भिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीको आयोजनामा तिज मिलन एवं नगर सदस्य तुल बहादुर गाहामगरको स्वदेश बिधाई कार्यक्रम सम्पन्न पारेको छ ।
Advertisement
मनिराम अधिकारीको सञ्चालन तथा डिल बहादुर भट्टराईको अध्यक्षतामा कार्यक्रम अगाडि बढेको थियो । कार्यक्रममा सहभागिहरुलाई भुप बहादुर थापा क्षेत्री र कलाकारहरुले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्य एवं क्षेत्रीय अध्यक्ष सालिकराम आचार्य, केन्द्रीय समता बिभागका सदस्य मोहनसिंह बिक, क्षेत्रीय सदस्य गोर्वधन सुनार, क्षेत्रीय महिला बिभाग सदस्य हस्तुदेबी बिकलगायतकोले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।