• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गुल्मीका ११ सांसद मिलेर जिल्लालाई उज्यालो बनाउनुपर्दछ : क्षेत्री (भिडियो अन्तर्वार्ता)


  •   शनिबार, साउन ३१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला समितिका अध्यक्ष रामकुमार क्षेत्रीले यतिखेर जिल्लाका ११ जना सांसद

    Advertisement

    रहेको बताउँदै उनीहरूले विकासनिर्माणका लागि मिलेर काम गर्नुपर्ने आवश्यकता औल्याउनुभएको छ ।

    युगदर्शन मिडियाका लागि २०८२ साउन २९ गते बिहीबार भिडियो अन्तर्वार्ता दिँदै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    गुल्मीको विकासनिर्माण कसरी गर्न सकिन्छ भन्ने युगदर्शनको प्रश्नको उत्तर दिँदै उहाँले अहिले जिल्लाका प्रदेश र केन्द्रमा गरी कुल ११ जना सांसद भएकाले उनीहरू सबै मिलेर उज्यालो जिल्ला निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

    ‘अहिले प्रत्यक्ष र समानुपातिक गरी केन्द्र र प्रदेश सभामा ११ जना सांसदहरू हुनुहुन्छ’ उहाँले भन्नुभयो– ‘हिँजो यति सङ्ख्यामा सांसद थिएनन्, भोलि पनि नहुन सक्छन् । त्यसैले अहिले सबै जनप्रतिनिधि मिलेर समृद्ध र उज्यालो गुल्मीका लागि काम गर्नुपर्दछ ।’

    यदि भविष्यमा जनसङ्ख्यालाई आधार बनाएर निर्वाचन क्षेत्र कायम गरियो भने गुल्मीमा सांसद वा जनप्रतिनिधिको सङ्ख्या घट्न सक्ने बताउँदै उहाँले सबै जनप्रतिनिधिलाई अहिले नै मिलेर जानुपर्ने आवश्यकतामा जोड दिनुभएको हो ।

    त्यस्तै, उहाँले गुल्मी जिल्लाको विकास निर्माणमा कर्मचारीसित पनि सहयोगको अपेक्षा राख्नुनभयो ।

    विकासको आधार प्रशस्त

    गुल्मी जिल्लामा विकासनिर्माणको प्रशस्त आधार भएको बताउँदै उहाँले कालीगण्डकी नदी, जडीबुटी, जन्तुजनावर, उर्वर जमिन, फलफूल, कफीखेती, केबलकार आदिको विकल्प प्रस्तुत गर्नुभयो ।

    महाभारत पहाडका तीन अग्ला चुचुरा थाप्ले, रेसुङ्गा र मदाने गुल्मी रहेको बताउँदै उहाँले पर्यटनको विकासका लागि थाप्ले–रेसुङ्गा केबलकार निर्माण गर्न सकिने पनि बताउनुभयो ।

    गुल्मी कफीखेतीका लागि प्रसिद्ध मानिए पनि सरकारले योजनाबद्ध प्रकारले काम गर्न नसकेको आरोप उहाँको थियो ।

    ‘गुल्मी कफीखेतीका लागि प्रसिद्ध जिल्ला हो तर त्यसका लागि योजनाबद्ध प्रकारले काम भइरहेको छैन’ उहाँले अगाडि भन्नुभयो– ‘कफीखेतीका लागि मापदण्डअनुसार खाल्डा नखन्ने, कफीका सुकेका बिरुवा पठाउने तथा त्यसको सिँचाइ तथा रेखदेखमा प्रशासनले ध्यान दिन सकेको छैन । यसबारे ध्यान दिइयोस् ।’

    उहाँले कफीखेतीले गुल्मीको मात्रै नभएर राष्ट्रिय अर्थतन्त्रमा नै योगदान पुऱ्याउने दाबी उहाँले गर्नुभयो ।

    विकासमा राजमोको सक्रियता

    गुल्मीबाट केन्द्रीय सदस्य तारा थापाक्षेत्री लुम्बिनी प्रदेशसभाको सांसद भएको सन्दर्भ जोड्दै उहाँले राजमोले विकासनिर्माणका लागि सक्दो पहल गरेको बताउनुभयो ।

    ‘सांसद ताराजीले विकास निर्माणका लागि सक्दो पहल गर्नुभएको छ’ उहाँले भन्नुभयो– ‘उहाँकै पहलमा गुल्मीका धुर्कोट गाउँपालिका, रेसुङ्गा नगरपालिका, छत्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका र कालीगण्डकी गाउँपालिकाका लागि करोडौँका योजना परेका छन् ।’

    यता, स्थानीय तहमा भने खासै बजेट नभएको र भएको बजेट पनि विभिन्न सङ्घसंस्थामाझ बाँडेकोमा उहाँले गुनासो व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘स्थानीय तहले विकासनिर्माणका लागि खासै बजेट बाँडेको छैन बरु विभिन्न सङ्घसंस्थालाई रकम बाँडेको छ । यो प्रकारान्तरले संस्थागत भ्रष्टाचार हो ।’

    कतिपय पालिका समन्वयकर्ता बनेर रेडक्रस, लिज नेपाल, हेफरजस्ता संस्थालाई बजेट बाँडेकोमा उहाँको आपत्ति थियो ।

    गुल्मीका स्थानीय तहमा राजमोका थुप्रै जनप्रतिनिधि रहेको बताउँदै नेता क्षेत्रीले उनीहरूले सक्दो काम गरिरहेको बताउनुभयो ।

    ‘स्थानीय तहमा हाम्रा साथीहरू सक्षम हुनुहुन्छ । उहाँहरूले आफ्नो क्षमताले भ्याएसम्म सक्दो काम गरिरहनुभएको छ’ उहाँले भन्नुभयो ।

    जिल्ला समन्वय समितिमा पनि राजमोका प्रतिनिधि रहेको सन्दर्भमा उहाँले सो निकायको चरित्र भने निष्क्रिय प्रकृतिको रहेको बताउनुभयो ।

    ‘जिल्ला समन्वय समितिको काम सामान्य निगरानी गर्ने मात्रै हो । यो डमीजस्तै अवस्थामा छ । यसबाट धेरै आशा गर्न सकिँदैन’ उहाँले भन्नुभयो ।

    सङ्गठनको अवस्था

    अन्तर्वार्ताको क्रममा सङ्गठनको अवस्थाबारे बोल्दै उहाँले पहिले गुल्मीमा राम्रो सङ्गठन रहेको, बिचमा केही समस्या आइपरेकोमा अहिले फेरि सुधारोन्मुख अवस्थामा रहेको जानकारी दिनुभयो ।

    ‘पहिला गुल्मीमा राम्रो सङ्गठन थियो । बिचमा जिल्ला अध्यक्षमा स्वास्थ्य समस्या आइपरेपछि केही शिथिल भयो’ उहाँले भन्नुभयो– ॅअहिले फेरि गुल्मीको सङ्गठन यथास्थितिबाट अगाडि बढेको छ ।’

    उहाँले गुल्मी जिल्लाका सबै नेताकार्यकर्ता साथीमाझ समन्वय गरेर सङ्गठनलाई व्यवस्थित गर्ने प्रयास भइरहेको सन्देश प्रवाह गर्नुभयो ।

    त्यस क्रममा उहाँले गुल्मीको मालिकाबाहेक सबै पालिकामा राजमोको सङ्गठन रहेको जिकिर गर्नुभयो ।

    राजमोले आगामी २०८४ सालको निर्वाचनमा सम्भवतः एक्लै चुनाव लड्ने योजना बनाएको सन्दर्भमा उहाँले त्यसका लागि योजनाबद्ध प्रकारले काम गरिने घोषणा गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘पहिला जिल्ला समितिको बैठक बसेर त्यसपछि वडावडामा घरदैलो कार्यक्रम गर्ने गरी कार्यकर्ता परिचालन, कार्यकर्ता प्रशिक्षणजस्ता कार्यक्रम अगाडि बढाउने योजना बनाएका छौँ ।’

    वैकल्पिक शक्ति राजमो

    अन्तवार्ताको क्रममा उहाँले देशको वैकल्पिक राजनीतिक शक्ति राजमो भएको दाबी गर्नुभयो ।

    ‘मानिसहरूले अरूलाई वैकल्पिक राजनीतिक शक्तिको रूपमा सोचेका होलान् तर त्यो कुरा सत्य होइन’ उहाँले भन्नुभयो– ‘देशको वास्तविक राजनैतिक विकल्प राष्ट्रिय जनमोर्चा हो ।’

    राजमोको मात्रै सही राजनीति रहेको, निष्कलङ्क छवि रहेको स्पष्ट पार्दै उहाँले अगाडि भन्नुभयो– ‘भ्रष्टाचार, बेथिती, कुशासनको विरुद्ध राष्ट्रिय जनमोर्चा मात्रै लड्न सक्छ । यो आफैमा निष्कलङ्क छ । यसको एजेन्डा राम्रो छ ।’

    उहाँले यतिखेर प्रतिनिधिसभामा चित्रबहादुर केसी, राष्ट्रियसभामा राजेश विश्वकर्मा र लुम्बिनी प्रदेशसभामा तारा थापाक्षेत्रीलगायत देशैभरिका राजमो जनप्रतिनिधिले निष्पक्ष र निष्कलङ्क भएर जनताको सेवा गरिरहेको दाबीसमेत गर्नुभयो ।

    (अन्तर्वार्ताको पूर्ण पाठका लागि युगदर्शन मिडियाको युट्युब च्यानल https://www.youtube.com/watch?v=wNEpdBam03Q मा वाच गर्न अनुरोध छ)

    शनिबार, साउन ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.