खिमराज चालिसे, (चन्डिगढ)
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूर पश्चिमोत्तर क्षेत्रको भठिन्डामा २०८२ सालको प्रगतिशील तिजी कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
२६ अगस्त २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि सङ्घर्ष गरौं, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागी सङ्घघर्ष गरौं ू! भन्ने मूल नाराका साथ सम्पन्न सो समारोहमा प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय सदस्य नरबहादुर ओली रहनुभएको थियो ।
कार्यक्रममा नगर अध्यक्ष नारायण केसी, नगर सदस्य देवकि राना र महिला क्षेत्रीय सदस्य खिमा खड़काको आतिथ्य रहेको थियो ।
कार्यक्रम माया ओलीको अध्यक्षतामा तथा गिरी मगरको सञ्चालनमा सम्पन्न भएको थियो भने संगिता नेपाली र कलाकारहरूले स्वागत गरेका थिए ।