दाङ । तुलसीपुर उपमहानगरपालिका वाडन नम्बर ६ को गाइडहरमा राष्ट्रिय जनमोर्चाको वडाभेला सम्पन्न भएको छ ।
राजमो दाङका जिल्ला सदस्य तथा तुलसीपुर नगर इन्चार्ज ईश्वरी भण्डारीको प्रमुख आतिथ्यमा २०८२ साउन ३१ गते शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।
भेलाले नारायणप्रसाद भण्डारीको अध्यक्ष रहनुभएको १७ सदस्यीय वडासमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा सीता भण्डारी, सचिवमा ध्रुव केसी, सहसचिवमा जीवराज नेपाली र कोषाध्यक्षमा राधा परियार रहनुभएको छ ।
त्यस्तै सदस्यमा गीता भुसाल, उमा विक, विमला भण्डारी, रामबहादुर महतरा, दुर्गालाल भुसाल, दुर्गा पोख्रेल, प्रेमलाल भुसाल, तिलक मिजार, देवबहादुर विक, गोपाल बोहरा र तुलसी भुसाल जिसी रहनुभएको छ ।
भेलाले निमलाल शर्मा, प्रेमबहादुर महतरा, नोमलाल भुसाल, मधुसुदन केसी र चित्रभान बस्नेतलाई सल्लाहकारमा चयन गरेको आयोजकले जानकारी दिएको छ ।
भेलाको अध्यक्षता राजमो तुलसीपुर–६ का उपाध्यक्ष मधुसुदन केसीले र सञ्चालन नारायण भण्डारीले गर्नुभएको थियो ।