खिमराज चालिसे
चंडीगढ । भारतको हरियाणा राज्यको हिसार जिल्लास्थित जगान गावको पोल्टिफार्ममा २० अगस्त २०२५ को आफनै श्रीमतीको हत्यागरि फरार आरोपी मोहन चौधरीको खोजीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले तिव्रता दिएको छ ।
आरोपी मोहन चौधरीले कुखुरा फार्ममा आफनी श्रीमती माया चौधरी वर्ष ४२ को हत्या गरि फरार भएको समाचार संप्रेक्षण पछि मूल प्रवाह केन्द्रीय सदस्य तारा सोमरेको नेतृत्वमा परिषद सदस्य केयर सिंह घर्तीमगर, सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य सुरेश कुमार क्षेत्री र नगर सदस्य रामु शर्मा लगाएतको प्रतिनिधि मण्डल घटनास्थल पुगी निरीक्षण पछि मूल प्रवाहले आरोपीको खोजतलास शुरू गरेको हो ।
अत्यान्तै शंकास्पद रहेको माया चौधरी हत्याकाण्डका अन्य कैयन पहलुतर्फ पनि प्रशासनले छानबिन गर्नुपर्ने सुझाव समाजले दिएको तारा सोमरेले बताउनु भयो ।
आरोपी मोहन चौधरी वर्ष ३३ दाङ जिल्लाको तुल्सिपुर उप–महानगरपालिका १५ निवासी मनिराम चौधरीका छोरा हुन् । उनी पञ्जाब राज्यको मोहाली तिर भएको आशङ्का गरिएको छ।