चन्द्र प्रसाद पौडेल,
कोयम्बतुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत कोयम्बतुर नगर समितिको आयोजनामा राखिएको “प्रगतिशील तिजी कार्यक्रम सम्पन्न भएको छ ।
लक्ष्मी देबि शर्माको अध्यक्षता र खिमानन्द शर्माको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा उपस्थित जनसमुदायलाई सांस्कृतिक परिवारका कलाकारहरू र नेत्र बहादुर थापाले उपस्थित जनसमुदायलाई स्वागत गर्नुभएको थियो ।
प्रमुख अतिथी बिरे थापा, अतिथिहरू क्षेत्रीय सदस्य याम बहादुर केसी र मिना हमाल, रक्तिम क्षेत्रीय बिभागका सदस्य बल बहादुर विक, महिला क्षेत्रीय बिभागकि सदस्य रुपा थापा, केन्द्रीय विद्यार्थी बिभागकि उपाध्यक्ष कस्तुरी थापा र निलगिरी नगर समितिका अध्यक्ष टेक बहादुर विक लगायतले अतिथी आशण ग्रहण गर्नुभएको थियो ।
ज्ञात–अज्ञात शहिदहरूप्रति एक मिनेट मौनधारण पश्चात प्रखु अतिथि बिरे थापाले दीप प्रज्वलन गरेर प्रगतिशील तिजी कार्यक्रमको बिधिगत रूपमा उद्घाटन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शुभकामना दिनेहरूमा याम बहादुर केसी, मिना हमाल, बल बहादुर विक, रुपा थापा, कस्तुरी थापा, टेक बहादुर विकलगायत हुनुहुन्थ्यो ।
कार्यक्रमको बीच–बीचमा तिजी गित र रक्तिम गितहरू प्रस्तुत गरिएको थियो ।