तारामणि न्यौंपाने
Advertisement
माग नै नगरी छिपाइ घुस्याहाको काम छैन प्रदेशको
तीन तीन वर्ष हुँदाँनि धङधङी नाम छैन प्रदेशको
जनता अनि भूभाग नै नमिलेको काम छैन प्रदेशको
खर्चै फजुल र सिवाय उद्दण्डको काम छैन प्रदेशको
जनता चुसी चुसी आफै मोटाउने नाउँ नै प्रदेश हो
कानुनै बदली हटाऊँ क्यै यदि भने नाउँ नै प्रदेश हो
जुटे सङ्कटमा सब केन्द्रमा लुट्ने नै प्रदेश हो
आफ्नो सुविधा थपी सयलमा भुल्ने नै प्रदेश हो
नानाभाँती सुविधा र विलासको प्रयाय नै प्रदेश हो
घोडागाडी तडक्भडकु फजुलको पर्याय नै प्रदेश हो
सानाठुला भनाउँदा क्याडरको ठाउँ नै प्रदेश हो
असन्तुष्ट र अराजक बटुलिने ठाँउ नै प्रदेश हो
देश हाम्रो अखण्ड नै रहने छ खारेज होस् प्रदेशको
शान्ति छाई अमनचयनसँगै विकास हुन्छ यो देशको