• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

प्रतिगामी खतरा विरुद्ध सङ्घर्ष र विश्व आदिवासी दिवस


  •   शनिबार, साउन २४, २०८२ मा प्रकाशित
  • निमबहादुर बुढाथोकीमगर ##

    Advertisement

    सर्वप्रथम हाम्रो सङ्गठन अखिल नेपाल जनजाति सम्मेलनको तर्फबाट देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदिवासी जनजाति समुदायलाई एकतिसौँ विश्व आदिवासी दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

    अगस्त ९ विश्व आदिवासी आन्दोलनको महत्त्वपूर्ण दिन हो । अगस्त ९, १९८२ का दिन संयुक्त राष्ट्र सङ्घले आदिवासी जनजातिका बारेमा अध्ययन तथा उनीहरूको मुद्दा हेर्ने गरी आदिवासी जनजातिसम्बन्धी आदिवासी कार्यदलको गठन गरेको थियो । सन् १९९३ देखि आदिवासी जनजातिको आर्थिक, मानवआधिकार, भाषा आदि सम्बन्धी अधिकारको बारेमा घोषणापत्र मस्यौदा लेखन प्रारम्भ भई सन् १९९५ मा सम्पन्न भएको थियो । संयुक्त राष्ट्र सङ्घद्वारा त्यही वर्ष सन् १९९५–२००४ सम्मलाई आदिवासी दशकको रूपमा घोषणा पनि गऱ्यो । त्यसैले सन् १९९५ देखि अगस्त ९ लाई विश्वभरिका आदिवासी जनजाति सङ्घसंस्थाले विश्व आदिवासी दिवसको रूपमा मनाउन प्रारम्भ गरेर नेपालमा पनि त्यसै बेलादेखि विभिन्न सङ्घसंस्थाले विविध रूपमा विभिन्न कार्यक्रमसहित विश्व आदिवासी दिवस मनाउँदै आइरहेका छौँ ।

    संयुक्त राष्ट्र सङ्घद्वारा आदिवासी जनजातिको अधिकारसम्बन्धी मस्यौदा घोषणापत्र लेखन कार्य हुनु पनि आदिवासी जनजातिको आफ्नो हकहित र अधिकारसम्बन्धी उनीहरूले गरेको आन्दोलनको परिणाम हो । त्यसैले आदिवासी जनजातिले पनि आफ्नो हक, अधिकार प्राप्ति तथा स्वतन्त्रता र समानताको आन्दोलनको रूपमा विश्व आदिवासी दिवसलाई ग्रहण गर्नु आवश्यक छ ।

    आदिवासी दिवस रमाइलो गर्ने दिवसका लागि मात्र होइन, यो दिवसको अवसरमा गरिने विभिन्न गतिविधिले आदिवासी जनजातिको मुक्तिउत्थानको पक्षमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान पुऱ्याउन आवश्यक छ ।

    २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार नेपालको कुल जनसङ्ख्याको (३.८८ प्रतिशत) अर्थात अग्रस्थानमा आदिवासी जनजातिको जनसङ्ख्यासहित विश्वका करिब ३३ करोड आदिवासीले विश्व आदिवासी दिवस मनाइरहेका छन् । नेपाल पनि संयुक्त राष्ट्र सङ्घको सदस्यराष्ट्र हो । संयुक्त राष्ट्र सङ्घद्वारा पारित आदिवासी जनजाति अधिकारसम्बन्धी विभिन्न दस्तावेज तथा घोषणापत्रमा नेपालले पनि हस्ताक्षर गर्दै आएको छ तर राज्यले ती घोषणाका उद्देश्य कार्यान्वयनतर्फ ध्यान दिएको छैन र स्वयम् संयुक्त राष्ट्र सङ्घ पनि त्यसप्रति गम्भीर देखिँदैन ।

    नेपालले सन् १९८९ को आइएलओ अभिसन्धि नं. १६९ लाई २०६४ सालमा संसद्को हिउँदे अधिवेशबाट पारित गरिसकेको छ । त्यो अभिसन्धि पारित गर्ने नेपाल विश्वको उन्निसौँ र एसियाको दोस्रो राष्ट्र भएको छ । त्यो अभिसन्धिले आदिवासीका भूमि, प्राकृतिक स्रोतसाधनमाथिको अधिकार, मानवअधिकार, सामाजिक, सांस्कृतिक, आर्थिक र भाषिकलगायतका अधिकारलाई सम्बोधन गरेको छ । अहिले हामी एकतिसौँ विश्व आदिवासी दिवस अगस्त ९, २०२५ (२०८२ साउन २४) मनाइरहँदा नेपालको राज्यसत्ताले आदिवासी जनजातिको हकहित र समानताको पक्षमा उल्लेख्य पहलकदमी गरेको पाइँदैन ।

    आदिवासी दिवसको सामान्य औपचारिकतासमेत पूरा गर्न नसक्नुले नेपालको राज्यसत्तामा आदिवासी जनजातिप्रति कति उपेक्षित नीति र दृष्टिकोण छ भन्ने उजागर भएको छ । यस्तो विषयमा नेपालका आदिवासी जनजातिको गम्भीर ध्यान जानु जरुरी छ र आदिवासी जनजातिले पनि आफ्नो आवाज बुलन्द गराउनु आवश्यक दबाब सिर्जनाको खाँचो छ अन्यथा त्यो मस्यौदा दस्तावेजमा लेखिएका अधिकार पनि कागजमै सीमित रहनेछन् । त्यसकारण विश्व आदिवासी दिवसको सन्दर्भमा आदिवासी जनजातिले स्वतन्त्रता र समानताको आन्दोलनको भावना र मर्मसँग जोडेर आफ्नो आवाजलाई बुलन्द गर्दै विश्व आदिवासी दिवस–२०२५ लाई आदिवासी जनजाति अधिकार प्राप्तिको संयुक्त पहल र आन्दोलनको रूपमा बढाउँदै ‘गणतन्त्र, धर्मनिरपेक्षताको रक्षा गरौँ, विश्व आदिवासी दिवसको महत्त्वलाई आत्मसाथ गरौँ !’ भन्ने मूल नारासहित यो दिवस मनाइरहँदा हाम्रो देशमा अहिले बहुदलीय व्यवस्था, गणतन्त्र र धर्मनिरपेक्षता कायम भएको छ ।

    यी उपलब्धि लामो सङ्घर्ष, गौरवपूर्ण इतिहास, त्याग र बलिदानबाट प्राप्त भएका उपलब्धि हुन् । आज प्रतिगामी शक्तिले ती उपलब्धिलाई समाप्त पार्ने कोसिस गरिरहेका छन् । यदि त्यो अभियान सफल भयो भने निश्चय नै नेपाल प्रतिगमनको दिशामा धकेलिनेछ र अहिलेको प्राप्त उपलब्धिलाई पुनः प्राप्त गर्न फेरि अरू पचास वर्ष सङ्घर्ष गर्नुपर्ने अवस्था आउँछ । त्यसकारण देशलाई प्रतिगमनको दिशामा जानबाट रोक्नका लागि आदिवासी जनजाति र सम्पूर्ण नेपाली जनता एकताबद्ध हुनु अहिलेको आवश्यकता भएको छ ।

    नेपालका आदिवासी जनजाति पनि यी उपलब्धिको रक्षा गर्नका लागि एकजुट हुनुपर्दछ । प्रतिगमन विरुद्धमा भएका सबै राजनैतिक शक्ति, सङ्घसंस्था, नागरिक सबैको गम्भीर ध्यान जान आवश्यक छ । त्यसैले यो विश्व आदिवासी दिवस (अगस्त ९, २०२५ अर्थात् २०८२ साउन २४) लाई सफल पार्न हाम्रो सङ्गठन अखिल नेपाल जनजाति सम्मेलनले साताव्यापी रूपमा विविध कार्यक्रम गर्दैछ । उक्त कार्यक्रमलाई भव्यताका साथ सफल पार्न विभिन्न तहतप्का, सङ्घसंस्था, आदिवासी जनजाति समुदाय सबैलाई हार्दिक अपिल एवम् शुभकामना व्यक्त गर्दछौँ ।

    शनिबार, साउन २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.