• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

युरोपेली चेतावनीः इरानले प्रतिबन्ध ‘स्न्यापब्याक’ रोक्न अझै कदम चालेन


  •   बिहिबार, असोज ०२, २०८२ मा प्रकाशित
  • दुबई । युरोपेली अधिकारीहरूले बुधबार इरानले आफ्नो आणविक कार्यक्रमबारे आवश्यक कदम नचाले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धहरू फेरि लागु हुने चेतावनी दिएका छन् ।

    Advertisement

    जर्मनीको विदेश मन्त्रालय र युरोपेली सङ्घ (इयु) ले दिएको टिप्पणी इरानले फ्रान्स, जर्मनी, बेलायतका प्रतिनिधिहरूसँग र इयुका शीर्ष कूटनीतिज्ञ काजा कल्लाससँग गरेको टेलिफोन वार्तापछि आएको हो ।

    “इरानको आणविक मुद्दामा कूटनीतिक समाधान खोज्ने ढोका छिट्टै बन्द हुँदैछ”, कल्लासले विज्ञप्तिमा भन्नुभयो, “इरानले फ्रान्स, बेलायत र जर्मनीका मागहरू सम्बोधन गर्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) सँग पूर्ण सहयोग गर्नुपर्छ र ढिलाइ नगरी सबै साइटहरूको निरीक्षण गर्न दिनुपर्छ ।”

    जर्मन विदेश मन्त्रालयले पनि सामाजिक सञ्जाल एक्समार्फत लेखेको छ, “इरानले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध पुनः लागु हुनबाट रोक्न अझै ठोस कदम चाल्न बाँकी छ ।”

    यसको केही घण्टापछि इरानी विदेशमन्त्री अब्बास अराघचीले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध पुनः लागु गर्न ‘कुनै कानूनी वा तार्किक औचित्य छैन’ भन्दै प्रतिवाद गर्नुभयो ।

    उहाँले इजिप्टको मध्यस्थतामा इरान र आइएइएबीच भएको सहमतिको प्रसङ्ग उठाउनुभयो । उक्त सहमतिअनुसार सबै इरानी आणविक साइटमा पहुँच दिने र सबै सामग्रीको विवरण दिने सम्झौता भएको थियो । तर रिपोर्ट कहिले दिने भन्ने अझै अस्पष्ट छ ।

    अराघचीले अन्य विकल्प भने प्रस्तुत गर्नुभएन । उहाँले भन्नुभयो, “कूटनीतिमा गम्भीरता र विश्वास देखाउँदै यो अवसर उपयोग गर्ने वा सङ्कटलाई बढ्ने मौका दिने कुरा अब अरू पक्षमा भर पर्छ ।”

    गत जुनमा इजरायलले सुरु गरेको १२ दिने युद्धमा अमेरिकी र इजरायली आक्रमणले इरानी आणविक भण्डारणबारे शङ्का बढाएको थियो ।

    संयुक्त राष्ट्रसङ्घको ‘स्न्यापब्याक’ भनिने प्रतिबन्ध पुनः लागु गर्ने प्रक्रिया सन् २०१५ को आणविक सम्झौतामा सुनिश्चित गरिएको संयन्त्र हो । यसलाई भिटो–प्रुफ बनाउन डिजाइन गरिएको थियो । राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले यसलाई रोक्न सहमत नभएसम्म सेप्टेम्बरको अन्त्यमा यो स्वचालित रूपमा लागू हुनेछ ।

    प्रतिबन्ध पुनः लागु भएमा इरानका विदेशस्थित सम्पत्ति फ्रिज हुनेछन्, हतियार सम्झौता रोकिनेछ, ब्यालेस्टिक मिसाइल कार्यक्रममा दण्ड लगाइनेछ र देशको कमजोर अर्थतन्त्रमा थप दबाब पर्न सक्नेछ ।

    ‘स्न्यापब्याक’ सक्रिय भएपछि इजरायलले गाजामा भूमि आक्रमण सुरु गरेपछि गाजा पट्टीमा इजरायल–हमास युद्धका कारण पहिले नै तनावपूर्ण क्षेत्रीय स्थिति अझ चर्किन सक्ने बताइएको छ ।

    बिहिबार, असोज ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.