• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

एमालेको विधान नै सुटुक्क संशोधन भएपछि


  •   मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित
  • काठमाडौं । यतिवेला नेकपा एमालेमा अर्को नयाँ विषय प्रवेश गरेको छ । एमाले नेताहरुले १५–१७ असोज २०७८ मा सम्पन्न प्रथम विधान महाधिवेशनबाट पारित पार्टी विधानलाई नै मध्यनजर गरेर नै आ–आफ्ना विचार गरिरहेका छन् । गोदावरीमा सम्पन्न विधान महाधिवेशनले भने लगातार एउटै पदमा दुईपटक भन्दा बढी रहन नपाउने व्यवस्था पारित गरेको थियो ।

    Advertisement

    तर, प्रधानमन्त्री ओलीले पाटी विधानको धारा–६४ नै फेल भइसकेको तर्कसहित आजिवन नेतृत्वमा रहने संकेत दिएर बोलिरहेका छन् । अझै २०÷२५ वर्ष कसैले आँखा लगाउन आवश्यक नरहेको बताइरहेका छन् ।

    विधानको धारा– ६४ (क) मा ‘पालिका वा सो भन्दा माथिल्लो पदाधिकारीको हैसियतमा कार्यरत कुनैपनि व्यक्ति एउटै तह र एउटै पदमा दुई पटक भन्दा बढी उम्मेदवार हुन पाउने छैन’ लेखिएको थियो । यसरी गरिएको विधानमाथि सुटुक्क गरिएको संशोधनले पदमा लगातार दुई कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था पनि भन्ने खोलेको बुझिन्छ ।

    तर दुई महिना नपुग्दै १०–१४ मंसिर २०७८ मा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट विधानको व्यवस्था उल्ट्याइएको खुलेको छ । एक पदाधिकारीले दिएको जानकारी अनुसार ‘नेतृत्व कसरी चयन गर्ने भन्ने लफडामा थियौं । सर्वसम्मत नेतृत्व घोषणा गर्ने कि भीम रावलको माग बमोजिम चुनावमा जाने भन्नेमा अल्मलियौं’, तर त्यसैबेला सुटुक्क विधान संशोधन गरिएछ ।’

    वरिष्ठ उपाध्यक्ष पोखरेल, युवराज ज्ञवाली मात्र नभएर अरु धेरै पदाधिकारी समेत विधानको धारा–६४ (क) हटिसकेको तथ्यप्रति बेखबर भएको बुझिन्छ । त्यसैले उनी उमेर हद र लगातार दुई कार्यकाल बढी एउटै पदमा बस्न नपाउने विधानको व्यवस्था नहट्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् ।

    एमालेमा यस्तो प्रावधान राखेर विधान संशोधनको मस्यौदा प्रस्तावक नेता ज्ञवाली नै विधानमा भएको सुटुक्क गरिएको संशोधनप्रति बेखबर हुनुले एमाले राजनीतिक इमान्दारीतामा समेत धक्का पुग्ने देखिन्छ ।

    उमेर हदबन्दी र पदीय जिम्मेवारीमा दुईपटक भन्दा धेरै रहन नपाउने व्यवस्थाका कारण ईश्वर पोखरेल तेस्रोपटक महासचिव बन्न रोकिएर वरिष्ठ उपाध्यक्ष पद गोदावरी विधान महाधिवेशनले सिर्जना गरेको थियो ।

    जुन व्यवस्था अन्तर्गत ईश्वर पोखरेलले कार्यकारी महासचिव छाडेर वरिष्ठ उपाध्यक्षको नयाँ पद लिँदै थिए, उनैले आफूलाई अवरोध गर्ने पार्टीको व्यवस्था हटिसकेको जानकारी नपाएको खुल्यो ।

    सातौं महाधिवेशनबाट चुनिएको ओलीकै नेतृत्वमा बामदेव गौतम, ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र प्रदीप ज्ञवाली रहेको कार्यदल बनेको थियो । यो कार्यदलको सुझाव बमोजिम आठौं राष्ट्रिय महाधिवेशनबाट एमाले बहुपदीय संरचनामा गएको थियो । त्यसैबेला ७० वर्षे उमेर हद र एउटै पदमा दुईपटक भन्दा बढी रहन नपाउने व्यवस्था कार्यान्वयनको निर्णय हुनेवाला थियो ।

    विस २०७१ मा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट भने उमेर हद र कार्यकाल अवधिको निर्णय भएको थियो । जसको कारण सिद्धिलाल सिंह र भरतमोहन अधिकारी र दशौं राष्ट्रिय महाधिवेशनबाट नेता अमृत बोहोरा बिदा भएका थिए ।

    त्यसैका निम्ति धारा–६४ (क) हुलमुलमै खारेज गरिएको बुझ्न गाह्रो पर्दैन । दशौं महाधिवेशन मै पनि उमेर हदको व्यवस्थामा –७० वर्ष नकटेको’ परिभाषा गर्दै ओलीलाई अध्यक्ष दोर्होयाउन सजिलो पारिएको थियो ।

    मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • २.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ३.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ४.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ५.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ६.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ७.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ८.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.