• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

मूल प्रवाहले गर्‍यो देशभक्त शक्तिहरूलाई राष्ट्रियताको रक्षार्थ एकजुटताको लागि आव्हान


  •   शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित
  • नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सम्पूर्ण देशभक्त शक्तिहरूसँग राष्ट्रियताको रक्षाको लागि एकजुट भई सङ्घर्षको लागि आव्हान गरेको छ ।

    Advertisement

    अगस्त २२, २०२५ का दिन समाजका केन्द्रीय अध्यक्ष प्रेम पौडेलले एक वक्तव्य जारी गर्दै सो आव्हान गर्नुभएको हो ।

    अध्यक्ष पौडेलद्वारा जारी वक्तव्यमा कालापानीमा भएको भारतीय सेनाको उपस्थितिलाई फिर्ता गराउन नेपाल सरकारले कालापानीको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । साथै चीन–भारत बिच भएको लिपुलेकसम्बन्धी सहमतिलाई अविलम्ब खारेज गर्न तथा नेपालको सार्वभौमसत्ता र अखण्डतालाई सम्मान गर्न चीनलाई आग्रह गरिएको छ ।

    प्रेस वक्तव्यमा लेखिएको छः

    “मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारतस्थित नेपालीहरूको सामाजिक सङ्गठन हो । यसले स्थापना कालदेखि नै भारतस्थित नेपालीहरूको हक–हित र समाजिक उत्थानको लागि काम गर्दै आएको छ । त्यसको साथै नेपाल–भारतका जनताको मित्रतालाई जनस्तरमा सुदृढ पार्ने काम पनि गर्दै आएको छ । हालै चिनियाँ विदेशमन्त्री वांग यीको भारत भ्रमणको समयमा भारत तथा चीनका बिचमा लिपुलेकको बाटो प्रयोग गरी व्यापारलाई निरन्तरता दिने प्रतिवद्धताप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।

    १. नेपालको पश्चिमउत्तरमा पर्ने दार्चुला जिल्लाको कालापानीसहितको भू–भाग नेपालको अखण्ड सार्वभौमसत्ता भित्र पर्दछ । तर कालापानी क्षेत्रमा लामो समयदेखि भारतले सैन्य कब्जा गरेको छ । त्यसका विरुद्ध देशभक्त नेपालीहरू भारतीय सैनिक फिर्ताका लागि लगातार सङ्घर्षरत रहेका छन् । कालापानी क्षेत्रमा आफ्‌नो प्रभुत्वको वैधानिकताका लागि भारतले लगातार चीनलाई आफ्‌नो पक्षमा पार्ने प्रयत्न गर्दै आएको छ । चीनलाई पनि कालापानी क्षेत्र नेपालको हो भन्ने कुरा जानकारी एवम् थाहा हुँदाहुँदै पनि आफ्‌नो राष्ट्रिय स्वार्थको आधारमा कालापानीमा भारतीय प्रभुत्वलाई वैधानिकता दिनेगरी चीनले पनि भूमिका बढाउँदै लगिरहेको छ । त्यस सिलसिलामा २०७२ जेठ १ गते चीनमा भारतीय प्रधानमन्त्री र चिनियाँ प्रधानमन्त्रीका बिच जारी वक्तव्यले लिपुलेकलाई भारत तथा चीनको दुई देशीय व्यापार नाका बनाउने सहमति गरेको थियो भने केही समय अगाडि चीनले जारी गरेको विश्व नक्सामा कालापानीलाई भारतीय नक्सा अन्तर्गत देखाएको थियो । यही भाद्र ३ गते चिनियाँ विदेशमन्त्रीको भारत भ्रमणको सिलसिलामा चीन र भारतले संयुक्तरूपमा लिपुलेकलाई व्यापारिक नाकाको रूपमा विकास गर्ने घोषणा पुनः दोहोर्‍याएका छन् ।

    २. कालापानीमाथि भारतले कब्जा जमाउने कार्यलाई चीनद्वारा वैधानिकता दिने गरी लिपुलेक नाकालाई चीन तथा भारतको दुई देशीय व्यापारिक नाका बनाउने कुरा नेपालको सार्वभौमसत्ता र अखण्डताका विरुद्ध रहेको छ । नेपालको सहमति विना नेपालको भू–भागलाई चीन र भारतले आफ्‌नो व्यापारिक नाकाका रूपमा प्रयोग गर्ने घोषणाले भारत तथा चीनको साम्राज्यवादी चरित्रलाई उजागर गरेको छ । चीन–भारत बिच भएको लिपुलेकसम्बन्धी सहमतिलाई अविलम्ब खारेज गर्न तथा नेपालको सार्वभौमसत्ता र अखण्डतालाई सम्मान गर्न चीनलाई आग्रह गर्दछौँ । त्यसका साथै कालापानीमा भएको भारतीय सेनाको उपस्थितिलाई फिर्ता गराउन सरकारले कालापानीको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौं ।

    ३. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्‌नो स्थापना कालदेखि नै जनतन्त्र, जनजिवीकाको साथै राष्ट्रियता रक्षाको लागि आन्दोलनको सङ्घर्षमय इतिहास रहेको छ । हामी सम्पूर्ण देशभक्त शक्तिहरूसँग राष्ट्रियताको रक्षाको लागि एकजुट भई सङ्घर्षको लागि आव्हान गर्दछौं ।”

    शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • २.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ३.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ४.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ५.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ७.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ८.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.