• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

नैन छिन्दन्ति शस्त्राणी नैनं दहति पावकः

"सन्दर्भ 'कामरेड जलजला’ उपन्यास–११ "

  •   आइतबार, जेठ ११, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    कामरेड जलजलाको लामो समयदेखि अजितसँग भेट भएको थिएन । उनी लखनऊमा सुनन्दाकी फुपू सरस्वतीकहाँ बसेकी थिइन् । उनी कामरेड जलजलालाई खोज्न नेपालतिर गएकी थिइन् । त्यो क्रममा उनी भैरहवाको जेलमा पनि परेकी थिइन् । त्यसपछि उनी काठमाडौँ गएकी थिइन् । त्यहाँबाट फर्केर गोरखपुर आएकोसम्म समाचार टेलिग्रामबाट प्राप्त भएको थियो । गोरखपुरबाट लखनऊ टाढा थिएन र एकैदिनमा वा केही घण्टामा नै लखनऊ आइपुग्न सकिन्थ्यो तर कैयौँ दिन बितिसक्दा पनि उनी लखनऊ आइपुगेकी थिइनन् । एकातिर, लामो समयदेखि अजितसित भेट नभएको र अर्कातिर, सुनन्दाको पनि समाचार प्राप्त नभएको कुराबाट उनी धेरै तनावमा थिइन् ।

    उनी सरस्वतीको घरमा थिइन् । त्यहाँ सरस्वतीसित उनको लामो कुराकानी हुने गर्दथ्यो । दुबै जना सुनन्दाको बारेमा चिन्तित थिए । बाँकी समयमा उनले प्रायशः कुनै किताब पढ्न थाल्दथिन् वा एक्लै बसेर कुनै कुराबारे सोच्न थाल्दथिन् । कुनै बेला एक्लै बसेर अजितसित भएका कुराकानी सम्झने गर्दथिन् । त्यस प्रकारका कुराकानी दर्शन, राजनीति, पार्टी, नेपालको पञ्चायत विरोधी आन्दोलन आदिबारे हुने गर्दथे र उनले ती कुरा मनमनै सम्झने गर्दथिन् ।

    ‘कामरेड जलजला’ उपन्यासमा लेखिएको छ– “अजितले प्रायः गीताको कुरा गर्दथे । उनले गीताको यो श्लोकको बारम्बार चर्चा गर्दथे : ॅनैन छिन्दन्ति शस्त्राणी नैनं दहति पावकः’ । त्यसको अर्थ यो हुन्थ्यो– ‘आत्मलाई शास्त्रले काट्न सक्दैन । आगोले डढाउन सक्दैन ।’

    त्यस सिलसिलामा अगाडि लेखिएको थियो– “भौतिकवादीले आत्मा अमर हुन्छ भन्ने कुरा मान्दैनन् तर त्यो श्लोकमा जे लेखिएको छ, त्यो कुरा एउटा क्रान्तिकारीका लागि पनि सत्य हुन्छ । ऊ अजर, अमर हुन्छ । संसारको कुनै शक्तिले उसलाई पराजित गर्न सक्दैन । उसलाई नष्ट गर्न सक्दैन । जस्तोसुकै कठिन र प्रतिकूल परिस्थितिमा पनि ऊ लगातार अगाडि बढिरहन्छ । उसको उत्साह, आँट र मनोबलमा कहिल्यै कमी आउँदैन । कुनै क्रान्तिकारीमा त्यस प्रकारको अजय शक्ति निस्वार्थ कर्मयोगले दिन्छ । गीताको सार पनि त्यही हो ।”

    जलजलाको मनमा अजितले भनेको यो कुरा प्रायः घुमिरहन्थ्यो– गीताको मुख्य जोड निस्काम कर्ममाथि हो अर्थात् कुनै फलको आशा नगरीकन कर्म गर्नुपर्दछ । त्यसको अर्थ यो हुन्थ्यो, कुनै व्यक्तिले आफ्नो कर्मको सम्पूर्ण फल ईश्वरमा समर्पण गर्नुपर्दछ । त्यो अध्यात्मवादी सोचाइ थियो । एउटा कम्युनिस्टले त्यस प्रकारको अध्यात्मवादी सोचाइलाई स्वीकार गर्ने कुरा हुँदैनथ्यो तैपनि कुनै फलको आशा नगरीकन आफ्नो जिम्मेवारी वा कर्तव्य पूरा गर्ने कुराले कम्युनिस्टका लागि पनि अर्थ र महत्त्व राख्दथ्यो । कम्युनिस्टले पार्टी वा क्रान्तिका लागि कुनै काम गर्दा व्यक्तिगत फाइदाको कुनै आशा गर्नु हुँदैन । उसले सबै प्रकारका दुःखकष्टको अवस्थामा पनि आफ्नो कर्तव्य पूरा गर्ने प्रयत्न गर्नुपर्दछ । जुन दिन उसले आफूले गरेको कर्तव्यको बदलामा कुनै फलको आशा गर्न थाल्दछ, त्यो दिन ऊ कम्युनिस्ट रहँदैन । त्यही विन्दुमा नै उसको पतन सुरु हुन्छ ।”

    त्यो कुरामाथि प्रकाश हाल्दै उपन्यासमा लेखिएको छ– “हामीले आफ्ना सबै काम पार्टी र क्रान्ति वा देश र जनताका लागि समर्पण गर्नुपर्छ र व्यक्तिगत फलको आशा नगरीकन कर्तव्य पूरा गर्ने प्रयत्न गर्नुपर्दछ ।”

    अजितले भनेको यो कुरा पनि उनले सम्झने गर्दथिन्– “यो भनाइलाई हामीले आफ्नो जीवनमा आत्मसात् गर्ने प्रयत्न गर्नुपर्दछ । त्यसले हामीलाई असीम शक्ति दिन्छ । काम गर्नका लागि असीम उत्साह र ऊर्जा प्रदान गर्दछ । त्यसले हामीलाई असीम सुख र आनन्द प्रदान पनि गर्दछ ।”

    अजित नभएका बेलामा पनि उनले प्रायशः गीतालाई दोहोऱ्याएर पढ्ने गर्दर्थिन् । त्यस सन्दर्भमा उनले प्रायशः साङ्ख्य योगका सिद्धान्त दोहोऱ्याएर पढ्ने गर्दथिन् । त्यस सिलसिलामा यी सिद्धान्तप्रति उनको विशेष ध्यान जाने गर्दथ्यो– सुख, दुःख, मान, अपमान, विजय, पराजय, लाभ, हानि आदि सबैलाई समान मानेर वा तिनीहरूप्रति उदासिन भएर आफ्नो जिम्मेवारी पूरा गर्ने प्रयत्न गर्नुपर्दछ । त्यो साङ्ख्य योगको मूल सिद्धान्त थियो ।

    साङ्ख्य योगले कैवल्यमा सबैभन्दा बढी जोड दिन्थ्यो । त्यो दर्शनले दुईओटा मूल तत्त्व मान्दथ्यो : प्रकृति र पुरुष । प्रकृतिको असरले पुरुषमा कैयौँ नराम्रा विचार पैदा हुने गर्दथे तर ज्ञान वा विवेकद्वारा पुरुषमा परेको प्रकृतिका सबै असरलाई निवारण गर्दै गएपछि पुरुष केवल एक रहन्थ्यो अर्थात् प्रकृतिको सम्पूर्ण असरबाट मुक्त । त्यसैलाई नै साङ्ख्य दर्शनले कैवल्य अर्थात् मुक्तिको अवस्था बताएको छ । साङ्ख्य दर्शनले यो कुरामा पनि जोड दिन्छ कि कुनै व्यक्ति आफ्नो जीवनकालमा नै ज्ञानको माध्यमद्वारा त्यस प्रकारको कैवल्य वा मुक्तिको अवस्थामा पुग्न सक्दछ । त्यो कुरा एउटा कम्युनिस्टबारे पनि सत्य हुन्छ । ऊमाथि पुँजीवादी वा निम्नपुँजीवादी विचारको असर समाप्त भएपछि प्रकारान्तरले साङ्ख्य दर्शनले बताएजस्तो ऊ ‘कैवल्य’ को अवस्थामा पुग्न सक्दछ अर्थात उसको दृष्टिकोण पूरै नै सर्वहारा बन्न सक्दछ । त्यो अवस्थामा ऊ सच्चा कम्युनिस्ट वा क्रान्तिकारी बन्न सक्दछ ।

    त्यसै सिलसिलामा उपन्यासमा लेखिएको थियो– “जलजलाको मनमा प्रायः यो प्रश्न उठ्ने गर्दथ्यो । पार्टी वा क्रान्तिको काम गर्दा के फलको कुनै आशा गर्नुहुँदैन ? अजितले यो प्रश्नको जवाफ यसरी दिने गर्दथे– हामीले व्यक्तिगत लाभको आशा नगरीकन काम गर्नुपर्दछ । पार्टी र क्रान्तिको काम गर्दा व्यक्तिगत लाभ कति मिल्छ ? त्यो लेखाजोखा गरेर काम गर्नु गलत हो । हामीले निस्वार्थ कर्मको अर्थलाई त्यही रूपमा बुझ्नुपर्दछ ।”

    त्यस सिलसिलामा अगाडि लेखिएको छ– “निस्वार्थ कर्मको त्यो सोचाइले सर्वहारा विश्वदृष्टिकोणको सोचाइसित पनि मेल खान्छ । हामीले सर्वहारा वर्ग, क्रान्ति वा पार्टीको हितका लागि नै आफूलाई सम्पूर्ण रूपले समर्पण गरेर काम गर्नुपर्दछ । त्यसको बदलामा व्यक्तिगत रूपमा कति लाभ प्राप्त भयो ? त्यसबारे सोच्नुहुँदैन । जब कुनै क्रान्तिकारीले त्यो कोणबाट सोच्न थाल्छ, ऊ क्रान्तिकारी पथबाट विचलित हुन थाल्छ । गीतामा लेखिएको यो कुराले पनि उनको मनमा उठेको प्रश्नको जवाफ दिन्थ्यो– ‘मूर्खहरूले फलको आशाले जसरी काम गर्दछन्, त्यस्तै विद्वान्ले संसारको भलो गर्ने इच्छाले काम गर्दछन् तर फलको आशा कत्ति पनि राख्नुहुँदैन ।’ त्यो श्लोकले बडो राम्ररी व्यक्तिगत स्वार्थ र कर्मफलको बिचमा अन्तर गरेको छ । एउटा क्रान्तिकारीले आफ्नो सामाजिक दायित्व र त्यसको बदलामा व्यक्तिगत फाइदाप्रति कुन प्रकारको दृष्टिकोण अपनाउनुपर्दछ ? त्यसबारे राम्ररी प्रकाश हालेको छ ।”

    जलजलाले अजितले भनेको यो कुरालाई पनि बारम्बार सम्झने गर्दथिन्– “गीताको भनाइलाई हामीले मार्क्सवादी र क्रान्तिकारी अर्थमा लिनुपर्दछ । व्यक्तिगत लाभको आशा नगरीकन पार्टी र क्रान्तिका लागि काम गर्नुपर्दछ । हाम्रो सम्पूर्ण ध्यान यो कुरामा केन्द्रित हुनुपर्दछ– पार्टी वा क्रान्तिका लागि हामीले कति योगदान दिन सक्छौँ ? जब क्रान्तिकारीले व्यक्तिगत लाभलाई केन्द्रमा राखेर काम गर्न थाल्छन्, उनीहरूको पतन हुँदै जान्छ । पार्टीमा काम गरेपछि दुःख र कष्ट सहेपछि त्याग र बलिदान गरेपछि त्यसको बदलामा व्यक्तिगत रूपमा कति लाभ मिल्छ ? कसैले त्यसलाई प्राथमिकता दिएर सोच्न थाल्यो भने त्यो व्यक्ति लामो समयसम्म क्रान्तिको बाटोमा टिक्न सक्दैन । उसले आफ्ना कामको बदलामा लाभ प्राप्त भएन भने ऊ निराश हुन थाल्छ । निष्क्रिय हुन्छ । पलायन हुन्छ वा अवसरवाद तथा गद्दारीको बाटो समात्न पनि हिचकिचाउन्न । संसार र नेपालमा पनि धेरै क्रान्तिकारीको त्यसरी पतन हुने गरेको छ ।”

    अजितले उनलाई यसबारे पनि प्रायशः बताइरहन्थे, सुख कसरी प्राप्त हुन्छ ? त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “ अजितले भनेका कुरामा उनले बारम्बार विचार गर्ने गर्थिन् । उनले साङ्ख्य दर्शन वा गीताका जुन कुरामा जोड दिन्थे, सामान्य रूपमा हेर्दा त्यो कुरा कठिनजस्तो लाग्छ, अव्यावहारिक र विशुद्ध आदर्शवादी तर अजितले भन्थे, व्यक्तिगत स्वार्थबाट माथि उठेर पार्टी र क्रान्तिका लागि, शोषितपीडित जनताको सेवाका लागि आफूलाई सम्पूर्ण रूपले समर्पण गर्ने कार्य विश्वव्यापी रूपमा क्रान्तिकारीले अभ्यास गर्दै आएको कुरा थियो । उनले यस कुरामा पनि जोड दिन्थे, जब एउटा क्रान्तिकारी त्यस प्रकारको निःस्वार्थ सेवामा अभ्यस्त हुँदै जान्छ, त्यो कुरा त्यसको स्वभावको अङ्ग बन्दै जान्छ । त्यस प्रकारको कार्यबाट उसलाई असीम प्रकारको आनन्द र सुख प्राप्त हुन्छ, जो व्यक्तिगत स्वार्थबाट प्राप्त हुने सुखभन्दा कैयौँ गुणा उच्च र महान् हुन्छ ।”

    सामान्य अवस्थामा व्यक्तिगत प्रकारका लाभबाट नै सुख वा आनन्द प्राप्त हुन्छ तर कुनै मान्छेको चेतना जति माथि उठ्दै जान्छ, त्यसको सुखप्राप्तिको माध्यम पनि बदलिँदै वा माथि उठ्दै जान्छ । एउटा केटाकेटीलाई सामान्य खेलौनाबाट पनि सुख प्राप्त हुन सक्दछ तर एउटा सिकारीलाई वनजङ्गलमा सिकारका लागि दौडधुप गर्ने कार्यबाट र एउटा विद्वान्लाई अध्ययनबाट नै सुख प्राप्त हुन सक्दछ । त्यसै गरेर जब हामीले जनता वा समाजको हितको लागि काम गर्न थाल्दछौँ, त्यसबाट नै उसलाई बढी सुख प्राप्त हुन थाल्दछ । पार्टी र क्रान्तिका लागि काम गर्नुको अर्थ सम्पूर्ण शोषित जनताको मुक्तिका लागि वा त्यसका लागि शोषक वर्गका विरुद्ध वर्गसङ्घर्षमा सामेल भएर काम गर्नु हो । त्यो अवस्थामा त्यसबाट प्राप्त गर्ने सुख नै सबैभन्दा उच्च सुख हुन्छ र अन्य सबै सुख सामान्य र गौण बन्दै जान्छन् । गीताले पनि निष्काम कर्मबाट अर्थात् व्यक्तिगत फलको आशा नगरीकन गरिने कर्मबाट प्राप्त हुने सुखलाई नै परमानन्द बताएको छ ।

    जब कुनै मानिस त्यस प्रकारको सुखको लागि अव्यस्थ बन्दै जान्छ, त्यसको त्यो स्वभाव नै बन्दै जान्छ । त्यस सिलसिलामा प्राप्त हुने दुःखकष्टबाट पनि उसलाई कुनै दुःखकष्ट प्राप्त हुँदैन । एउटा सिकारीलाई सिकार गर्दा हुने दुःखकष्टबाट कुनै दुःख पुग्दैन । एउटा खेलाडीलाई खेलमा कडा परिश्रम गर्नु पर्दा कुनै दुःख पुग्दैन । त्यही प्रकारले एउटी आमालाई आफ्नो सन्तानको सेवा गर्दा कुनै दुःखकष्टको अनुभव हुँदैन । एउटा क्रान्तिकारीको लागि पार्टी र क्रान्ति वा जनताको सेवाको लागि काम गर्दा पुग्ने दुःख, कष्टबाट कुनै दुःख पुग्दैन बरु त्यस प्रकारको दुःखकष्टको सामना गर्दा उसलाई शोकको नै अनुभूति भइरहेको हुन्छ, जसलाई, गीताको शब्दमा परमानन्द भन्न सकिन्छ । पार्टी र क्रान्तिको कामका लागि आफूलाई सम्पूर्ण रूपले समर्पण गरेपछि एउटा कम्युनिस्टलाई पनि परमानन्द नै प्राप्त हुन्छ ।

    त्यस सिलसिलामा उपन्यासमा एक ठाउँमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एउटा कवितालाई उद्धृत गदै लेखिएको छ–

    ‘सबै खोज्छन् सुख भने त्यो सुख कहाँ छ ?
    आफूलाई मेटाई अरूलाई दिनु जहाँ छ ।’

    त्यसरी महाकवि देवकोटाको शब्दमा वास्तविक सुख व्यक्तिगत स्वार्थ पुरा गर्दा होइन, अरूको सेवा गर्दा नै अर्थात् आफूलाई मेटाई अरूलाई दिँदा नै प्राप्त हुन्छ । देवकोटाको त्यो भनाइ खालि काल्पनिक मात्र होइन, त्यसमा गम्भीर प्रकारको अर्थ लुकेको छ । एउटा आमाको सन्तानप्रतिको मायामा पनि त्यस प्रकारको नियमले काम गरेको हुन्छ । प्रेमीप्रमिका वा पति र पत्नीका बिचमा सच्चा माया भयो भने उनीहरूले एकअर्काबाट बढी फाइदा उठाउनमा होइन, देवकोटाले आफ्नो माथि उल्लेखित कवितामा भनेझैँ ॅआफूलाई मेटाई अरूलाई दिनु जहाँ छ’ मा नै बढी सुख प्राप्त गर्न सक्दछन् । त्यसले आमाको सन्तान वा प्रेमीप्रेमिका र पतिपत्नीका बिच त्यस प्रकारको त्यागको भावनामा उच्च प्रकारको सुखको अनुभूति अन्तरनिहित भएको हुन्छ ।

    उपन्यासमा लेखिएको छ– “जलजलाले कतिपय मन परेका कविताका पुस्तक लिएर हिँड्थिन् । कतिपय कृतिका कविताका मन परेका अंश आफ्नो डायरीमा टिप्थिन् । एक्लै हुँदा कविताका ती पङ्क्ति गुनगुनाउने गर्थिन् । लेखनाथको तलको कविता उनलाई धेरै नै मन पर्दथ्यो :

    “तडागमा खडा फेरि भयो कमलको वन
    भित्री बीज छँदासम्म मासिन्थ्यो र कुरा कुन ?”

    त्यो कविताको व्याख्या गर्दै अजितले उनलाई भन्ने गर्दथेः “यो कविताले जस्तोसुकै कठिन र प्रतिकूल परिस्थितिमा पनि भविष्यमाथिको अगाध विश्वास दिलाउँछ । त्यसले बताउँछ, बाह्य रूपले हेर्दा कुनै चिज जतिसुकै पराजित वा नष्ट भए पनि त्यसको ‘भित्री बीज छँदासम्म’ त्यो पुनः अगाडि आउने सम्भावना रहन्छ । पोखरीमा फेरि कमलको बन तयार हुन्छ । कमलका फूल फुल्न थाल्छन् ।”

    त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “अजितले भन्ने गर्दथे, अहिले पञ्चायती व्यवस्था जतिसुकै शक्तिशालीजस्तो देखिए पनि त्यो नष्ट हुनेछ । देशमा फेरि प्रजातन्त्र आउनेछ किनभने प्रजातन्त्रको भित्री बीज कायम छ । प्रधान कुरा बाह्य रूप होइन, त्यसको भित्री चिज हो ।” त्यस सिलसिलामा उनले यो पनि भन्ने गर्दथे– “अहिले संसारमा समाजवादी आन्दोलन जति कमजोर भएको भए पनि अन्तमा समाजवादको विजय हुनेछ । विश्व समाजवादी क्रान्ति सफल हुनेछ किनभने स्वयम् पुँजीवादले नै उत्पादक शक्तिलाई सामाजिक रूप दिएर समाजवादी क्रान्तिका लागि भौतिक आधार तयार पार्दै लगिरहेको छ । रुस, चीनमा समाजवादी व्यवस्थाको पतन भयो तर त्यसको भित्री बीज कायम छ । त्यसकारण समाजवादको भविष्य उज्ज्वल थियो ।”

    उनको नोटबुकमा अरू पनि कैयौँ कविता थिए । कतिपय कविताका स्रोतको उल्लेख नगरीकन कविता मात्र टिपेकी थिइन् । उनले ती कविता सर्सरी प्रकारले हेर्न थालिन् । एउटा कवितामा लेखिएको थियो–

    “मैले धेरै पहिले नै
    सम्पूर्ण रूपमा आफूलाई
    क्रान्तिको बेदीमा होमिसकेको छु
    अब पुनः समर्पण गर्नका लागि
    मसित न जीवन बचेको छ, न मृत्यु
    न हाँसो बचेको छ, न आँसु…..

    त्यो कविताले बताउँथ्यो कि आफूलाई ॅसम्पूर्ण रूपले क्रान्तिको वेदी’ मा होमेपछि गुमाउनका लागि अन्य कुनै कुरा बाँकी रहन्न । त्यसपछि मृत्यु वा कुनै पनि प्रकारको क्षतिको डरले कुनै क्रान्तिकारीलाई उसको कर्तव्यपथबाट विचलित गर्न सक्दैन ।

    सुनन्दालाई त्यो बेला त्यो कविताको स्रोत थाहा हुन सकेको थिएन । उनी गोरखपुरबाट खगुलाल गुरुङसित सँगै प्युठानतिर जाँदै थिइन । उनले सुनन्दालाई कविताको एउटा पुस्तक पढ्नलाई दिएका थिए । त्यो मोहनविक्रम सिंहले लेखेको “झिमरुक नदी र चिबेचराको कथा” शीर्षकको कविताको पुस्तक थियो तर त्यो बेला मोहनविक्रमको नाममा वारेन्ट थियो र उनी भूमिगत थिए । त्यसैले खगुलालले त्यो पुस्तकको शीर्षक र त्यसका लेखकको नाम च्यातिदिएका थिए । त्यसैले उनलाई त्यो पुस्तकको शीर्षक वा त्यसका लेखकको नाम थाहा हुन सकेको थिएन ।

    उनलाई खगुलालले दिएको पुस्तकमा लेखिएको अर्को एउटा कविताको तलको अंश पनि निकै मन परेको थियो । त्यसलाई उनले कण्ठाग्रह नै गरेक थिइन् र उनले त्यो कवितालाई प्रायशः एक्लै गुनगुनाउने गर्दथिन् :

    “तिमीहरूले सम्पूर्ण रूपमा आफूलाई
    क्रान्तिको बेदीमा होमेपछि
    गुमाउनका लागि केही बाँकी रहने छैन
    जित्नका लागि सारा संसार
    त्यसपछि संसारमा कुनै
    यस्तो शक्ति बाँकी रहने छैन
    जसले तिमीहरूको वेगलाई रोक्न सकोस्
    तिमीहरू अजेय बन्नेछौ
    निर्भय र सबै खतराबाट बाहिर
    बन्धनमा बसेर पनि
    बन्धनदेखि स्वतन्त्र
    दुःखकष्टमा रहेर पनि
    त्यसको शोकबाट मुक्त
    मरेर गए पनि
    मृत्युको कालो छायाबाट टाढा
    अजर झ् अमर झ्
    नैनं छिन्दन्ति शस्त्राणि, नैन…. ”

    आइतबार, जेठ ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • २.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ३.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ४.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ५.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ६.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ७.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • ८.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.