• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

म्याग्दीमा मनसुनजन्य विपदबाट करिब आठ सय घरपरिवार प्रभावित

दियो र हुक्कापाती बेचेर तिहार खर्च जुटाइउँदै

चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

एलपी ग्यास उद्योगलाई एकापसमा गाभिने

इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब

वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

बागलुङका प्रहरीलाई बन्यो आवास

आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • ७. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ८. वेदकालीन समाज

  • ९. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • १०. लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

जलवायु परिवर्तनले वैश्विक जल चक्र असन्तुलित पार्दै विनाश बढायो : राष्ट्रसङ्घ


  •   बिहिबार, असोज ०२, २०८२ मा प्रकाशित
  • जेनेभा । जलवायु परिवर्तनका कारण विश्वव्यापी बाढी र खडेरीबीचको अनियमित र चरम परिवर्तन हुँदै गएको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) ले बिहीबार सार्वजनिक गरेको ‘स्टेट अफ ग्लोबल वाटर रिसोर्सेज’ प्रतिवेदनमा सङ्कुचित हिमनदी, खडेरी, असन्तुलित नदी बेसिन र गम्भीर बाढीले विश्वको जल चक्रलाई झन् अप्रत्याशित बनाएको जनाएको छ ।

    Advertisement

    “विश्वका जलस्रोतहरू बढ्दो दबाबमा छन्, त्यसमाथि पानीसँग सम्बन्धित चरम खतराहरूले जीवन र जीविकामा गहिरो असर पारिरहेका छन्”, डब्लुएमओ प्रमुख सेलेस्टे साउलोले विज्ञप्तिमा भन्नुभयो ।

    प्रतिवेदनअनुसार गत वर्ष इतिहासकै सबैभन्दा तातो थियो । यसले दक्षिण अमेरिकाको उत्तरी भाग, अमेजन बेसिन र दक्षिणी अफ्रिकामा लामो खडेरी ल्यायो भने मध्य अफ्रिका, युरोप र एसियामा विनाशकारी बाढी र आँधीबेहरीसहित सामान्यभन्दा बढी वर्षा भयो ।

    डब्लुएमओले लगातार छैटौँ वर्ष विश्व नदी बेसिनहरूमा स्पष्ट असन्तुलन देखिएको जनाएको छ । “दुई तिहाइ क्षेत्रहरूमा अत्यधिक वा न्यून पानीको अवस्था छ, जसले हाइड्रोलोजिकल चक्रको बढ्दो अनियमितता देखाउँछ”, प्रतिवेदनमा भनिएको छ ।

    तातो मौसमका कारण प्रमुख तालहरूको पानी गुणस्तरमा गिरावट आएको र लगातार तेस्रो वर्ष सबै क्षेत्रमा हिमनदीहरू सङ्कुचित भएको प्रतिवेदनले औँल्याएको छ । हिमनदी पग्लिँदा मात्रै गत वर्ष समुद्री सतह एक दशमलव दुई मिलिमिटरले बढेको र तटीय क्षेत्रका लाखौँ मानिस बाढी जोखिममा परेको उल्लेख छ ।

    डब्लुएमओले विश्वभर जलस्रोतको अनुगमन र डाटा साझेदारी अझै सशक्त बनाउन आह्वान गरेको छ । खडेरी, बाढी र हिमनदी क्षतिसम्बन्धी जोखिम व्यवस्थापनका लागि जलस्रोत र हाइड्रोलोजिकल चरम बुझ्न र नाप्न अपरिहार्य भएको प्रतिवेदनले जोड दिएको छ ।

    बिहिबार, असोज ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    म्याग्दीमा मनसुनजन्य विपदबाट करिब आठ सय घरपरिवार प्रभावित
    दियो र हुक्कापाती बेचेर तिहार खर्च जुटाइउँदै
    चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
    एलपी ग्यास उद्योगलाई एकापसमा गाभिने
    इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब
    वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    भर्खरै

    • १.
      म्याग्दीमा मनसुनजन्य विपदबाट करिब आठ सय घरपरिवार प्रभावित

    • २.
      दियो र हुक्कापाती बेचेर तिहार खर्च जुटाइउँदै

    • ३.
      चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

    • ४.
      एलपी ग्यास उद्योगलाई एकापसमा गाभिने

    • ५.
      इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब

    • ६.
      वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

    • ७.
      बागलुङका प्रहरीलाई बन्यो आवास

    • ८.
      आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.