खिमराज चालिसे
चण्डीगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला नगर विभाग चंडिगढको आयोजनामा तिजी कार्यक्रमको अवसरमा कार्यकर्ताहरूलाई सम्मान गरिएको छ । मंगलवार २६ अगस्त २०२५ को दिन सम्पन्न तिजी कार्यक्रमको उद्घाटन मूल प्रवाहका केन्द्रीय सदस्य खिमराज चालिसेले मैनबत्ती बालेर गर्नु भएको थियो ।
चालिसेले उद्घाटन भाषणमा महिलाहरूलाई राजनैतिक सांस्कृतिक र पैतृक सम्पत्तिमा समान अधिकार मिल्नुपर्ने धारणा राख्नु भएको थियो ।
समारोहमा क्षेत्रीय सांस्कृतिक विभाग संयोजक जुना भण्डारी चालिसे, बिनु नेपाली, लिला विक र सांस्कृतिक परिवारका नारायण आचार्य, अर्जुन विक, सुरज चालिसे, सदिप विक, सिमा बिष्ट, कल्पना जिसी एवं महिला क्षेत्रीय सदस्यहरू सीमा खड्का, जबुना खनाल, बिष्णु अर्याल, जमुना खड्का, मन्जु विक, लक्ष्मी अधिकारीलाई प्रमुख अतिथि खिमराज चालिसेले अबिर माला लगाएर सम्मान गर्नु भएको थियो।
“प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौँ, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागी संघर्ष गरौँ” भन्ने मूल नाराका साथ सम्पन्न सो समारोहमा विशिष्ट अतिथि मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य दिनेश खड्का, क्षेत्रीय सहसचिव तेज बहादुर रोकाले सम्वोधन गर्नु भएको थियो ।

नगर सचिव थानेश्वर पाण्डेले धन्यवाद ज्ञापन गर्नु भएको सो समारोहमा मूल प्रवाह क्षेत्रीय सदस्य एवं क्षेत्रीय सांस्कृतिक संयोजक जुना भन्डारीचालिसे, सांस्कृतिक विभागका केन्द्रीय सदस्य बिनु नेपाली, परिषद सदस्यहरू थमन थापा र मान बहादुर केसी, महिला क्षेत्रिय सदस्यहरू सिमा खड्का, विष्णु अर्याल, जमुना खड्का, मन्जु विक, लक्ष्मी अधिकारी, विध्यार्थी केन्द्रीय सदस्य नारायण आचार्य, रक्तिम बिभागका लिला विक जनजाति विभागका प्रेम गुरुङ लगाएतको आथित्य रहेको थियोे।
कार्यक्रम मधु सुवेदीको अध्यक्षतामा तथा जबुना खनालको सञ्चालन र जिवा गुरुङ र कलाकारहरूले स्वागत गर्नु भएको थियो।

