• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

भदौ २५ देखि असोज ५ गतेसम्म राजमोको देशव्यापी जागरण अभियान सञ्चालन हुँदै


  •   आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले आगामी भदौ २५ देखि असोज ५ गतेसम्म देशव्यापी रूपमा जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

    Advertisement

    २०८२ भदौ १४ र १५ गते रुपन्देहीको बुटवलमा सम्पन्न केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा भदौ १५ गते आइतबार जारी प्रेसविज्ञप्तिमा पार्टीका विभिन्न निर्णयको बारेमा जानकारी गराइएको छ ।

    लिपुलेकको सवालमा भारत र चीनले अपनाएको साम्राज्यवादी नीतिका विरुद्ध, गणतन्त्रको रक्षा र मुलुकमा बढ्दै गएको भ्रष्टाचारका विरुद्ध राजमोले उपर्युक्त अभियान सञ्चालन गरिने उल्लेख छ ।

    देशको गम्भीर अवस्थाप्रति चिन्ता व्यक्त गर्दै वक्तव्यमा मुलुकमा देखा परेका सबै घातक प्रवृत्तिका विरुद्ध सङ्घर्ष सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

    बैठकले अर्को वर्ष २०८३ मङ्सिरमा राजमोको पाँचौँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको बताइएको छ । सम्मेलनको मिति, स्थान र अन्य निर्णय आगामी केन्द्रीय समितिको बैठकले गर्ने जनाइएको छ । सम्मेलनपूर्व जिल्ला र प्रदेश समितिको भेला वा सम्मेलनलगायतका तयारीका कार्यक्रम सम्पन्न गर्ने विज्ञप्तिमा उल्लेख छ ।

    रुपन्देही क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते हुन गइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा केन्द्रीय सल्लाहकार बद्रे आलम मुसलमानलाई उम्मेदवार बनाउने तथा कसैसँग तालमेल नगरी राजनीतिक भण्डाफोको रूपमा सो चुनावलाई अघि बढाइने निर्णय बैठकले गरेको जानकारी दिइएको छ ।

    केन्द्रीय सदस्य पियारी थापाले राजीनामा दिनुभएकोमा सो स्थानमा कमजा बन्जाडेलाई केन्द्रीय सदस्यमा नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :

    “राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको बैठक २०८२ भदौ १४ र १५ गते केन्द्रीय समितिका अध्यक्ष कामरेड चित्रबहादुर केसीको अध्यक्षतामा बुटवलमा सम्पन्न भयो । बैठकले गरेका निर्णय सार्वजनिक गर्न यो प्रेसविज्ञप्ति जारी गरेका छौँ ।

    १. बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिउपर छलफल भयो । मुलुकको राजनीतिक स्थिति जटिल तथा गम्भीर बन्दै गएकोमा बैठकले चिन्ता व्यक्त गरेको छ । सरकार बनाउँदा मुलुकलाई राजनीतिक स्थायित्व दिने भनेर दुइटा ठुला दलले गरेका दाबी फोस्रो सावित भएको छ । मुलुक थप राजनीतिक अस्थिरताको भुमरीमा फस्दै गइरहेको छ । सरकार बनाउँदा दुई दलले सार्वजनिक गरेको प्रतिबद्धतालाई समेत सरकार बनेको यतिका समय बितिसक्दा पनि कार्यान्वयन गर्न सकेको छैन । दुईदलीय समिकरण बनाउँदा संविधान संशोधनलाई मुख्य जोड दिइएको थियो तर त्यस दिशामा कुनै काम अगाडि बढ्न सकेको छैन । भ्रष्टाचार घट्नुको सट्टा झन् बढेर गएको छ । भ्रष्टाचारमा मुछिएका सत्तारूढ दलका नेताकार्यकर्ता वा पक्षधरलाई राज्यबाट नै उन्मुक्ति दिने काम गरेर सुशासनको स्वयम् सरकारले नै धज्जी उडाइरहेको छ ।

    राष्ट्रियता झन् कमजोर भएको छ । कैयौँ विदेशी प्रतिक्रियावादी शक्तिले आफ्ना राष्ट्रिय स्वार्थ पूरा गर्न नेपालमा सङ्गठित रूपले प्रयत्न गरिरहेको र त्यसमा उनीहरू धेरै हदसम्म सफल पनि हुँदै गइरहेको खतरनाक दृश्य देखा परिरहेको छ । सहकारीपीडितले अझै न्याय पाउन सकेका छैनन् । न्यायपालिकामाथि सरकारको छायामा पर्नुका साथै न्यायपालिकाको तटस्थ तथा निष्पक्ष भएर न्यायसम्पादनको भूमिका ऋणात्मक बन्दै गएको छ । मुलुकमा बेरोजगारी र महँगी बढ्दै गइरहेको छ । मुलुकमा देखा परेका यी यावत् समस्याका समाधान विद्यमान शासनप्रणालीले गर्न नसकिरहेकोमा आमजनतामा असन्तोष तीव्र रूपले बढिरहेको छ । जनताको असन्तोषलाई राजावादी तथा कथित नयाँशक्तिले आफ्ना बेग्लाबेग्लै राजनीतिक उद्देश्य प्राप्त गर्न प्रयोग गरिरहेका छन् । कथित नयाँशक्तिले नकारात्मकको प्रचारको बलमा मुलुकलाई गलत राजनीतिक दिशामा लैजाने षड्यन्त्र गरिरहेको छ भने राजावादी शक्तिले प्रतिगामी राजनीतिक उद्देश्यपूर्तिका लागि जनताको असन्तोषलाई प्रयोग गरिरहेको छ । यी दुइटै प्रवृत्ति मुलुकको राजनीतिका लागि घातक छन् । यी प्रवृत्तिका विरुद्ध सङ्घर्ष गर्नुपर्ने कुरामा बैठकले जोड दिएको छ ।

    २. मुलुकका अगाडि देखा परेका सबै प्रकारका समस्याको समाधान हुनुपर्नेमा हाम्रो पार्टीले जोड दिन्छ तर अहिले देखा परेका समस्याको समाधान प्रतिगमन वा नयाँको नाममा नकारात्मकताको व्यापार गर्ने भ्रष्ट तथा पदलोलुप प्रवृत्ति भएका शक्तिबाट हुन सक्दैन । त्यसतर्फ गम्भीर हुन बैठकले सम्पूर्ण नेपाली जनतामा अपिल गरेको छ ।

    ३. अहिले मुलुकमा देखा परेका समस्याको समाधान योभन्दा उच्चस्तरको लोकतन्त्र र गणतन्त्र नै हुन सक्नेछ । योभन्दा उच्चस्तरको लोकतन्त्र र गणतन्त्रको स्थापनाका लागि आधार तयार पार्दै जानुपर्नेमा बैठकले जोड दिएको छ ।

    ४. मुलुकको राष्ट्रियता झन्पछि झन कमजोर बन्दै गइरहेको छ । हालै भारत तथा चीनले नेपालको सार्वभौमसत्ता तथा अखण्डताभित्र पर्ने लिपुलेक पासलाई दुईदेशीय व्यापारीक नाकाको रूपमा विकास गर्ने सहमति गरेका छन् । उनीहरूका बिच लिपुलेकको सवालमा भएको सहमतिले नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि गम्भीर आँच पुगेको छ । त्यसैले बैठकले चीन र भारतका बिच लिपुलेक नाकाका सवालमा भएको सहमतिको खारेजीमा जोड दिएको छ ।

    ५. कालापानीमा झन्डै साढे छ दशकभन्दा बढी समयदेखि भारतीय सैन्य उपस्थिति रहेको छ । त्यसका विरुद्ध देशभक्त नेपाली जनताले लगातार सङ्घर्ष गरिरहेका छन् । भारतले नेपालको कालापानीसहितको भूभागमा आफ्नो विस्तारवादी चरित्रलाई वैधानिक बनाउन चिनियाँ पक्षको समर्थन लिनका लागि प्रयत्न गरिरहेको थियो । कालापानीसहितको भूभाग नेपालको सार्वभौमसत्ता र अखण्डताभित्र पर्दछ भन्ने कुरा चीनलाई राम्रोसँग जानकारी छ । राज्यस्तरमा चीन र नेपालका बिच २०१८ सालमा भएको सीमा सम्झौतामा समेत चीनले कालापानीसहितको भूभाग नेपालभित्र पर्दछ भनी स्वीकार गरेको पाइन्छ तर अहिले आएर आफ्नो सङ्कीर्ण प्रकारको व्यापारिक स्वार्थका कारण कालापानीमाथि भारतीय अतिक्रमणलाई वैध बनाउन सहमत भएर नेपालको सार्वभौमसत्ता र अखण्डताका विरुद्ध खडा हुने काम गरेको छ । त्यसैले बैठकले चीन र भारत दुइटैको साम्राज्यवादी नीतिको विरोध गर्दछ ।

    ६. लिपुलेकको सवालमा भारत र चीनले अपनाएको नीतिका विरुद्ध, गणतन्त्रको रक्षा, मुलुकमा बढ्दो भ्रष्टाचारका विरुद्ध राष्ट्रिय जनमोर्चाले यही भदौ २५ देखि असोज ५ गतेसम्म १२ दिने देशव्यापी जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त अभियानअन्तर्गत विरोधसभा, कोणसभा, सरकारलाई ज्ञापनपत्र, प्रचारप्रसार, जनभेटघाट तथा प्रशिक्षणलगायतका कार्य सञ्चालन गरिनेछ ।

    ७. पार्टीले रुपन्देहीको प्रतिनिनिधसभा उपनिर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । त्यसका लागि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार कामरेड बद्रे आलम मुसलमानलाई उम्मेदवार बनाउने ठेगान गरेको छ । रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ मा हुन गइरहेको उपनिर्वाचनलाई हाम्रो पार्टीले कसैसँग गठबन्धन नगरी एक्लै लड्ने निर्णय गरेको छ । हामीले सम्पूर्ण पार्टीका गलत नीतिका विरुद्ध उपनिर्वाचनको माध्यमबाट भण्डाफोरमा जोड दिनेछौँ । रुपन्देहीको निर्वाचनलाई सङ्घर्षको रूपमा अगाडि बढाउने हाम्रो नीति हुनेछ ।

    ८. केन्द्रीय सदस्य कामरेड पियारी थापाले घरयासी कारणले केन्द्रीय समितिमा रही काम गर्न असमर्थ रहेको जानकारी गराउनुभएकोले उहाँलाई केन्द्रीय समितिको सदस्य पदबाट हटाउने निर्णय गरियो । का. पियारी थापाले केन्द्रीय समितिको सदस्य पदमा रही अहिलेसम्म सङ्गठनलाई पुऱ्याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै बैठकले धन्यवाद ज्ञापन गरेको छ । का. पियारी थापालाई केन्द्रीय समितिबाट हटाएपछि रिक्त हुन आएको पदमा रुपन्देहीबाट का. कमला बन्जाडेलाई पदपूर्ति गर्ने निर्णय गरियो ।

    ९. बैठकले पार्टीको पाँचौँ राष्ट्रिय सम्मेलन आगामी २०८३ को मङ्सिर महिनामा गर्ने निर्णय गरेको छ । राष्ट्रिय सम्मेलनको मिति, स्थान तथा राष्ट्रिय सम्मेलनसम्बन्धी तयारी, जिल्ला भेला/सम्मेलन, प्रदेश भेला/सम्मेलनलगायतका कार्यक्रम आगामी केन्द्रीय समितिको बैठकले तय गर्नेछ ।”

    आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.