सन्तोषकुमार गुप्ता, देउखुरी (दाङ) ।
राष्ट्रिय जनमोर्चा राप्ती पालिका समितिले वडाअध्यक्ष वीरबहादुर चौधरीकी पत्नी दीपा चौधरीको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न गरेको छ ।
राजमो दाङका जिल्ला सदस्य तथा राप्ती गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष चौधरीकी जीवनसँगिनी दीपाको निधन भएको तेह्रौँ दिन २०८२ असार १९ गते बिहीबार सो कार्यक्रम सम्पन्न गरिएको हो ।
राजमो केन्द्रीय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको प्रमुख आतिथ्यमा अघि बढेको उक्त कार्यक्रममा स्मृतिशेष दीपाको तस्बिरमा मल्यार्णपणसहित एक मिनेट मौनधारण गरिएको थियो ।
सभामा शोकमन्तव्य राख्दै कार्यकारी अध्यक्ष नेपालीले मानव जन्मेपछि मृत्यु एक दिन अवश्य हुने भएकाले शोकलाई शक्तिमा बदल्न आग्रह गर्नुभयो ।
उहाँले स्मृतिशेष दीपा समाजका लागि अति मिलनसार र मिहिनेती नारी भएको दाबी गर्नुभयो ।
त्यस्तै, भालाई सम्बोधन गर्दै राजमोका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले दीपाजस्तो जीवनसँगिनीकै कारण वीरबहादुर सफल नेता बन्न सकेको बताउनुभयो ।
दीपाकी पति बिरबहादुर चौधरीले आफ्नो जीवनसँगिनी दीपाको व्यक्तित्व परिचयसहित निधनको कारण बारेमा जानकारी गराउनुभएको थियो ।
राजमो राप्ती गाउँपालिका समितिका अध्यक्ष बाबुराम थापाको अध्यक्षता तथा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य विष्णुप्रसाद आचार्यको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
दीपाको यही असार ६ गते ५२ वर्षको उमेर निधन भएको थियो । उहाँ केही दिनयता मेन्जाइटिसको बिरामी हुनुहुन्थ्यो । बुटवलमा उपचारका क्रममा उहाँको मृत्यु भएको थियो । दिपाको शव असार ७ गते बिहान राप्ती नदीको भानपुर घाटमा थारू समुदायको परम्परा अनुसार दाहसंस्कार गरिएको थियो ।
स्वर्गीय दीपा राजमोको सङ्गठित सदस्य तथा अखिल नेपाल महिला सङ्घ राप्ती ४ नम्बर वडाकमिटीको सदस्यसमेत रहनुभएको थियो ।
दीपा र वीरबहादुरका दुई छोरा रहेका छन् ।
