• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

काभ्रेका भूमिहीनद्वारा जग्गा माग


  •   शनिबार, भदौ २१, २०८२ मा प्रकाशित
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका करिब पाँच हजारभन्दा बढी भूमिहीन तथा अव्यवस्थित बसोबास गर्ने नागरिकले सरकारद्वारा जग्गाको माग गरेका छन् । उनीहरूले जिल्लास्थित भूमि समस्या समाधान आयोगमार्फत सरकारसँग जग्गाको माग गरेका हुन् ।

    Advertisement

    सरकारले पटकपटक भूमिहीन एवं अव्यवस्थित बसोबास गरेका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासी नागरिकको व्यवस्थापन गर्नेका लागि सूचित गरेअनुसार जिल्लामा हालसम्म भूमि आयोगको भू–सूचना प्रणालीमा पाँच हजार ७६० नागरिकको जग्गा प्राप्तिका लागि लगत प्रविष्ट भएको हो । आयोगको जिल्ला समितिको कार्यालयका अनुसार भूमिहीन दलित १७८, भूमिहीन सुकुम्बासी ६५६ तथा अव्यवस्थित बसोबासी चार हजार ९२६ रहेका हुन् ।

    जिल्लास्थित नमोबुद्ध नगरपालिकाको ७७४ को विवरण प्राप्त भएको र ४० जनाको विवरण पुनर्पुष्टिको पहिचान र प्रमाणीकरण सकिएको जिल्ला समिति काभ्रेका संयोजक विदुर हुमागाईले जानकारी दिनुभयो । उहाँका अनुसार पनौती नगरको ७४ को विवरण प्राप्त भएकोमा दाबी–विरोधको सूचना प्रकाशित गरिसकेको, रोशी गाउँपालिकाको १५८ को चिठी प्राप्त भएको तथा विवरण प्राप्त हुन बाँकी रहेको छ । जिल्लामा छ नगर र सात गाउँपालिका छन् ।

    जिल्लास्थित १३५ वटै वडामा सहजीकरण समिति गठन गरिसकेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार वडाबाट प्राप्त निवेदन स्थानीय तहस्तरबाट आयोगमा पठाउन समय तोकिएअनुसार आयोगले अन्तिम पटक आगामी असोज ३ गतेसम्ममका लागि निवेदन दिन आग्रह गरिएको छ । हुमागाईले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी एवं अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न जिल्ला समितिले तीव्र रूपमा काम गरिरहेको बताउनुभयो ।

    “केही स्थानीय तहको अलमल तथा राजनितिक दलको स्वाथएका कारण झन्झटिलो बन्दै गएको थियो, स्थानीयस्तरमै सर्वदलीय बैठक राखेर क्रमश विवाद सुल्झाउँदै गएका छौँ”, हुमागाईंले भन्नुभयो । उहाँका अनुसार सीमित बजेट, जटिल भौगोलिक अवस्था, सत्यापन र प्रमाणीकरण चरणमा धेरै समय लाग्ने, स्थानीय तहले समयमै जग्गाको वर्गीकरण गर्न नसक्नु, दल तथा व्यक्तिगत स्वार्थका कारण सम्बन्धित वडाबाट लाभग्राहीका निवेदन दर्ता नहुनुजस्ता समस्याका कारण काममा केही ढिलाइ भएको छ ।

    करिब डेढ वर्षअघि तत्कालीन जिल्लास्थित समितिले अतिदुर्गममा सूचीकृत खानीखोला गाउँपालिकाको भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने तयारी गरेको थियो । यसका लागि पहिलो चरणमा उक्त गाउँपालिकाको सबै प्रक्रिया पूरा गरेका भूमिहीन–सुकुम्बासी, भूमिहीन–दलित र अव्यवस्थित बसोबास गर्दै आएका नागरिकलाई निस्सा वितरण गरेको थियो ।

    तत्कालीन अवस्थामा उक्त गाउँपालिकामा ३७२ अव्यवस्थित बसोबासी, ४० सुकुम्बासी, दुई भूमिहीन दलित र दुई भूमिहीन सुकुम्बासी रहेका थिए । खानीखोलामा त्यसबेला भूमिहीन–सुकुम्बासी, भूमिहीन–दलित र अव्यवस्थित बसोबास गर्दै आएका नागरिकलाई वितरण गरिएको निस्सापछिको प्रक्रियाका लागि समितिले थप कार्य गरिरहेको कार्यालयले जनाएको छ ।

    शनिबार, भदौ २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.