खुमिराम भण्डारी
एउटा देशको नागरिकले भन्यो मलाई आज ।
तिम्रा देशका नेताहरू भ्रष्टाचारका राजा ।।
एउटा देशको नागरिकले भन्यो मलाई हिजो ।
तिम्रा देशका नेताहरू दलालीका बीज ।।
एउटा देशको नागरिकले मेरो देशलाई देख्यो ।
जे देख्यो सञ्जनहरू त्यै प्रष्ट पारी लेख लेख्यो ।।
संसारको सुन्दर देशमा देश हाँक्ने काला मान्छे ।
प्रकृतिको अद्भुत उपहार नेपालमा किन यस्ता मान्छे ?
एउटा देशको नागरिकले पोख्दै भन्यो वेदना ।
मेटाउद खोज्दै छन् नेताहरू पुर्खाको निसाना ।।
लाखाँैलाख युवाहरू मातृभूमि छोडी भागिरहे ।
बाँकी रहेकाले सदासर्वदा अधिकार मागिरहे ।।
एउटा देशको नागरिकले भन्यो क्या धनी तिम्रो देश ।
आफ्नो देश छोडी किन गुलाम छौ नेपाली परदेश ?
तिम्रो देशको कानुन पनि छैन जनहितकारी ।
तिम्रै देशमा हुन्छ कति महिला चेलीको बलात्कारी ।
एउटा देशको नागरिकले भन्यो मलाई आज ।
उठ जाग युवाहरू उठाऊ समानताको आवाज ।।
मेटाइदेऊ यस्तो विकृति तोड सीमा अन्यायको ।
जसले दिन्छ देशका लागि बलीदान त्यै योद्धा हो ।।
(हाल सउदी अरब)

