रामपुर (पाल्पा) । राष्ट्रिय जनमोर्चा रामपुर नगर समितिले रामपुर नगरपालिकाको आव २०८३ को नीति तथा कार्यक्रममा सामेल गर्ने गरी ३७ बुँदे सुझाव प्रस्तुत गरेको छ ।
राजमो रामपुरका अध्यक्ष रामप्रसाद गैरेको नेतृत्वमा २०८२ असार ३ गते मङ्गलबार गएको प्रतिनिधिमण्डलले सुझाव प्रस्तुत गरेको हो ।
प्रतिनिधिमण्डलमा राजमो रामपुरका सहसचिव विष्णुप्रसाद सिग्देल, कोषाध्यक्ष सूर्य गैरे, सचिवालय सदस्य पहलसिंह सिँजाली, नगर समितिका सदस्यहरू रामबहादुर आले र पदमबहादुर पौडेलको पनि सहभागिता रहेको थियो ।
३७ बुँदे सुझावपत्रमा कृषि तथा पशुपालन, कृषिबजार, शिक्षा, भौतिक पूर्वाधार निर्माण, फोहर व्यवस्थापन, यातायात, खानेपानी, रोजगारी, व्यापार–व्यवसाय, पर्यटनलगायतका विषय समेटेर आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्न माग गरिएको छ ।
प्रतिनिधिमण्डलसित कुराकानी गर्दै नगरप्रमुख रमणबहादुर थापाले बजेटको सिलिङभित्र राजमोले उठाएका योजना अटाउन प्रयत्न गर्ने आश्वासन दिएको नगर अध्यक्ष गैरेले जानकारी दिनुभयो ।
