कृष्ण केसी, भरतपुर (चितवन) ।
चितवनको भरतपुर महानगरपालिका–१८, शशीनगर शहरी क्लिनिक टोलका राजकुमार महतोले एकल महिला बुहारीलाई कन्यादान गरिदिएका छन् ।
Advertisement
राजकुमार र उनकी श्रीमती रुपाले भाइ बुहारी प्रेमकुमारी महतोको सामाजिक परम्परा अनुसार दोस्रो विवाह गरिदिएका हुन् ।
महतो परिवारले प्रेमकुमारीलाई भरतपुरको त्रिचोक निवासी कोमानाथ गुरौसँग बिहीबार सामाजिक परम्परा अनुसार विवाह गरी विदाइ गरे ।
सो अवसरमा जेठाजु र जेठानीले आफ्नो बुहारीलाई छोरी समान कन्यादान गरी सुखद दाम्पत्य जीवनको शुभकामना दिएका थिए ।
वैवाहिक कार्यक्रममा शहरी क्लिनिक महिला समूहकी अध्यक्ष सुकमाया गुरुङ लगायतले सामाजिक रुपान्तरणको नमूना प्रस्तुत गरेको भन्दै रामकुमार र रूपा महतोलाई धन्यवाद दिएका थिए ।