दाङ । लुम्बिनी प्रदेशसभा सांसदको निधन भएको छ । उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगन्ज अन्तर्गत मनमोहन सेन्टरमा शनिबार सरिता पुनको निधन भएको एमाले पोलिटब्युरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काले पुष्टि गरेका छन् ।
Advertisement
पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएको थियो । अस्पतालमा एकैपटक दुईवटा ठूलो शल्यक्रिया (मेजर अप्रेसन) गरिएको थियो । पहिलो अप्रेसनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् ।
दोस्रो अप्रेसनमार्फत उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो । उनी एमालेबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्य चुनिएकी थिइन ।