महेश रिजाल
भालुवाङ । राजपुर गाउ“पालिकाको ५ को महतिनी खोलामा अचेल बाघको बिगविगि फैलिएको छ ।
बाघले स्थानिय गंगाराम विकका बाख्रा २५ जिउ, केशब विकका बाख्रा १, गगन घर्ति मगरका जोत्ने गोरु १ हल, कृष्ण बुढा मगरको बाख्रा १० जिउ, निलम रोकाको खसी १, तिलाराम विकको खसी १, हस्त बहादुर रानाको बाख्रा २ वटा, खिम बहादुर रानाका बाख्रा ५ वटा, प्रकाश पुनका बाख्रा १, जयसिंह रानाका गाईको बाछा १ र माउ“ १ गरी जम्मा २ जिउ, रासमाया बुढामगरका सुगुर १ बाख्रा १ गरीजम्मा २, टेकबहादुर बुढामगरका बाख्रा २, जुन कुमार विकका जोत्ने गोरु १, लक्ष्मि बुढामगरका खसी २, रामबहादुर घर्तिका बाख्रा ६ जिउ, डम्बर बहादुर पुनका बाख्रा ८ वटा, आइते बिटालुका बाख्रा २ र गाई ३ वटा गरी जम्मा ७४ पशु चौपाया मारी खाईदिएको स्थानियले बताएका छन् ।
स्थानियका अनुसार बिगत १५ दिन भित्रमा बाघले आक्रमण गरी पशु चौपाया मारेर खाईदिएको उनीहरूको भनाई छ । स्थानिय राजपुर गाउ“पालिका ५ महतिनी खोलास्थित झुप्पा खाडा महिला सामुदायिक बन र दक्षिणी चुरे क्षेत्रमा फैलिएको राष्ट्रिय बन क्षेत्रबाट आई बाघले बितण्डा मच्चाइरहेको स्थानियले बताएका छन् ।