महेश रिजाल, भालुवाङ, (दाङ) ।
सशस्त्र प्रहरी बल नेपालका नायब महानिरीक्षक बिन्धवासिनी वाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति दीपेन्द्र कुँवरले एक समारोहका बिच पानसमा मैनबत्ती बालेर र एक जोडी परेवा उडाएर २९ नं. गणले एक्काइसौँ स्थापना दिवस भएको छ ।
२०८२ साउन २ गते शुक्रबार सो कार्यक्रम सम्पन्न भएको हो ।
समारोहलाई सम्बोधन गर्दै उहाँले कर्तव्यपालनका सिलसिलामा जीवनको आहुति दिने अमर सहिदप्रति सम्मान व्यक्त गनुभयो ।
त्यस्तै, दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले वर्षायाम सुरु भएसँगै जोखिम पनि उत्तिकै रहेकाले सशस्त्र प्रहरीलगायत सबै सहयोगी हात अगाडि बढ्नुपर्ने बताउनुभयो ।
सो अवसरमा सशस्त्र प्रहरी बल २९ नं. गण हेडक्वाटर ज्वालामाई दाङ भालुवाङका सशस्त्र प्रहरीका उपरीक्षक मनोजकुमार धितालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन नायब उपरीक्षक ईश्वर डिसीले सञ्चालन गर्नुभएको थियो ।
