१. व्यक्तिगत विवरणहरू : आफ्नो नाम, ठेगाना, मोबाइल नम्बर, पासपोर्ट नम्बर, नागरिकता, तथा अन्य परियचपत्रको विवरण, इमेल ठेगाना, जन्म मिति आदि गोप्य विवरण च्याट जिपिटीमा कहिल्यै पनि लेख्नु हुँदैन। च्याटबटमा शेयर गरिने यस्ता निजी जानकारीहरू अनधिकृत रुपमा गलत हातमा पुग्ने र व्यक्तिको पहिचान दुरुपयोग हुन सक्छ।
२. पासवर्ड वा लगइन विवरण : बैंक खाताको पासवर्ड, इमेल वा फेसबुक लगइन, टू फ्याक्टर अथेन्टिकेसन कोड जस्ता विवरणहरू एआई सिस्टममा राख्दा सर्भरमा स्टोर हुन सक्ने सम्भावना रहन्छ, जुन साइबर सुरक्षाको दृष्टिले घातक हुन सक्छ।
३. आधिकारिक वा व्यावसायिक गोप्य सूचना : यदि तपाईं कुनै निजी संस्था, बैंक वा सरकारी निकायमा कार्यरत हुनुहुन्छ भने कम्पनीको रणनीति, ग्राहकको तथ्यांक, गोप्य प्रतिवेदन तथा भविष्यको परियोजना योजना जस्ता दस्तावेजहरु एआई च्याटबटसँग शेयर गर्नु हुँदैन । यसो गर्दा कम्पनीको व्यापारिक जासुसी हुने वा सूचना चुहावटको खतरा रहन्छ ।
४. स्वास्थ्यसम्बन्धी संवेदनशील जानकारी : एआईले सामान्य स्वास्थ्य टिप्स दिन सक्छ तर मेडिकल रिपोर्ट, मनोवैज्ञानिक अवस्था, औषधि प्रयोगको इतिहास, मानसिक समस्याका विस्तृत विवरण जस्ता विषय च्याट जिपिटीमा शेयर गरेर त्यसले दिने सुझावमा भर पर्नु हुँदैन । यस्ता विषयहरूमा वास्तविक चिकित्सक वा मनोचिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ।
५. कानुनी विवाद वा संवेदनशील मामिला : च्याट जिपिटीलेले कानुनी प्रक्रियाबारे सामान्य जानकारी दिन सक्छ, तर मुद्दा विवरण, अदालतको पत्र, कानुनी सल्लाह वा मिसिल जस्ता संवेदनशील जानकारी यससँग शेयर गर्दा तपाईंको कानुनी गोपनीयता तथा स्थितिमा समस्या उत्पन्न हुनसक्छ.
६. भविष्य योजनाहरू र रणनीति : व्यक्तिगत, पारिवारिक वा व्यावसायिक योजना (जस्तैः नयाँ कम्पनीको अवधारणा, नवप्रवर्तनशील परियोजना तथा लगानी रणनीति आदि) पनि गोप्य राख्नुपर्छ। सार्वजनिक प्लेटफर्ममा यस्ता विचार चुहिदा आफ्नो प्रतिस्पर्धात्मक लाभ गुम्न सक्छ।