पुर्तिघाटबजार (गुल्मी) । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको आयोजनामा गणतन्त्रको रक्षार्थ सभा सम्पन्न भएको छ ।
नेकपा (मसाल) गुल्मीका प्रवक्ता ओमेन्द्र कुँवरको प्रमुख आतिथ्यमा २०८२ वैशाख २६ गते शुक्रबार सो कार्यक्रम सम्पन्न भएको हो ।
सभालाई विशिष्ट अतिथि राजमो केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला अध्यक्ष रामकुमार क्षेत्री, राजमो गुल्मीका जिल्ला सदस्य तथा कालीगण्डकी–६ का वडाअध्यक्ष पुरन थापा र अर्का जिल्ला सदस्य गङ्गा केसीले मन्तव्य राख्नुभएको थियो ।
वक्ताहरूले लामो जनआन्दोलनको बलमा गणतन्त्रको स्थापना भएकाले यसको रक्षामा नेपाली जनता गम्भीर हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
गणतन्त्रप्रति आफूहरूको विरोध रहे पनि गणतन्त्रको रक्षा हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको वक्ताहरूको भनाइ थियो ।
विनोद गिरीको अध्यक्षता तथा घनश्याम ढकालको अध्यक्षतामा उक्त कार्यक्रम अघि बढेको थियो ।
