प्रयागराज । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति प्रयागराज महिला विभागको आयोजना प्रगतिशील तिज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।कार्यक्रमको अध्यक्षता महिला नगर विभागकी संयोजक श्रीमती गोमा थापाले र सञ्चालन राजु अधिकारीले एवं स्वागत मन्तव्य श्रीमती सविता शर्मा गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य तथा क्षेत्रीय कोषाध्यक्ष तथा नगर अध्यक्ष लक्ष्मी प्रसाद ज्ञवालीको आतिथ्य रहेको थियो । त्यस्तै महामंडलेश्वर किन्नर अखाडा आदरणीय टीना माँ र नेपाली धर्म समाज महिला शाखा अध्यक्ष श्रीमती विष्णु शर्मा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रम राजु अधिकारी, सुरज गुरुङ, दीपक सिंह, मोहन प्रसाद खनाल, किशन सिंह परियार लगायतले तीज पर्वको शुभकामना दिनुभएको थियो ।
नगर अध्यक्ष लक्ष्मी प्रसाद ज्ञवालीले तीज पर्वको सामाजिक, सांस्कृतिक महत्वबारे प्रकाश पार्दै नेपालको वर्तमान राजनीतिक परिस्थितिबारे समेत मन्तव्य राख्नुभएको थियो ।