खिमराज चालिसे, (चन्डिगढ)
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हरियाणा राज्यको अम्बालामा प्रगतिशील तिजी कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
मङ्गलबार २६ अगस्त २०२५ का दिन सो प्रगतिशील तिजी कार्यक्रम सम्पन्न भएको हो ।
प्रवासी नेपालीको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागी सङ्घर्ष गरौं भन्ने मूल नाराका साथ सम्पन्न सो समारोहमा प्रमुख अतिथि मूल प्रवाह सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य लक्ष्मण अर्याल हुनुहुन्थ्यो ।
कार्यक्रमलाई शुभकामना दिनेमा महिला क्षेत्रीय समितिका अन्जु सुवेदी, शोभा रसाली, नगर समितिका गंगा बिसान ढकाल, लीला ढकाल, धनबहादुर खड्का, प्रेम सापकोटा, रामबहादुर सुनारलगायत हुनुहुन्थ्यो ।
तिजी कार्यक्रम कमल सुवेदीको अध्यक्षतामा तथा प्रेम रसाईलीको सञ्चालनमा सम्पन्न भएको थियो ।
