• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

दसैँको रौनकसँगै थारू बस्तीमा गुञ्जियो सखिया नाच


  •   शनिबार, असोज ११, २०८२ मा प्रकाशित
  • दोधारा चाँदनी (कञ्चनपुर) । दसैँ सुरु भएसँगै गाउँ बस्तीमा चहलपहल सुरु भएको छ । योसँगै कञ्चनपुरका थारू बस्तीमा सखिया नाचको रौनकले थप उत्साह थपेको छ । दसैँको आगमनसँगै यो समुदायमा अबेर रातिसम्म मादल घन्किने गर्दछ ।

    Advertisement

    बेदकोट नगरपालिका-९ लालपुरमा थारू समुदायका सबैजसो साँझ ८ बजे बडघरको आँगनमा जम्मा हुने गर्दछन् । त्यहाँ प्रत्येक साँझ सखिया नाचिन्छ । साँझ खाना खाएर सबै जना बडघरको आँगनमा जम्मा भएर सखिया नाच्ने गरिएको स्थानीय सीता चौधरीले बताउनुभयो ।

    “सुरुको दिन सबै देवीदेवताको नाम लिएर सखिया नाच सुरु हुन्छ”, चौधरीले भन्नुभयो, “हाम्रो समुदायमा दसैँको बेला हरेक वर्ष सखिया नाचिन्छ । सखिया नाचमा महाभारतको इतिहास हुन्छ । यसले हाम्रो मौलिकता र परम्परालाई जीवन्त राख्न मद्दत गर्छ ।” यो नाचमा परिवारका एक जना पुरुष र महिला अनिवार्य उपस्थिति हुनुपर्ने बताउँदै उहाँले हरेरी पूजादेखि गाउँमा सखिया नाच सुरु हुने जानकारी दिनुभयो ।

    पहिलेको पुस्ताले दसैँ आउनुभन्दा एक महिना अगाडिदेखि सखिया नाच्ने गरे पनि यो नाच छोट्टिँदै जाँदा लोप हुने जोखिम बढेको स्थानीय बुद्धिनी डगौराले बताउनुभयो । “अहिले दश दिन मात्रै सखिया नाचिन्छ, पहिलेका पुस्ताले एक महिनाअघिदेखि सखिया नाच्न सुरु गर्थे”, उहाँले भन्नुभयो, “अहिले अधिकांश मानिस व्यापार, व्यवसाय, रोजगारीमा व्यस्त हुन थालेका छन् । रोजगारी र शिक्षाका लागि बाहिर जाने गरेकाले संस्कृति पुस्तान्तरण हुन सकेको छैन ।” थारू समुदायमा दसैँमा सखिया नाचको विशेष महत्त्व हुने उहाँको भनाइ छ ।

    सखिया नाच सुरु भएपछि मात्रै थारू बस्तीमा दसैँ आएको आभास हुन्छ । थारू भाषामा सखीको अर्थ साथीसँगी हुन्छ,  गाउँका सबै साथीसँगी मिली नाचिने भएकाले यसको नाम सखिया हुन गएको संस्कृतिका जानकार धिरेन्द्र चौधरीले बताउनुभयो । “सखिया नाचमा भगवान् कृष्णको जीवनमा आधारित गीत गाइन्छ”, उहाँले भन्नुभयो, “यसले समुदायको पहिचान र मौलिकता जोगाएको छ ।” सखियाले थारू समुदायलाई एकताबद्ध गर्न सहयोग पुर्‍याएको उहाँले बताउनुभयो ।

    चौधरीका अनुसार नाच्ने युवतीले सेतो रङ्गको फरिया र रातो रङ्गको चोलिया लगाउने गर्छन् भने केटाले सेतो रङ्गको धोती र रुचिअनुसारको कमिज लगाउने गर्छन् । “गीत नसकिएसम्म नाच सकिँदैन, यो धेरै लामो हुन्छ”, उहाँले भन्नुभयो, “गीत गाउने चलन पछि छुट्टै छ, सुरुआतमा गाउनुपर्ने गीत दोस्रो दिन वा अन्त्यमा गाउन मिल्दैन ।”

    प्रायः पुरुषले मादल बजाउने र युवतीले नाच्ने प्रचलन यो समुदायमा रहिआएको संस्कृतिका जानकार चौधरीले जानकारी दिनुभयो । आउने पिँढीलाई आफ्नो संस्कृतिप्रति लगाव बढाउन पनि सखिया नाचमा युवापुस्ता सहभागी हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “आफ्नो संस्कृतिको जगेर्नासँगै आपसी भाइचारा बढाउन पनि सखिया नाच नाच्ने गरिन्छ”, उहाँले भन्नुभयो, “अन्य समुदायको भन्दा हाम्रो समुदायमा दसैँ पृथक रूपमा मनाउने गरिन्छ, अन्य समुदायले दशमीका दिन जमरा लगाए पनि थारू समुदायले नवमीदेखि जमरा लगाउने गर्दछन् ।”

    थारू समुदायमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन सुरु भए पनि दसैँमा यसको रौनक छुट्टै हुने स्थानीय निशा चौधरीले बताउनुभयो । सखिया नाचमा गीतको भाका लामो भएकाले कुनैकुनै गाउँमा तिहारसम्म पनि नाच्ने प्रचलन रहेको उहाँको भनाइ छ ।

    दसैँका बेला घरघरमा गएर सखिया नाच्ने प्रचलनले आपसी सम्बन्ध बलियो बनाउने र समुदायमा भाइचाराको सम्बन्ध स्थापित हुने विश्वास यो समुदायमा रहेको छ ।

    शनिबार, असोज ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.