• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मूल प्रवाहको अध्यक्षमा पौडेल र महासचिवमा भट्टराई


  •   सोमबार, असार ३०, २०८२ मा प्रकाशित
  • काठमाडौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको हालै सम्पन्न नबौं बैठकले अध्यक्ष, महासचिव र उपाध्यक्ष परिवर्तत गरेको छ । बैठक पछि जारि वक्तव्यमा समितिको अध्यक्षमा प्रेम पौडेल, महासचिवमा त्रिभुवन भट्टराई र उपाध्यक्षमा जनकराज शर्मालाई उल्लेख गरिएको छ । यस अघि पौडेल महासचिव, भट्टराई सचिव र शर्मा पूर्ण सदस्य हुनुहुन्थ्यो ।

    Advertisement

    त्यस्तै विज्ञप्तीमार्फत भोटेकोशीमा आएको बाढी तथा अन्य स्थानमा भएको बाढिपहिरो लगायत सडक दूर्घटनाहरूमा ज्यान गुमाउनेहरूप्रति सवेदना व्यक्त गर्नुका साथै, क्षतिपूर्तिको लागि सरकारसँग जोडदार रुपमा माग गरिएको छ ।

    विश्व स्तरमा बढ्दै गएको साम्राज्यवादी हमलाको तिब्र रुपमा भ्रत्सर्ना गर्दै विश्व शान्तिको लागि अपिल समेत गरिएको छ । ्

    देशमा बढ्दै गएको साम्राज्यवादी संक्रमणप्रति चिन्ता व्यक्त गर्नुका साथै बढ्दो महंगी, भ्रष्टाचार एवं शोषणको मुख्य दोषी ठूला राजनीति दल रहेको बैठकले ठहर गरेको छ ।

    प्रस्तुत छ वक्तव्य :

    “मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको नबौं बैठक समितिका अध्यक्ष ठाकुर खनालको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले गरेका कतिपय महत्वपूर्ण निर्णयहरू सार्वजनिक गर्नका लागि यो वक्तव्य जारि गरिएको छ ।

    १. अहिले विश्वमा देखापरेको जलवायु परिवर्तनको मुख्य कारण विश्वमा बढ्दै गएको कार्बनडाइअक्साइडको उत्सर्जन मुख्य कारण हो । त्यसका मुख्य दोषी ठुला साम्राज्यवादी देशहरू नै हुन् । उनीहरूले सञ्चालन गर्दै आएका विभिन्न कारखानाहरू वा ठुला उद्योगहरूबाट ठुलो मात्रामा कार्बन पैदा हुन्छ । त्यसले सम्पूर्ण विश्वको जलवायुमा परेको असरका कारण पृथ्वीको तापमान पनि बढेर गइरहेको छ । त्यसबाट विश्वको जलवायुमा भइरहेको परिवर्तन एवं पृथ्वीको तापक्रममा भइरहेको वृद्धिबाट हिमालयको हिउ“ पनि झन्पछि झन् पग्ल“दै गइरहेको छ । हालै हिमताल फुटेर भोटेकोशीमा आएको भयानक बाढी जसको ज्वलन्त उदाहरण हो । त्यसरी भोटेकोशीमा आएको बाढी तथा अन्य स्थानमा भएको बाढिपहिरो लगायत सडक दूर्घटनाहरूका कारण ठूलो जनधनको क्षति भएको छ । उक्त घटनाहरूमा ज्यानगुमाउनेहरूप्रति समवेदन प्रकट गर्दछौं । साथै बढिपहिरो पिडितहरूलाई आवश्यक व्यवस्थापन गर्न एवं दूर्घटनामा घाइतेहरूको उपचार र क्षतिपूर्तिको लागि सरकारसँग जोडदार माग गर्दछौं ।

    २. अमेरिकी साम्राज्यवादले इजरायलद्वारा इरानमाथि आक्रमणको कारणले मध्यएसियामा युद्धको गम्भीर स्थिति उत्पन्न भएको छ । इरानको आणविक केन्द्रहरूमा हमला गरेर अमेरिकी साम्राज्यवाद पनि त्यो युद्धमा सामेल भएको छ । त्यो युद्धका कारणले जुनस्थिति उत्पन्न भएको छ, त्यो इरान र इजरायलको मात्र समस्या नभएर विश्व भरिका मानव जातिको समस्या हो । यसरी विश्व स्तरमा साम्राज्यवादी शक्ति अमेरिकाले इजरायलद्वारा प्यालेस्टाइनी निःशस्त्र जनतामाथि गरिएको हिंसात्मक कारवाहीको हाम्रो संगठनले भ्रत्सर्ना गर्दछ । साथै त्यस प्रकारका अमानवीय कार्य अविलम्ब बन्द गर्न र विश्वमा शान्ति कायम गर्न माग गर्दछौं ।

    ३. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो स्थापना कालदेखि नै राष्ट्रियता, जनतन्त्र, जनजिवीकाको विषयलाई लिएर संघर्ष गरेको ऐतिहासिक पृष्ठभूमी छ । देशमा यतिवेला एकातिर साम्राज्यवादी संक्रमण बढ्दै गइरहेको छ भने, अर्कोतर्फ देशमा २०६२–६३ को जनआन्दोलनबाट स्थापित राजनीतिक उपलब्धिहरू गुम्ने खतरा बढेर गइरहेको छ । यसो हुनुमा मुख्यगरि ठूला राजनीतिक पार्टीहरू नै दोषी छन् । उनीहरूबाट भइरहेको चरम प्रकारको भ्रष्टाचार, महंगी र शोषणका कारणले आमजनता असन्तुष्टि, नैराश्यता र वितृष्णा बढेर गएको छ । ठूला राजनीतिक पार्टीहरूबाट भइरहेको यसप्रकारको राजनीतिक कमजोरीलाई प्रतिगामी तत्वहरू र साम्राज्यवादी शक्तिका दलाल राजनीतिक पार्टीहरूले भजाएर आफूलाई राजनीतिक रुपमा स्थापित गर्ने कोशिस गरिरहेका छन् । देशको यस्तो भयावह राजनीतिक अवस्थाबाट मुक्त हुनका लागि आम श्रमजिवी नेपालीहरू संगठित रुपमा अगाडि आउनु पर्नेमा हामीले जोड दिन्छौं ।

    ४. बैठकद्धारा कतिपय नयाँ निर्णयहरू गरिएको छ । अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आउनु भएका ठाकुर खनालको अन्य जिम्मेवारी पर्न गएकोले उहाँले अध्यक्ष पदबाट हट्ने प्रस्ताव राख्नुभएको हुँदा बैठकले स्वीकृत गरेको छ । यसरी रिक्त हुनआएको अध्यक्ष पदमा प्रेम पौडेल र महासचिवमा त्रिभुवन भट्टराईलाई पदउन्नती गरिएको छ ।

    त्यस्तै उपाध्यक्ष कुलबहादुर थापा, सचिवालय सदस्य धनवीर पुन मगर, सदस्य गमबहादुर सुनार, सल्लाहकार खगेश्वर सुनार र रुपलाल जिएम स्वदेश जानु भएको हुँदा उहाँलाई समितिबाट बिदा गरियो । यसरी रिक्त हुन आएको उपाध्यक्ष पदमा जनकराज शर्मा, पूर्ण सदस्यमा चन्द्रकान्त शर्मा, श्रीधर शर्मा, कृष्णबहादुर थापा, श्याम तरामु, वैकल्पिक सदस्यमा प्रेम आचार्य, तिलक पाण्डे, काशीराम शर्मा, धर्मराज शर्मा र सल्लाहकारमा ठाकुर खनाललाई थप गरियो । केन्द्रीय सदस्य कृष्ण कुँवर, सल्लाहकार मोहन बस्नेत र धुर्वराज न्यौंपाने संगठन विरोधी गतिविधीमा सामेल भएको हुँदा निजहरूलाई निश्काशन गरियो ।

    ५. विभिन्न राज्यहरूमा नेपालीहरूमाथि पर्दै आइरहेका विभिन्न समस्याहरूप्रति बैठकको ध्यानाकर्षण भयो । उक्त समस्याहरूलाई समाधानका लागि सम्बन्धित क्षेत्रीय समिति÷राज्य समितिहरूसँग समन्वय गरि आवश्यकता अनुसार संघर्षका कार्यक्रमहरू तय गर्ने निर्णय गरियो । साथै भारतस्थित नेपालीहरूका समस्याका बारेमा सम्बन्धित सरोकारवाला एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँन आवश्यक कार्यक्रम तय गरियो ।”

    सोमबार, असार ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.