• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रिसा आत्महत्या सामान्य नभएको राजमोको निष्कर्ष


  •   शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले भारतको कलिङ्गा युनिभर्सिटीमा बी.टेक. दोस्रो सेमेस्टरमा अध्ययतरत पर्साकी छात्रा प्रिसा साहको आत्महत्या सामान्य नभएको बताएको छ ।

    Advertisement

    उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८२ वैशाख १९ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै राजमोले सो धारणा व्यक्त गरेको हो ।

    प्रेसवक्तव्यमा २०८१ फागुन ४ गतेको रुपन्देही प्रकृति लम्सालको प्रसङ्ग जोड्दै किट युनिभर्सिटीमा कुनै गिरोहले नेपाली छात्रामाथि लगातार प्रताडना दिने गरेकाले सो विश्वविद्यालयमा नै समस्या रहेको बताइएको छ ।

    प्रिसा प्रकरणमा भारत सरकार, उडिसा राज्य सरकार र किट युनिभर्सिटीसमक्ष यो विषय उठाउनुपर्ने आवश्यकतामा जोड दिँदै वक्तव्यमा यसबारे जनता, राजनीतिक पार्टी र सांसदको समेत ध्यान जानुपर्ने आवश्यकतमा जोड दिइएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
    “भारतको उडियास्थित कलिङ्गा विश्वविद्यालयमा अध्ययनरत एक जना अर्की छात्रा वीरगञ्जकी प्रिसा साहले आत्महत्या गरेको घटनालाई राष्ट्रिय जनमोर्चाले अत्यन्त गम्भीर रूपमा लिन्छ । त्यही विश्वविद्यालयमा नै केही महिनापहिले भैरहवाकी प्रकृति लम्सालले आत्महत्या गरेको समाचार आएको थियो । यो दोहोरो आत्महत्याको घटनाले बताउँछ कि त्यो विश्वविद्यालयमा नै गम्भीर समस्या छ र कुनै गिरोहले नेपाली छात्रामाथि लगातार प्रताडना दिने गरेको छ ।

    पहिले पनि यो समाचार आएको थियो कि प्रकृति लम्सालले आफूमाथि भएको दुर्व्यवहारबारे बारम्बार उजुरी गर्दा पनि विश्वविद्यालय प्रशासनले ध्यान दिएको थिएन र उनी आत्महत्या गर्न बाध्य भएकी थिइन् । यो अनुमान गर्न गाह्रो पर्दैन कि त्यही प्रकारको स्थितिमा नै प्रिसा साह पनि आत्महत्या गर्न बाध्य भएकी थिइन् ।

    प्रकृति लम्सालसमेतको घटनामाथि विचार गर्दा प्रिन्सा साहको आत्महत्या पनि सामान्य नभएको कुरा दाबीपूर्वक भन्न सकिन्छ । प्रकृति लम्सालको घटनासित त्यहाँका उच्च नेता वा उच्चाधिकारीका छोराहरू संलग्न भएको र उनीहरूको दबाबका कारणले नै उनीमाथि भएको दुर्व्यवहारबारे कारबाही नगरेको मात्र होइन, विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीमाथि दमन र निष्काशनसमेत गरेको थियो । प्रिसा साहको घटना पनि प्रकृति लम्साल घटनाको पुनरावृत्ति वा निरन्तरता भएको कुरा प्रष्ट छ । त्यसैले राष्ट्रिय जनमोर्चाले त्यो घटनाबारे कडा रुख अपनाउन तथा त्यसबारे भारत सरकार, उडिसाको राज्य सरकार तथा कलिङ्गा विश्वविद्यालयको प्रशासनसितसमेत त्यो मुद्दालाई गम्भीर रूपले उठाउन माग गर्दछ ।

    प्रिसा साहको घटना एउटा सामान्य आत्महत्याको घटना मात्र होइन, त्यसकारण त्यसप्रति हाम्रो पार्टीले सम्पूर्ण न्यायपूर्ण जनता, राजनीतिक पार्टी र सांसदको पनि त्यसप्रति ध्यान आकर्षण गर्न चाहन्छौँ । हाम्रो पार्टीले उक्त घटनाबारे छानबिन गरेर त्यो घटनाका लागि जिम्मेवार व्यक्तिमाथि कडा कारबाही गर्न तथा विश्वविद्यालयको प्रशासनले प्रकृति लम्सालको सन्दर्भमा जस्तो अन्यायपूर्ण र पक्षपातपूर्ण व्यवहार नगरोस्—त्यसबारे विशेष जोड दिन चाहन्छ ।”

    शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.