• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

मुद्दा खेप्दै दरबारकी अम्बिका


  •   शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
  • समष्टि बुढामगर, काठमाडाैँ ##
    बिजुलीबजारको सानो गल्लीछेउ एउटा पुरानो खाजाघर छ । दिउँसोको समयमा त्यहाँ सधैँजसो भिड हुने गर्छ तर आज त्यहाँ भिड अलि कम थियो । मसँगै एक जना दिदी र साथी पनि हुनुहुन्थ्यो । हामी आफ्नै गफ गर्दै चिया पर्खिरहेका थियौँ । त्यत्तिकैमा एक जना बुढीआमा गुनगुनाउदै त्यहाँ छिर्नुभयो र हाम्रोछेउकै टेबलमा बस्नुभयो । ती बुढी आमासँगै एक जना कालो कोट लगाएको महिला पनि भित्र छिर्नुभयो ।

    Advertisement

    ती आमा धेरै बेरदेखि एक्लै गुनगुनाई रहेकाले हामी सबैको ध्यान उहाँतिर केन्द्रित भयो । साथमा आएकी महिलाले हामीतिर इसारा गर्दै भन्नुभयो– ‘आमाको मानसिक अवस्था अलि कमजोर छ । त्यसैले जे नि बोली बस्नुहन्छ ।’

    आमाले आफ्नो जीवनका धेरैजसो पल बिर्सिसक्नु भएको रहेछ तर केही कुराहरू भने उहाँ सधैँजसो दोहो¥याइरहनु हुँदोरहेछ । सायद ती कुरालाई उहाँले बिर्सिन चाहनुहुन्न ।

    सबै जना आफ्नै गफमा व्यस्त थिए तर मेरो ध्यान खै किन हो ? त्यो बुढी आमाबाट हट््न सकेन । उहाँले अदालतले दिएको तारेख पर्चा बारम्बार हेर्दै राख्दै गरिराख्नुभएको थियो । सायद उहाँलाई डर थियो, कतै आफ्नो मुद्दालाई पनि विगतको केही पलजस्तै बिर्सिने त होइन ?
    एकछिनमा आमाले मलाई पुलुक्क हेर्नुभयो । मैले मुसुक्क हाँस्दै उहाँलाई तपाईंको नाम के हो आमा भनेर मात्रै के सोधेको थिएँ, आमाले आफ्नाबारेमा सबै बेलिबिस्तार लाउन थाल्नुभयो । उहाँले दायाबाया हेरेर आफ्नो आखा ठुलो पार्दै मसिनो स्वरमा भन्नुभयो– ‘दरबारमा मलाई अम्बिका भन्थे ।’

    आमा लामो समय दरबारमा सुसारे भएर बस्नुभएको रहेछ । उहाँले डराई डराई भन्नुभयो– ‘भित्रको कुरा हामीले यसरी खुल्ला ठाउँमा गर्नुहुन्न ।’

    आमाको स्वर र हाउभाउमा अचानक परिवर्तन देखियो । केही भन्न नहुने कुरा गरेर डराएकोजस्तै । त्यो परिवर्तन देखेर म एकछिन छक्क परे । किताबमा पढ्दै आएको दरबारको ती पात्र आज मेरो अगाडि नै देख्दा म यो सोच्न बाध्य भएँ– साँच्चै सर्वसाधारण जनता कति डर र त्रासमा दास भएर बस्नुपरेको थियो । अहिले जनता यति धेरै अधिकारसम्पन्न भएका छन् तर पनि केही भने त्यही अधिकारलाई टेकेर फेरि राजतन्त्रको माग गर्ने मूर्खता गर्दैछन् ।

    त्यसपछि आमाले हामीलाई धेरै कुरा त भन्नुभएन तर सँगै आएकी महिलाले भने हाम्रो जिज्ञासु अनुहारलाई हेर्दै भन्नुभयो– ‘उहाँको विवाह पनि दरबारबाट नै गरिदिएको हो तर विवाह गर्दा उहाँको उमेर धेरै भइसकेकाले शारीरिक रूपमा बच्चा पाउन सक्षम हुनुभएन । बुढेसकालमा सहारा दिने कोही पनि नभएको र भएको सम्पत्ति पनि आफन्तले हिनामिना गरेकाले आज यो उमेरमा अदालत धाउनुपरेको छ ।’

    उहाँको जीवनको उर्जाशील, सिर्जनशील, अमूल्य समय, उहाँको जवानी सबै आफ्नो परिवारदेखि टाढा नारायणहिटीको चारकिल्लामा सकिएको रहेछ ।

    मलाई आमासँग आफैले नै धेरै कुरा सोध्न मन थियो तर त्यो सम्भव भएन । उहाँको कुरा सुनेरै म मेरा लागि त्यो जीवन परिकल्पनै गर्न सकिरहेको थिएन भने उहाँले त त्यो सबै भोगेर आउनुभएको छ । मैले उहाँलाई र आफूलाई तुलना गरेँ । म पनि एउटा सर्वसाधारण जनताको छोरी, उहाँ पनि एउटा सर्वसाधारण जनताकै छोरी, हामीबिच फरक केबल समय र व्यवस्थाको थियो । त्यो व्यवस्था जहाँ सर्वसाधरण भएकै भरमा अरूको दास हुनुपथ्र्यो ।

    उहाँजस्तै अझै कति अरू अम्बिकाको छाया दरबारभित्रै हराएका होलान् ?

    पढ्न, लेख्न नपाई अझै कति अरू अम्बिकाहरूले आफ्नै नाम कोर्न नपाएका होलान् ?

    सदैव डर र त्रासमा अझै कति अरू अम्बिकाले मौनताको डिग्री हासिल गरे होलान् ?

    दरबारका आसेपासेलाई स्याहार्न अझै कति अरू अम्बिकाले घरपरिवारदेखि टाढा जीवन बिताए होलान् ?

    मनमा यस्तै थुप्रै कुरा खेलाउँदै म टोलाइरहेको थिएँ, आमा त निस्किसक्नु भएको रहेछ । एकछिन पछि हामी पनि निस्किएर आफ्नो बाटो लाग्यौँ । मनमा धेरै कुरा खेलाउँदै गाडि चढेँ । मलाई अचानक महसुस भयो, मलाई मेरो स्वतन्त्रता आजभन्दा अगाडि यति धेरै प्यारो लागेको थिएन ।

    गाडी बबरमहलदेखि अगाडि बढ्यो । सधैँजसो प्रदर्शन हुने माइतीघरमा आज पनि एउटा समूह खुलेआम सरकार विरुद्घ नारा लगाइरहेका थिए । अरू दिन वास्ता नै नलागेका नाराहरू आज मेरो कानमा जोडजोडले बजिरहेका थिए । नारा जेसुकैैको थियो तर मेरो कानमा एउटै शब्द मात्रै गुञ्जियो– गणतन्त्र, गणतन्त्र, गणतन्त्र ।

    अम्बिका त केवल एउटा प्रतिनिधि पात्र मात्रै हुन् । अझै यस्तै दमन कति माथि भए होलान् ? आज केही भ्रष्टले गर्दा निम्तिएको अवस्थालाई लिएर अहिलेको व्यवस्था नै गलत भन्ने होइन किनकि गणतन्त्रको विकल्प प्रतिगमन वा राजतन्त्र हुनै सक्दैन । परिवर्तनको पाङ्ग्रा पछाडि होइन, निरन्तर अगाडि गुडिरहेको हुन्छ । यदि अब गणतन्त्रको विकल्प खोज्नु नै पर्ने हो भने गणतन्त्रभन्दा समुन्नत व्यवस्थातर्फ हाम्रा पाइला अगाडि बढ्नुपर्छ । त्यो अगाडिको व्यवस्था भनेको समाजवादी व्यवस्था हो । त्यो व्यवस्था प्राप्तिका लागि हामीले अहिलेको गणतन्त्रमा रहेको जनअधिकार र स्वतन्त्रतालाई रक्षा र उपयोग गर्दै अगाडि बढ्नुपर्छ ।

    शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.