काठमाडौँ । चिठ्ठामार्फत् विशेष अमेरिकी प्रवेशाज्ञा ग्रीन कार्ड प्रदान गरिने ई–डीभी आवेदन दर्ता गर्दा अब प्रत्येक आवेदकले एक डलर तिर्नुपर्ने नियम अमेरिकाले ल्याएको छ ।
Advertisement
ग्रीन कार्ड लटरी भनिने उक्त कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष करिब ५० हजार आप्रवासीलाई अमेरिकाले स्थायी बसोबास गर्ने अनुमति दिने गरेको बताइन्छ ।
अमेरिकी विदेश मन्त्रालयका तथ्याङ्क अनुसार नेपालबाट बर्सेनि चार लाखदेखि सात लाखसम्मले ई–डीभीका लागि आवेदन दिने गरेकामा हरेक वर्ष साढे तीन हजारदेखि चार हजारसम्मले स्थायी बसोबास अनुमति पाउने गरेका देखिन्छ ।
यसअघि ई–डीभीका लागि आवेदन दर्ता गर्दा कुनै किसिमको शुल्क तिर्नुपर्ने व्यवस्था थिएन । चिठ्ठा परिसकेपछि ३३० डलर तिनुपर्ने डीभी आवेदन शुल्कमा भने कुनै परिवर्तन नगरिएको बताइको छ ।