• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सिमकोट बजार सुनसान, व्यवसाय सञ्चालनमा ल्याउन आग्रह


  •   बुधबार, भदौ २५, २०८२ मा प्रकाशित
  • सिमकोट, (हुम्ला) । हुम्लाको सदरमुकाम सिमकोट आज बिहानैदेखि सुनसान देखिएको छ । सोमबार र मङ्गलबार मुलुकको राजधानी काठमाडौँसहित देशभर जेनजीद्वारा गरिएको प्रदर्शनका कारण मानवीय तथा भौतिक संरचनामा क्षति भएपछि यहाँका होटल, व्यवसायहरू आज बिहानैदेखि बन्द भएका हुन् ।

    Advertisement

    सदरमुकाममा रहेका होटल, विभिन्न खाद्यान्नका पसललगायत व्यवसायीले आफ्नो सुरक्षालाई मध्यनजर गर्दै व्यवसाय बन्द गरेका हुन् । बालमन्दिर चोकमा सुनचाँदी पसल सञ्चालन गर्दै आउनुभएका लोकेन्द्र सुनारले भन्नुभयो, “देश आन्दोलनले शिथिल भएको छ, यहाँ पनि त्यस्ता घटना नघटुन् भनेर हामीले पसलहरू बन्द गरेका हौँ । देशैभर नेपाली सेना सुरक्षामा तैनाथ छ, हुम्लामा पनि सुरक्षाकर्मी बिहानैदेखि विभिन्न चोकहरूमा छन् । तर पनि आन्दोलनको भर नहुने भएकाले पसलहरू बन्द गरिएका हो ।”

    व्यवसाय सञ्चालनमा ल्याउन उद्योग वाणिज्य सङ्घको विज्ञप्ति

    यसैबीच, हुम्ला उद्योग वाणिज्य सङ्घले आज एक विज्ञप्ति जारी गर्दै होटल, पसल तथा व्यवसाय नियमित रूपमा सञ्चालनमा ल्याउन व्यवसायीलाई आग्रह गरेको छ । मुलुकको विषम परिस्थितिलाई मध्यनजर गरी सुशासित, विवेकशील र संयमित भएर सौहार्दपूर्ण वातावरणमा आफ्नो व्यवसाय उद्योग सञ्चालन गर्न हुन सम्पूर्ण उद्योगीहरूलाई सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले आग्रह गर्नुभयो ।

    केही दिनयतादेखि काठमाडौँसहित देशका विभिन्न सहरहरुमा घटेको घटनाप्रति गम्भीरता र दुःख व्यक्त गर्दै उक्त घटनाले राष्ट्रलाई स्तब्ध बनाउनुका साधै ठूलोमात्रामा जनधनको क्षति पुर्याएको विज्ञप्तिमा उल्लेख गरिएको छ । जेनजीको प्रदर्शनका क्रममा दिवङ्गत भएकाहरुप्रति हार्दिक श्रद्घाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ ।

    तीनवटै सुरक्षाकर्मीको बजारगस्ती बाक्लियो

    जिल्ला सदरमुकाम सिमकोटमा आज बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको सुरक्षा गस्ती बाक्लिएको छ । रानीवन ब्यारेकमा बस्दै आएको नेपाली सेनाले नागरिकलाई शान्ति, सुरक्षाको प्रत्याभूति दिने उद्देश्यले बिहानदेखि बजार गस्तीमा निस्किएको हो ।

    सदरमुकामका विभिन्न चोकहरुमा तीनवटै सुरक्षा निकायका प्रतिनिधिले नागरिकलाई सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो । बजार क्षेत्रमा अवाञ्छित गतिविधि नहोस् भनेर सुरक्षा व्यवस्था बाक्लो बनाइएको उहाँले बताउनुभयो ।

    विद्यालयसहित गाउँपालिका कार्यालय बन्द

    सदरमुकामस्थित सिमकोट गाउँपालिकाले जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूप्रति सहानुभूति प्रकट गर्दै आफ्ना मातहतमा रहेका सरकारी तथा निजी विद्यालय, प्रत्येक वडा र गाउँपालिका कार्यालयमा शोक बनाउने भन्दै बिदा दिइएको गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनुभयो ।

    यस्तै अन्य सरकारी तथा गैरसरकारी कार्यालयसमेत आज बन्द छन् । साथै चङ्खेली गाउँपालिकाले पनि आज शोक बिदा दिएको छ ।

    बुधबार, भदौ २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • २.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ३.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ४.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ५.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ६.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ७.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ८.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.