नई दिल्ली । सहि राजनैतिक दिशा बिना सामाजिक परिवर्तन सम्भव नभएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सल्लाहकार ठाकुर खनालले बताएका छन् ।
खनालले २४ अगस्त २०२५ दिन समाजको नई दिल्ली महिला नगर विभागको आयोजनामा सम्पन्न तिजी कार्यक्रमलाई उद्घाटन मन्तव्यका क्रममा सो धारणा राख्नुभएको हो ।
भारतमा धेरै संगठनहरूले तिजी कार्यक्रम तथा अन्य सांस्कृतिक कार्यक्रमहरू आजोजना गर्ने गरेका छन् तर नेपालीहरूका समस्या भने उठाउने गरे गरेको पाइदैन । ‘भारतमा नेपालीहरूका समस्याहरू झन झन जटिल बन्दै गइरहेका छन्, त्यसतर्फ उनीहरूको ध्यान गएको छैन ।’ खनालले भन्नु भयो– ‘उनीहरूले मनोरञ्जनको नाममा नेपालीहरूमा विकृती र छाडा संस्कृति फैलाउने काम गरिरहेका छन् ।’
मायाँ कुँवरको अध्यक्षता र मन्जु रायमझीको सञ्चालनबाट अगाडि बढेको सो सम्पन्न अतिथिहरूमा केन्द्रीय सदस्य क्षेत्रीय सचिव शिव केसी, सल्लाहकार बिन बहादुर कुँवर, क्षेत्रीय सांस्कृतिक विभागका पहल सिंह परियार, महिला विभाग क्षेत्रीय संयोजनक लक्ष्मी खडायत, दक्षिण भारत क्षेत्रीय सदस्य परमानन्द खडायत, नगर अध्यक्ष दिनेश पन्थी, सचिव विष्णु खनाल, उपाध्यक्ष युवक घर्ती, अखिल भारत नेपाली विद्यार्थी संघबाट ईसा केसी, समाजसेवी व्यक्तित्वहरू सेखर कुँवर, विष्णु पाण्डे, खुम बहादुर, सुख बहादुर, दिल खत्री, कृष्ण शर्मा, विष्णु खनाल, विके कृष्ण, चन्द्र भुसाल, सरस्वती भुसालको आतिथ्य रहेको थियो ।
कार्यक्रममा शिव केसी, बिन बहादुर कुवर, पहल सिंह परियार, लक्ष्मी खडायत, दिनेश पंथी, विष्णु खनाल, युवक घर्ती लगायतले तिजको शुभकामना मन्तव्य दिनु भएको थियो ।
कार्यक्रममा सहभागी हेमा भण्डारीले सहभागी सबैलाई स्वागत गर्नु भएको थियो ।