• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बागलुङ बलेवाको दम्काफाँटमा कालीगण्डकीको पानी लिफ्टमार्फत सिँचाइ


  •   बिहिबार, जेठ ०१, २०८२ मा प्रकाशित
  • गलकोट (बागलुङ) । बागलुङकै ठूलो खेतीयोग्य जमिनमध्येको एक बलेवाको दम्काफाँटमा कालीगण्डकीको पानी पुर्याइएर सिँचाइ गरिएको छ ।

    Advertisement

    करिब २४ हेक्टरको दम्काफाँटमा सिँचाइको अभावमा जमिन विस्तारै बाँझिन थालेपछि लिफ्टमार्फत कालीगण्डकीको पानी ल्याइएको हो ।

    दम्काफाँटमा ४० प्रतिशत जग्गा बाँझो भएपछि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, पोखराले रु तीन करोड लागतमा फाँट मुनिको कालीगण्डकी नदीको पानी दम्काफाँटमा ल्याएको छ । अहिले लिफ्ट सिँचाइ आयोजनाको सफल परिक्षणसमेत सम्पन्न भइसकेको छ ।

    यस वर्ष परिक्षणकै रुपमा केही भागमा सिँचाइ गर्ने र वितरण लाइन विस्तार गरेपछि २४ हेक्टर जमिन नै सिँचाइ गर्ने आयोजनाले जनाएको छ । लिफ्टमार्फत बागलुङमा सिँचाइ गरिएको यो सबैभन्दा ठूलो योजना हो । उर्भरभूमी रहेको दम्काफाँटमा एउटै याममा एक हजार ७०० मुरी धान फल्ने गरेको छ ।

    सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका प्रमुख विदुरमान श्रेष्ठका अनुसार २४ हेक्टर खेतियोग्य जमिन बाँझिदै जान थालेपछि ठूलो जोखिम मोलेर लिफ्ट योजना ल्याइएको बताउनुभयो । उहाँले कालीगण्डकी नदीबाट दम्काफाँट अलि माथि भएकाले ‘डबल लिफ्ट’ गरिएको बताउनुभयो । पहिलो १४० र दोस्रो १४३ मिटरमा दुई लिफ्ट प्रणाली मार्फत दम्काफाँटमा प्रतिसेकेण्ड पाँच दशमलव पाँच लिटर पानी ल्याउन सफल भएको श्रेष्ठले बताउनुभयो ।

    “सहुलियत विद्युत् महशुलका कारण किसानलाई सिँचाइमा सहजता हुनेछ, कम लागतमा फाँट मुनिको पानी ल्याउँदा बाँझो जग्गा हराभरा हुने अपेक्षा हाम्रो छ, आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो, यस वर्ष मुख्य स्थानबाट सिँचाइ थाल्छौं, आगामी वर्ष वितरण लाइन समेत विस्तार गरेर दम्काफाँटको २४ हेक्टर जमिन नै सिँचाइ गराउँछौं, अहिले ठेक्का र उपभोक्ता समितिमार्फत रु दुई करोड खर्च भइसकेको छ ।

    निरन्तरको पहल तथा तत्कालीन सांसद तथा नगरप्रमुखको पहलमा दम्काफाँटमा योजना पर्न सफल भएको र अहिले कालीगण्डकीको पानी सफल रुपमा ल्याउन सकिएको बागलुङ नगरपाकिला–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँले बलेवाका अधिकांश जनताको खेतीयोग्य जग्गा दम्काफाँट भए पनि स्रोतको अभावमा हिउँदमा मात्रै नभएर वर्खामा समेत सिँचाइ असुविधा रहेको जानकारी दिनुभयो ।

    योजना ल्याउन लामो समय प्रयास थालियो, अहिले सफल भएका छौं, वर्खाको भल छोपेर खेत रोप्ने दम्काफाँटमा हिउँदमा समेत खेती गर्न सकिनेछ, शर्माले भन्नुभयो, यहाँका नागरिकले सिँचाइको अभावमै खेतीयोग्य जग्गा बाँझो राख्न थालेका थिए, आगामी वर्ष पुरै दम्काफाँटमा सिँचाइ गर्नका लागि वितरण लाइन समेत जडान गरिने छ ।

    स्थानीय नागरिकको वर्षौदेखिको सिँचाइको माग पुरा गरिएको दम्काफाँट लिफ्ट सिँचाइ आयोजना, बागलुङ–१३ स्थित उपभोक्ता समितिका अध्यक्ष ओम तक्मेलले जानकारी दिनुभयो । उपभोक्ता समिति र ठेक्कामार्फत लिफ्ट सिँचाइ आयोजना सम्पन्न भएको जनाउँदै उहाँले उपभोक्ता समितिमार्फत २४ हेक्टर जग्गामा सिँचाइ सुविधा विस्तारको काम अझै बाँकी रहेको बताउनुभयो ।

    रु एक करोड ४४ लाखमा पपैँया÷विएसी इलाम जेभीले २०८० असार २१ मा ठेक्का सम्झौता गरेर २०८१ पुस मसान्तमा निर्माण सम्पन्न गरेको थियो । त्यसपछि उपभोक्ता समितिमार्फत बाँकी काम सम्पन्न भएको हो । उपभोक्ता मार्फत अहिलेसम्म रु २७ लाख खर्च भइसकेको र उपभोक्ता समितिमार्फत लागत अनुमानमा भएको शाखा लाइन विस्तार लगायतको काम बाँकी रहेको छ ।

    बिहिबार, जेठ ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.