• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

सुडानको युद्धलाई विश्वले बेवास्ता गरिरहेको छ : राष्ट्रसङ्घ


  •   शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित
  • जेनेभा, ३ असोज (रासस/एएफपी) :
    सुडानमा तेस्रो वर्षमा प्रवेश गरेको गृहयुद्ध झनै क्रूर र जटिल बन्दै गएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले जनाएको छ । यस युद्धमा सर्वसाधारणमाथि अत्यधिक प्रभाव परेको छ, जसमा हजारौंको ज्यान गइसकेको छ भने जातीय हिंसा र युद्ध अपराधहरू बढिरहेका छन् ।

    Advertisement

    संयुक्त राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले उक्त प्रतिवेदन सार्वजनिक गर्दै भन्नुभयो,“सुडानको द्वन्द्व अहिले विश्वको नजरबाट ओझेलमा परेको छ । आशा छ, यो प्रतिवेदनले उक्त भयावह परिस्थितिमा फेरि ध्यान आकर्षित गर्नेछ, जहाँ युद्ध अपराधसहितका क्रूरताहरू भइरहेका छन् ।”

    अप्रिल सन् २०२३ देखि सुडानमा नियमित सेना र अर्धसैनिक बल रेपिड सपोर्ट फोर्स (आरएसएफ) बीच सशस्त्र संघर्ष जारी छ । यो द्वन्द्वले हालसम्म दशौं हजारको ज्यान लिइसकेको छ र लाखौंलाई विस्थापित पारेको छ । संयुक्त राष्ट्रसङ्घले यसलाई विश्वकै सबैभन्दा भयावह मानवीय संकटमध्ये एक भनेको छ ।

    हाल युद्धले देशलाई दुई भागमा विभाजित गरिदिएको छ । सरकारी सेनाले उत्तर, पूर्व र मध्य भूभाग नियन्त्रणमा राखेको छ भने आरएसएफले दक्षिण र पश्चिम दार्फुर क्षेत्र कब्जामा लिएको छ । दुबै पक्षबीच युद्धविरामका लागि गरिएका कूटनीतिक प्रयासहरू अहिलेसम्म असफल भएका छन् ।
    प्रतिवेदनअनुसार,सन् २०२५ को पहिलो ६ महिनामा मात्र तीन हजार ३८४ जना सर्वसाधारणको मृत्यु भएको छ, जुन सन् २०२४ को कुल मृत्यु सङ्ख्याको ८० प्रतिशत हो । यसले द्वन्द्व झनै क्रूर बन्दै गएको संकेत गर्दछ ।

    त्यसैगरी, यौनजन्य हिंसा, अन्धाधुन्ध आक्रमण र जातीय आधारमा प्रतिशोधी हमला भइरहेका घटनाहरू निरन्तर जारी छन् । प्रतिवेदनमा नयाँ प्रवृत्तिका रूपमा ड्रोन आक्रमणसमेत देखिएको उल्लेख छ, जसले उत्तर र पूर्वजस्ता हालसम्म सुरक्षित मानिएका क्षेत्रहरूलाई पनि असर पार्न थालेको छ ।

    मानव अधिकार प्रमुख टर्कले चेतावनी दिँदै भन्नुभयो,“जातीय विभाजनमा आधारित द्वन्द्वले देशको दीर्घकालीन स्थिरता र सामाजिक एकतामा गम्भीर संकट ल्याउनेछ ।” साथै उहाँले अन्तर्राष्ट्रिय समुदायलाई तुरुन्त हस्तक्षेप गरी द्वन्द्व अन्त्य गराउन आग्रह गर्नुभयो ।
    “यदि तत्काल नागरिकको सुरक्षा र मानवीय सहायता पहुँच सुनिश्चित गरिएन भने, अझ धेरै निर्दोष मानिसले ज्यान गुमाउनेछन्,” टर्कले भन्नुभधयो ।

    शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.