दिनेश रैदास, दाङ ।
दाङको राजपुरमा राष्ट्रिय जनमोर्चाद्वारा प्रतिगामी खतराको विरुद्धमा सभा सम्पन्न भएको छ ।
राजको दाङका सचिव बसन्त पोखरेलको प्रमुख आतिथ्यमा २०८२ वैशाख २८ गते आइतबार राजपुर गाउँपालिका–५ जङ्ग्रहवामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै उहाँले सत्तारूढ काङ्ग्रेस, एमाले र माओवादीले भ्रष्टाचार, कुशासन र बेरोजगारीजस्ता विकृति फैलाएको आरोप लगाउनुभयो ।
सम्बोधनको क्रममा उहाँले भन्नुभयो– ‘सरकारको आलोचना गर्नु भनेको राजावादी खतरासँग सहमति जनाउनु होइन, बरु जनताको पक्षमा उभिएर सरकारका गलत नीतिको विरोध गर्नु हो ।’
कार्यक्रममा सम्बोधन गर्दै जातीय समता समाज दाङका जिल्ला सदस्य राजकुमार विकले समाजमा जातीय समानता र सामाजिक न्याय सुनिश्चित गर्नको लागि गणतन्त्र एक मात्र मार्ग भएको दाबी गर्नुभयो ।
उहाँले देशमा फैलिएका जातीय भेदभाव र असमानताका मुद्दालाई उठाउँदै यसको समाधानका लागि लोकतान्त्रिक मूल्य र गणतन्त्रलाई सशक्त बनाउनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमको सञ्चालन राजमो दाङका उपाध्यक्ष महेश रिजालले गर्नुभएको थियो ।