• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बृहत्तर बौद्ध पुरातात्विक सहर

"सन्दर्भ ‘कामरेड जलजला’ उपन्यास–१० "

  •   आइतबार, जेठ ०४, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    ‘कामरेड जलजला’ उपन्यासमा लेखिएको छ– “जलजलालाई खोज्ने क्रममा आफ्नैै साथी विद्या रोकाका साथ सुनन्दा लुम्बिनी पुग्छिन् ।

    उनीहरूले पहिले लुम्बिनीको भ्रमण गर्दछन् र त्यसपछि कपिलवस्तुतिर लाग्दछन् । कपिलवस्तुमा उनीहरूले गोडिहवा, तिलौराकोट, सगरहवा, निग्लिहवा आदि स्थानको अवलोकन गर्दछन् । लुम्बिनीको भ्रमणमा बद्रे आलमले उनीहरूलाई धेरै नै सहयोग गर्दछन् ।

    जस्तो कि सुनन्दाको बानी थियो, लुम्बिनी र कपिलवस्तुको भ्रमणमा जानुभन्दा पहिले उनले ती स्थानबारे विस्तृत रूपले अध्ययन गरेकी थिइन् र त्यसबारे बद्रे आलमले पनि उनलाई ती दुवै स्थानबारे धेरै कुरा बताएका थिए ।

    लुम्बिनीमा गौतम बुद्धको जन्म भएको थियो । तिलौराकोट उनका पिता शुद्धोधनको राज्यको राजधानी थियो । ती दुवै स्थान बुद्धसित सम्बन्धित भएको हुनाले तिनीहरूलाई संसारभरका बौद्धले आफ्नैो पूजनीय तीर्थको रूपमा मान्दछन् । लुम्बिनीलाई बौद्धका चारओटा मुख्य तीर्थमध्ये एउटा मानिन्छ । अर्को तीनओटा तीर्थ स्थानमा बुद्धले शिक्षा प्राप्त गरेको स्थान बोधगया, उनले पहिलोपटक शिक्षा दिएको स्थान सारनाथ र उनको निधन भएको स्थान कुशीनगर हुन् ।

    लुम्बिनी र तिलौराकोटमा प्राचीनकालमा नै उच्च सभ्यताको विकास भएको थियो । त्यहाँ मानिसका घना बस्ती थियो । पछि त्यहाँको सम्पूर्ण मानव बस्ती उजाड हुँदै गयो र त्यहाँको सभ्यता लुप्त भयो । कैयौँशताब्दीसम्म लुम्बिनी र तिलौराकोट दुवै घना जङ्गलले ढाकिएर ती दुवै लुप्त भएका थिए, यहाँसम्म कि लुम्बिनीको अशोकस्तम्भ पनि जमिनमुनि गाडिएर अदृश्य भएको थियो ।

    संसारमा प्राचीन सभ्यता लुप्त भएका कैयौँउदाहरण छन् । त्यसबारे उपन्यासमा लेखिएको छ– “लुम्बिनी र कपिलवस्तु कहाँ थिए ? त्यो पनि स्वयम् स्थानीय मानिसले बिर्सिंदै गए । त्यसरी शताब्दीयौँसम्म लुम्बिनी र कपिलवस्तु दुवै अदृश्य भए ।”

    त्यही सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “सायद यो इतिहासको विडम्बना नै थियो कि लुम्बिनी र कपिलवस्तुजस्ता त्यति धेरै उन्नति भएका सभ्यता वा संस्कृति पनि शताब्दीयौ“सम्म हराएर गएका थिए ।”

    “अमेरिकाको माया सभ्यता, सिन्धुघाटीको सभ्यता र बेबिलोन तथा मेसोपोटामियाका सभ्यता पनि त्यसरी नै लुप्त भएका थिए तर यो सोचेर उनलाई खुसी लाग्यो कि लुम्बिनी र कपिलवस्तुहरू पुनः प्रकाशमा आएका थिए । आज ती विश्वप्रसिद्ध पर्यटन केन्द्र बनेका थिए ।”

    लुम्बिनी र कपिलवस्तु कसरी पत्ता लागेको थियो ? त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “बौद्धग्रन्थ र चिनियाँ यात्रीले लेखेका विवरणका आधारमा पश्चिमी पुरातत्त्वशास्त्रीले लुम्बिनी र कपिलवस्तुको खोजी गर्ने प्रयास गर्न थाले । सन् १८९५ मा भारतको पुरातत्त्व विभागले त्यो कामका लागि जर्मन पुरातत्त्वशास्त्री डा. फुहररलाई नियुक्त  गर्याे। उनले आफ्नैो खोजीको क्रममा सन् १८९५ मा कपिलवस्तुको गोटिहवा र निग्लिहवाका अशोकस्तम्भ फेला पारे । त्यसपछि उनी लुम्बिनीको अशोकस्तम्भको खोजीमा लागे ।”

    त्यस सिलसिलामा अगाडि लेखिएको छ– “ब्रिटिस इन्डियालाई भारतमा रेलनिर्माणको लागि ठुलो पैमानामा काठ आवश्यकता थियो । बुटवल क्षेत्रको तराईमा पनि त्यही कामका लागि रुख काट्ने काम भइरहेको थियो । रुख काट्ने क्रममा मजदुरहरूले अशोक स्तम्भको बाहिर आएको त्यसको टुप्पो देखे । त्यो बेला पाल्पाका बडाहाकिम खड्ग शमशेर थिए । त्यो थाहा पाएपछि खड्ग शमशेरले हात्ती लगाएर त्यसलाई उखेल्ने प्रयत्न गर्न थाले । उनले पुरातत्त्वसम्बन्धी कुनै ज्ञान भएर त्यसो गरेका थिएनन् । सायद त्यो स्तम्भलाई उखेल्ने क्रममा त्यो भाँचिन सक्दथ्यो वा नष्ट पनि हुन सक्दथ्यो तर लुम्बिनी र कपिलवस्तुको खोजीमा लागेका डा. फुहरर त्यही बेला त्यहाँ आइपुगे । उनले खड्ग शमशेरलाई त्यो स्तम्भ नष्ट गर्नुबाट रोके र त्यो स्तम्भको अभिलेख पनि पत्ता लगाए ।

    सन् १८९६ मा अशोक स्तम्भ पत्ता लाग्यो र ६ शताब्दीसम्म हराएको अशोक स्तम्भ पुनः संसारका अगाडि प्रकाशमा आयो । त्यसपछि त त्यहाँ उत्खनन् गर्ने र अध्ययन गर्ने कार्य लगातार बढ्दै गए । डा. फुहरर फर्केपछि पी.सी. मुखर्जी, केशर शमशेर, देवला मित्र, एनआर बनर्जी, बालकृष्ण पोख्रेल आदिले पनि लुम्बिनी र तिलौराकोटको अध्ययन, अनुसन्धान र उत्खनन्काे कार्यमा महत्त्वपूर्ण योगदान दिएका थिए ।”

    अशोकस्तम्भ पत्ता लागेपछि लुम्बिनी नै बुद्धको जन्मभूमि भएको कुरामा कुनै शङ्का रहेन । गोटिहवा र निग्लिहवामा पनि त्यसभन्दा पहिले अशोकस्तम्भ पत्ता लागिसकेका थिए । त्यसबाट उनको पिताको राजधानी भएको स्थान कपिलवस्तुको तिलौराकोट नै थियो भन्ने कुरामा पनि कुनै शङ्का रहेन तर त्यस प्रकारको निष्कर्षमा पुग्नुभन्दा पहिले कपिलवस्तु र लुम्बिनीको खोजी गर्ने क्रममा अन्य कैयौँबेग्लाबेग्लै प्रकारका अनुमान पनि गरिएका थिए । उपन्यासमा त्यससम्बन्धी कैयौँविवरण उल्लेख गरिएको छ ।

    सन् १७८४ मा कलकत्तामा एसियाली सोसाइटीको स्थापना गरिएको थियो । त्यसले पनि लुम्बिनी र कपिलवस्तुको खोजीको लागि केही प्रयास गरेको थियो । उनीहरूले भारतको उत्तर प्रदेशको गोरखपुर र बस्ती जिल्लामा नै ऐतिहासिक बौद्धस्थानको खोजी गर्ने प्रयत्न गरेका थिए ।

    प्रसिद्ध पुरातत्त्वविद् जनरल अलेक्जेन्डर कनिङ्घमले भारतको उत्तर प्रदेशको बस्ती जिल्लाको मोहना नदीलाई रोहिणी नदी र मेक्सोम नगरलाई लुम्बिनी हुनुपर्छ भनी सन् १९७४ मा अनुमान गरेका थिए । कतिपय भारतीय विद्वानले उडिसाको भूवनेश्वरमा नै कपिलवस्तु वा लुम्बिनी भएको विचार पनि प्रकट गरेका थिए । एक जना शोधकर्ताले भूवनेश्वरको एउटा विश्वविद्यालयमा प्रस्तुत गरेको पिएचडीको शोधपत्रमा लुम्बिनी र कपिलवस्तु भूवनेश्वरमा नै भएको प्रमाणित गर्ने प्रयत्न गरेका थिए । भारत सरकारले घोषित रूपले नै उत्तर प्रदेशको नवगढ नै प्राचीन कपिलवस्तु राज्यको राजधानी भएको दाबी गरेको छ र त्यहाँ त्यससम्बन्धी कैयौँनिर्माण कार्य पनि गरिएको छ तर प्राप्त प्रमाण र लुम्बिनी र कपिलवस्तुमा गरिएका उत्खनन्बाट लुम्बिनी नेपालको रुपन्देहीमा र तिलौराकोट कपिलवस्तुमा भएको कुरा अन्तर्राष्ट्रिय रूपमा प्रमाणित भइसकेको छ ।

    अब लुम्बिनी र तिलौराकोट दुवै अन्तर्राष्ट्रिय महत्त्वका बौद्ध तीर्थस्थल वा पर्यटन केन्द्र बनेका छन् । ती दुवै स्थानको विकासका लागि नेपाल सरकार वा कतिपय अन्तर्राष्ट्रिय संस्थाले पनि कैयौँयोजना बनाएका छन् । त्यसको लागि ठुलो धनराशि छुट्याइएको छ वा खर्च पनि भएको छ । लुम्बिनीमा तिलौराकोटको विकास वा प्रवर्धनका लागि अहिलेसम्म गरिएका सबै प्रयासप्रति हामीले उच्च सम्मान प्रकट गर्दछौँ ।

    यस सन्दर्भमा उपन्यासले पनि लुम्बिनी र तिलौराकोटको बौद्धसभ्यतालाई अरू उच्च आयाम दिनका लागि एउटा परिकल्पना प्रस्तुत गरेको छ । त्यो एक प्रकारले सपना नै हो । त्यसलाई अर्को शब्दमा यस्तो भन्न सकिन्छ : त्यो नेपालको प्राचीन बुद्धसभ्यतालाई उच्चस्तरमा उठाउनका लागि उपन्यासले देखेको एउटा सपना नै हो तर कैयौँमहान् कार्य परिकल्पना वा सपनाबाट नै पैदा हुने गर्दछन् । त्यसबारे लेनिनले यो भनेका छन्– ‘साथी हो सपना देख्नुहोस् ।’ समाजवाद र साम्यवादका उद्देश्य पनि यही प्रकारका सपना हुन् तर ती काल्पनिक सपना नभएर इतिहासको विकास र भौतिक परिस्थितिको ठोस विश्लेषणका आधारमा अर्का शब्दमा द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको सिद्धान्तका आधारमा सिद्ध गरिएका सपना हुन् र संसारभरका करोडौँ कम्युनिस्टले शताब्दीदेखि ती सपना पूरा गर्न सङ्घर्ष गर्दै आएका छन् ।

    वास्तवमा कुनै चिजबारे पहिले सपना नदेखीकन त्यसले मूर्त रूप लिन सक्दैन । पहिले त्यो सपना मन वा मस्तिष्कमा आउँछ । त्यो सपना त्यहीँसम्म मात्र सीमित रह्यो भने त्यो दिवासपना मात्र बन्दछ तर सपनालाई व्यावहारिक रूप दिन प्रयत्न गर्ने हो भने त्यसले मूर्त रूप लिने पनि सम्भावना रहन्छ ।

    उपन्यासले बृहत्तर बौद्ध पुरातात्त्विक सहरको सपना देखेको छ । त्यसबारे त्यो उपन्यासमा लेखिएको छ– “कपिलवस्तु रूपन्देहीका सबै पुरातात्त्विक र ऐतिहासिक महत्त्वका स्थानको विस्तृत रूपले उत्खनन् गर्नुपर्ने आवश्यकता छ । बद्रे आलमले बताएअनुसार त्यही प्रकारका कतिपय महत्त्वपूर्ण स्थान पश्चिम नवलपरासीमा पनि पर्दछन् । त्यसरी कपिलवस्तुदेखि पश्चिम नवलपरासीसम्मको विस्तृत भूभागको एउटा मेगाप्रोजेक्ट नै बनाउनुपर्दछ । त्यसरी ती तीनै जिल्लाको विस्तृत अध्ययन गरेमा ती तीनै जिल्लासँग सम्बन्धित प्राचीन सभ्यताको एउटा भव्य चित्र हाम्रो अगाडि आउने थियो । ती तिनै जिल्लालाई मिलाएर एउटा बौद्धकालीन बृहत्तर सहर निर्माण गरिएमा त्यो अन्तर्राष्ट्रिय महत्त्वको एउटा पुरातात्त्विक सहर नै हुन सक्दथ्यो ।

    उपन्यासमा कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा प्राचीन बौद्धसभ्यतासित सम्बन्धित कैयौँऐतिहासिक अवशेष पत्ता लागेको बताइएको छ । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ : “कैयौँअनुसन्धानकर्ताले कपिलवस्तु र रुपन्देहीका कैयौँस्थान, त्यहाँका कैयौँढिस्कामा प्राचीन सभ्यताका सङ्केत भएको अनुमान गरेका छन् । कतिपय स्थानको विदेशी अनुसन्धानकर्ताले अध्ययन वा उत्खनन् पनि गरेका छन् । ती दुवै जिल्लामा त्यस प्रकारका स्थान असङ्ख्य छन्ट्; जस्तै कि धानखोला, शिवगढी, सोनागढ, चनाघाट, खुरुरिया, बेदमौ, परशुरामपुर, पत्थरकोट, अमौली, कोपवा, बिकुली, सगरहवा, श्रीनगरा, बेल्होवा, कोट्हीकोट, निग्लिहवा, जहादी, अरौराकोट, चेत्रादेई, धम्निहवा, लोहसौडिया, रेहरा, औरहिया, रामघाट, डेरवा, पट्खहवा, आनन्दबाग, मुर्चहवा, बर्दहवा, लम्टिया, कुदान, दलदलाहा, डङ्गरी, पिपरी, गोटिहवा, सिंहखोर, हर्देवा, बभनीकोट, हर्दौना, कड्जहवा, दोहनी, सिसहनिया कोट, बेलुहवा, बिजुवा, मनखोरिया, धर्मपानिया, बिमियाकोट, मुडफुटुवा, दुईमुनिया, छोटी सिसनिया, कडी सिसनिया, सोहसपतरिया, परोरा, मनौरी, कालीदह, पैसिया, देवदह, बञ्जराही, निपनिया, पिप्रहवा, पर्रोहा, सैनामैना, भुतकुवा, लक्ष्मीपुर आदि ।”

    उक्त विषयमा अरू प्रकाश हाल्दै उपन्यासमा लेखिएको छ– “ती जिल्लाका कतिपय स्थान विभिन्न देवी वा देवताका नाममा रहेका छन्; जस्तै कि समय माइस्थान, तौलेश्वरनाथ, बालाकुण्ठ बराजु, मन्ठारीबाबा र कालीमाई, चञ्चाई माई, प्रकटेश्वर, मर्चवारी माई, कुमारवर्ती माई, भैरवनाथ, नरेश्वर, ऐरेनीस्थान आदि । यी विभिन्न स्थानको नाम देवी र देवताको नामबाट रहेको भए पनि ती स्थान पुरातात्त्विक महत्त्वका स्थान हुन् ।

    माथि दिएका ऐतिहासिक र पुरातात्त्विक स्थानलाई जिल्लाका आधारमा विभाजनको विवरण दिँदै उपन्यासमा लेखिएको छ– “बद्रे आलमले सुनन्दालाई कपिलवस्तु जिल्लामा करिब १३६, रुपन्देहीमा करिब ९९ र नवलपरासी जिल्लामा ४० पुरातात्त्विक स्थान भएको बताएका थिए । तिनीहरूमध्ये कपिलवस्तुमा तिलौराकोट, निग्लिहवा, सगरहवा, गोटिहवा, कुदान, अरोराकोट, दोहनी, प्राचीन स्तूपा, सिसहनिया, धमनिहवा स्तूपा आदि, रुपन्देहीमा लुम्बिनी, देवदह (देवदहअन्तर्गत घोडहवा हाल बुद्धनगर, बैरीमाई, कन्यामाई, केरवानी क्षेत्र) आदि, नवलपरासी जिल्लामा रामग्राम स्तूपा, पण्डितपुर आदि विशेष रूपले उल्लेखनीय भएको बताएका थिए ।”

    उपन्यासमा लेखिएको छ– “ती तीनै जिल्लालाई मिलाएर एउटा बौद्धकालीन बृहत्तर सहर निर्माण गरिएमा त्यो अन्तर्राष्ट्रिय महत्त्वको एउटा पुरातात्त्विक सहर नै हुन सक्दथ्यो । त्यसले खालि ती तीनओटा जिल्लाको मात्र होइन, नेपालको सम्पूर्ण इतिहासमा नयाँ आयाम थप्ने थियो ।”
    उपन्यासमा बृहत्तर बौद्ध पुरातात्त्विक सहरको चर्चा गरिसकेपछि तिलौराकोट परिच्छेदको अन्तमा लेखिएको छ– “सुनन्दा अब रुपन्देही वा कपिलवस्तुमा छैनिन् र उनले खालि लुम्बिनी तथा कपिलवस्तुका केही स्थानहरू तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, सगरहवा आदि केही स्थानको मात्र अध्ययन गरेकी थिइन् तर ती तीनओटै जिल्लाहरू कपिलवस्तु, रूपन्देही, नवलपरासीको गर्भमा लुकेको त्यो अत्यन्त महान् सभ्यताबारे केही अनुमान मात्र गर्न सकेको भए पनि उनले कति धेरै प्रसन्नता अनुभव गर्न सक्दथिन् होला ? तर उनलाई न दाङदेउखुरीको प्राग्ऐतिहासिक ढुङ्गेयुगीन सभ्यताको बारेमा नै ज्ञान हुन सक्यो, न उनले कपिलवस्तु, रुपन्देही र नवलपरासीको गर्भमा लुकेको एउटा महान् सभ्यता, जसलाई कपिलवस्तु वा लुम्बिनी सभ्यता भन्न सकिन्छ, को नै अनुमान गर्न सकेकी थिइन् ।”

    “कुनै दिन लुम्बिनी, कपिलवस्तु तथा जुम्लाका सभ्यता पनि लुकेर बसेका थिए तर कैयौँमहान् खोजकर्ताको प्रयत्नद्वारा ती संसारको अगाडि आए । हामीले आशा गर्नुपर्दछ, कपिलवस्तु वा लुम्बिनीको सभ्यता पनि त्यसैगरी हाम्राअगाडि आउनेछ र त्यसबाट सारा संसार चकाचौँध हुनेछ ।”

    कामरेड जलजला उपन्यासमा कैयौँवास्तविक पात्रलाई पनि समावेश गरिएको छ । यद्यपि उनीहरूलाई औपन्यासिक रूपमा नै समावेश गरिएको छ । त्यसअनुसार माथि उल्लेख गरिएका परीक्षणमा पनि बद्रे आलमलाई पनि उपन्यासमा एउटा वास्तविक पात्रको रूपमा समावेश गरिएको छ ।

    नोट :
    मोहनजीको कामरेड जलजला उपन्यासको कथानक वा घटनाक्रमलाई हटाएर त्यसमा प्रकट गरिएका दार्शनिक वा वैचारिक पक्षलाई मात्र लिएर एउटा बेग्लै पुस्तक तयार गर्ने विचार पनि छ तर त्यो कार्य कहिले पूरा हुन सक्नेछ ? त्यसबारे केही भन्न सक्ने स्थितिमा उहाँ हुनुहुन्न तैपनि उहाँले उपन्यासमा उल्लेखित विभिन्न विषयमाथि प्रकाश हालेर प्रत्येक हप्ताको आइतबार एउटा लेख लेख्ने योजना बनाउनुभएको छ ।

    त्यसअनुसार ‘युगदर्शन डट कम’ मा अहिलेसम्म उहाँका नौओटा लेख आइसकेका छन् र प्रस्तुत ‘बृहत्तर बौद्ध पुरातत्व सहर’ उहाँको दशौँ लेख हो । एक वर्षपछि ती सबै लेख सङ्कलन गरेर एउटा किताब प्रकाशित गर्ने उहाँको विचार छ ।

    कुनै पाठक वा पत्रपत्रिकाले उहाँको पहिले प्रकाशित नौओटै लेख सबै तथा पछि प्रकाशन हुने लेख पनि तलको फोन वा मेलमा सम्पर्क गरेमा मैले नियमित रूपले पठाइदिने व्यवस्था गर्नेछु ।

    अहिलेसम्म प्रकाशित ‘सन्दर्भ कामरेड जलजला उपन्यास’ अन्तर्गत प्रकाशित लेखको सूची यस प्रकार छ : १. अमेजनको जङ्गल, २. पृथ्वीको परिक्रमा, ३. उच्च क्रान्तिकारी र मानवीय चिन्तन प्रणाली, ४. पञ्चायती राज, ५. कामरेड जलजला उपन्यासको दार्शनिक संरचना, ६. व्यक्ति र र विश्वबिचको अन्तरसम्बन्ध, ७. जनताका बिचको अन्तरविरोध, ८. उपन्यासको प्राक्थनले के भन्छ ?, ९. नियमितता र आकस्मिकताका बिचको द्वन्द्वात्मक सम्बन्ध ।

    दुर्गा पौडेल
    फोन नम्बर ९८५११९८८१०
    इमेल : durgapaudel205@gmail.com

    आइतबार, जेठ ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • २.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ३.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ४.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ५.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ६.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ७.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ८.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.