गाईघाट । त्रियुगा नदीमा आएको बाढीले बस बगाएको छ ।
Advertisement
उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदीमा बाढीसहितको लेदोमा बस भासिएको हो ।
‘जन्ति पुर्याएर फर्किएको बस नदीमा बगेको तर मानवीय क्षति भने नभएको चौदण्डीगढी नगरपालिकाकी उपप्रमुख मणिकादेवी दुलालले जानकारी दिइन्।
सोमबार राति जिल्लाकै सिवाइबाट सप्तरीमा जन्ति पुर्याएर फर्किएको को १ ख ४७५३ नम्बरको बस भासिएको हो ।