापागाईले सरकारको लाचारी र नालायक पनका कारण जेजनी आन्दोलनबाट देशले क्षती भोग्नु परेको बताउँदै दलमा सुधार आउनुको विकल्प छैन भने ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका सल्लाहकार बदे्र आलम, पत्रकार गुनाराम घिमिरे, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि अर्याल, राष्ट्रिय उद्योग व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष पदम श्रेष्ठ, कृषि विज्ञ तुल्सी भण्डारी, कृष्ण भण्डारी, केपी पोखरेललगायतले बोल्दै जेनजी आन्दोलन बेथिति विरुद्धको एक प्रकारको विद्रोह भएपनि कुनै सैद्धान्तिक र वैचारिक आन्दोलन नभएकाले देश चलाउने विषयमा जेनजी पुस्ताको भरपर्न नहुनेमा जोड दिए ।

    जेनजी आन्दोलनका मागलाई सम्बोधन गरेर देशलाई अगाडि बढाउनु पर्ने र त्यसका लागि दल सुध्रन आवश्यक रहेको दलकै नेताहरूले बताएका छन् ।

    सरकारमा रहेका एमाले, काङ्गे्रस लगायतका दलको बेथिति र बदमासीले जेनजी आन्दोलन जन्मिएको बताउँदै उनीहरूले जेनजी आन्दोलनमा देशी विदेशी शक्तिको योजनाबद्ध घुसपैठले देश ध्वंस भएको बताए ।

    जेनजी आन्दोलनले देश झनै सङ्कटमा फसेको र देशलाई अगाडि बढाउन राजीतिक दलहरूनै चाहिने उनीहरूको साझा धारणा छ ।

    राजमो रुपन्देही कार्यबहाक अध्यक्ष इन्दीरा ज्ञवालीको अध्यक्षता र सचिव गंगालाल सापकोटाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको जेनजी आन्दोलन र त्यसले दिएको शिक्षा विषय अबधारणा पत्रमाथि वक्ताले आआफ्ना धारणा राखेका थिए ।

    शनिबार, मङि्सर ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना
    युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना
    भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना
    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युग दर्शनलाई शुभकामना

    • २.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ३.
      युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

    • ४.
      युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

    • ५.
      भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

    • ६.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • ७.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ८.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.