फरीदाबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिले क्यान्सर पीडितको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
Advertisement
शुक्लागण्डकी १० छब्दी तनहुँ नेपाल घर भई हाल घर नम्बर १९३७ आजाद नगर सेक्टर २४ मुजेसर फरीदाबादमा बस्ने विष्णु कुमार सुनार, क्यान्सर रोगबाट पीडित थिए । उनको उपचारको लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिले सहयोग जुटाउने प्रयास गरेको थियो ।
उपचारको क्रममा सुनारको दुखद निधन भएको छ । निधन पछि उठेको सहयोग मृतकका बुवा चुमबहादुर सुनारलाई भारु. १६,५५१/– (२६४८२ नेपाली रूपीयाँ बराबर) आर्थिक सहयोग गरेको हो ।
सो आर्थिक नगर अध्यक्ष विष्णु बिसी सहित समितिका कार्यकर्ताहरूको उपस्थितीमा केन्द्रीय सल्लाकार रमेश चन्द क्षेत्रीले हस्तान्तण गर्नु भएको छ ।