दाङ । अखिल नेपाल महिला सङ्घले दाङको घोराहीमा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
Advertisement
२०८२ मङ्सिर ५ गते शुक्रबार सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रशिक्षार्थीलाई महिला सङ्घकी राष्ट्रिय परिषद सदस्य कृष्णा राना, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, राजमो लुम्बिनी प्रदेश समितिका सल्लाहकार सुरेश थापालगायतले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थीलाई कार्यशालाको रूपमा विभिन्न विषयमा नेतृत्व विकासको अभ्यास र प्रस्तुतीकरणसमेतको अभ्यास गराइएको आयोजकले जनाएको छ ।
