• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

व्यक्ति र विश्वबिचको अन्तरसम्बन्ध

"सन्दर्भ 'कामरेड जलजला' उपन्यास–६ "

  •   आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    प्रस्तुत उपन्यास ‘कामरेड जलजला’ प्राक्कथनबाट सुरु हुन्छ । त्यसको पहिलो वाक्यमा नै भनिएको छ– “कामरेड जलजला विश्वमा अन्तर्निहित छन् र सम्पूर्ण विश्व पनि उनमा अन्तर्निहित छ ।” त्यस सिलसिलामा अगाडि लेखिएको छ– “विश्व अत्यन्त विशाल छ । जलजला एकदम सूक्ष्म । एउटा सामान्य व्यक्ति तैपनि दुवैको एकअर्कामा विलय भएको छ ।” त्यसैले उनी र विश्वका बिचमा घनिष्ट सम्बन्ध तथा दुवै एकअर्कामा अन्तरनिहित भएकाले उनलाई सही प्रकारले बुझ्न उनलाई सम्पूर्ण विश्वको परिप्रेक्ष्यमा बुझ्नुपर्दछ । त्यसैले उपन्यासको प्रारम्भमा नै व्यक्ति र विश्वको बिचमा बुझ्न उनलाई सम्पूर्ण विश्वको परिपेक्ष्यमा नै बुझ्न प्रयत्न गर्नुपर्दछ । उपन्यासको सम्पूर्ण संरचना यही दार्शनिक समझदारीमाथि निर्माण गरिएको छ ।

    उपन्यासको प्रारम्भमा उनको परिचय दिने क्रममा यो मात्र बताइएको छैन, उनी काठमाडौँको बत्तिसपुतलीमा जन्मेकी थिइन् र चितवनको तोरिखेतमा हुर्केकी थिइन्, त्यसका साथै उनीसित सम्बन्धित यो लामो ऐतिहासिक पृष्ठभूमिमाथि पनि प्रकाश हाल्ने प्रयत्न गरिएको छ, उनको विकासक्रम सृष्टिको सम्पूर्ण विकासक्रमसित सम्बन्धित छ । त्यो सम्बन्ध बिग ब्याङको विस्फोटबाट तारामण्डल र ग्रहमण्डलको उत्पत्ति, जीवको उत्पत्ति, मनुष्य जातिको विकास र मनुष्य जातिको संसारका विभिन्न भागमा परिभ्रमणसित पनि जोडिएको छ । कुरा यति मात्र होइन, उनी पार्टीको पेसेवर कार्यकर्ता बनेर थबाङ गइन् र त्यहाँबाट फर्केर आएपछि उनको अजितसित प्रेम भयो । कुरा त्योभन्दा बढी र लामो छ ।

    जीवको करोडौँ वर्षको विकासक्रमपछि नै मनुष्य जातिको उत्पत्ति भएको थियो । उनीहरूका बेग्लाबेग्लै प्रजाति संसारका बेग्लाबेग्लै भागमा फैलिँदै गए । उनका पुर्खाले पनि संसारका कैयन् भागको भ्रमण गर्दै नेपालमा प्रवेश गरे होलान् । सायद बेबिलोन, मेसोपोटामिया, गढवाल, कुमाउँको सुदूर पश्चिम हुँदै उनीहरू काठमाडौँको बत्तिसपुतलीमा आएर बसेका थिए होलान् ! उनी त्यो लामो विकासक्रमकी सन्तति थिइन् । जलजला मात्र होइन, संसारका साधारणभन्दा साधारण व्यक्तिको पनि त्यही प्रकारको इतिहास हुन्छ र त्यसबाट उनी पनि अपवाद छैनन् ।

    उपन्यासमा उनले चन्द्रमादेखि सम्पूर्ण सूर्यजगत्, दुधपथ (मिल्की वे), तारामण्डलदेखि विश्वका अरबौँ तारामण्डल तथा सुदूर अन्तरिक्षसम्म भ्रमण गरेको देखाइएको छ । त्यसरी यो देखाउने प्रयत्न गरिएको छ, उनी कसरी सम्पूर्ण विश्वमा मिलेकी छन् र सम्पूर्ण विश्व उनमा ? त्यसरी उपन्यासमा यो पक्षमाथि प्रकाश हाल्ने प्रयत्न गरिएको छ, जलजलालाई सही अर्थमा बुझ्न उनलाई सम्पूर्ण विश्वको परिप्रेक्ष्यमा बुझ्ने प्रयन्त गर्नुपर्दछ । उनलाई मात्र होइन, संसारको कुनै पनि प्राणीलाई बुझ्न उसलाई एकाङ्की रूपमा होइन, समग्र रूपमा बुझ्ने प्रयत्न गर्नुपर्दछ ।

    प्रस्तुत उपन्यास जलजलाको विषयमा नै लेखिएको छ तर संसारका कुनै पनि व्यक्तिबारे उपन्यास, महाकाव्य वा मोनालिसाका जस्ता चित्र बनाउन सकिन्छ । त्यही प्रकारले प्रस्तुत उपन्यासले प्रत्येक चिजलाई बढीभन्दा बढी विस्तृत र गहन रूपले प्रस्तुत गर्ने प्रयत्न गरेको छ ।
    जलजलाबारे पहिले नै चर्चा भइसकेको छ । सुनन्दाबारे पनि उनलाई विस्तृत परिप्रेक्ष्यमा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । उनी एउटी शौका कन्या हुन्छिन् । एउटा दुर्गम र पिछडिएको स्थानमा जन्मेकी शौँका कन्या तर उनी जीवनका कैयौँ चरण पार गर्दै अगाडि बढ्दै जान्छिन् र उनले संसारको ठुलो क्षेत्रको परिभ्रमण गर्दछिन् । उपन्यासका अन्य पात्रलाई पनि विस्तृत परिप्रेक्ष्यमा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ ।

    चन्द्रसिंह गढवाली ब्रिटिस सेनाका सामान्य सैनिक हुन्छन् तर उनले ब्रिटिस सेनाका विरुद्ध विद्रोह गर्दछन् । उनमा आएको त्यस प्रकारको विद्रोहको भावना पनि त्यो बेला भारतमा चलिरहेको स्वतन्त्र आन्दोलनको परिणाम हुन्छ । त्यसपछि उनी ब्रिटिस सरकारद्वारा दमनको लामो प्रक्रियाका बिचबाट जानुपर्दछ । उनलाई एकपछि अर्को गर्दै भारतका कैयौँ जेलमा प्रताडना दिँदै थुनेर राखिन्छ । त्यो क्रममा जेलमा भारतका काङ्ग्रेस र कम्युनिस्ट पार्टीका कैयौँ नेता वा बुद्धिजिवीसित उनको भेट हुँदै जान्छ र उनी एउटा परिपक्व र क्रान्तिकारी राजनीतिक नेताका रूपमा बदलिन्छन् । उनको त्यस रूपमा विकास पनि उनीसित जोडिएको विश्व र भारतको पनि राजनीतिक परिस्थिति वा पृष्ठभूमिको सम्मिलित परिणाम नै हुन्छ । विश्वमा नै मार्क्सवादी–लेनिनवादी दर्शन, क्रान्तिकारी आन्दोलन, स्वतन्त्र सङ्ग्राम आदिको जुन लामो विकासक्रम भयो, ती सबैको परिणामस्वरूप नै उनी एउटा कम्युनिस्ट बनेका थिए । उनको परिचय दिने क्रममा सम्पूर्ण कुमाउँको ऐतिहासिक वा राजनीतिक अवस्थाको परिचय दिने प्रयत्न पनि गरिएको हुन्छ ।

    उपन्यास पढ्दा यो कुरा बुझ्न गाह्रो पर्ने छैन, त्यसका कुनै पनि पात्र वा घटनालाई विशुद्ध व्यक्तिगत रूपमा होइन्, तिनीहरूलाई तिनीहरूसित जोडिएका सम्पूर्ण परिस्थिति वा पृष्ठभूमिका परिप्रेक्ष्यमा नै बुझ्ने वा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । त्यही द्वन्द्वात्मक पद्धति पनि हो । द्वन्द्वात्मक भौतिकवादले यो कुरामा जोड दिन्छ कि कुनै पनि व्यक्ति वा घटनालाई एकाङ्की रूपमा होइन, ऊसित जोडिएको सम्पूर्ण परिस्थितिसित जोडेर नै अध्ययन गर्ने वा बुझ्ने प्रयत्न गर्नुपर्छ र उपन्यासमा प्रस्तुत गरिएका सबै पात्र वा घटनाबारे त्यही पद्धति अपनाइएको छ ।

    डा. जगदीश खलनायक हुन् तर उनलाई भद्दा रूपमा होइन, उच्च रूपमा चित्रण गर्ने प्रयत्न गरिएको छ । उनी एउटा प्रशिक्षित बुद्धिजीवी हुन् । एउटा कम्युनिस्ट कार्यकर्ता पनि हुन् । विश्व कम्युनिस्ट आन्दोलनमा सोभियत संशोधनवादी लहर आएपछि उनी पनि त्यसको असरमा पर्दछन् । त्यसको प्रभावमा परेर नै उनी बढी व्यक्तिवादी बन्दै जान्छन् र उनको क्रान्तिकारी दृष्टिकोणमा ह्रास आउँछ । उनले सुनन्दालाई प्रेम गर्दछन् र उनीसित विवाहका लागि प्रस्ताव पनि राख्दछन् । सामान्यतया त्यो कार्यलाई अनुचित भन्न सकिन्न यद्यपि यो कुरा बेग्लै हो कि उनीहरूका विचारमा भएको सैद्धान्तिक अन्तरका कारणले त्यो विवाह सफल हुन्न । सुनन्दा र अजितको विवाहको बेलामा उनी उपस्थित हुन्छन् र उनले आफ्नो सोचाइ अवसरवादी र गैरक्रान्तिकारी भएको भनेर आत्मालोचना पनि गर्दछन् । त्यसरी उपन्यासमा उनलाई खलनायकको रूपमा प्रस्तुत गरिए पनि एउटा शिष्ट बुद्धिजीवीको रूपमा प्रस्तुत गरिएको छ । कौशानीको प्राध्यापक, रुसमा दर्शनसम्बन्धी शोधकार्य र दिल्लीमा सुनन्दाको पिएचडीको गाइडको रूपमा उनलाई चित्रण गरिएको छ ।

    समग्र रूपमा डा. जगदीशको विषयमा उनको मुख्य कमजोरी उनको दृष्टिकोणमा नै भएको देखाइएको छ । उनी कम्युनिस्ट हुन्छन् तर उनीभित्र मुख्य रूपले व्यक्तिवादले नै काम गरेको हुन्छ । उनका लागि मिहिनेतकश जनता, पार्टी र क्रान्तिभन्दा व्यक्तिगत स्वार्थ वा महत्त्वाकाङ्क्षा नै प्रधान हुन्छ । पार्टी त्यो उद्देश्य पूरा गर्ने एउटा माध्यम मात्र हुन्छ । उनको सम्पूर्ण जीवनचक्र त्यही विन्दुका वरिपरि घुमिरहेको हुन्छ । प्रेम र विवाहलाई पनि उनले त्यही दृष्टिकोणले हेरिरहेका हुन्छन् । त्यसरी डा. जगदीशको माध्यमद्वारा उपन्यासमा कम्युनिस्ट आन्दोलनमा देखा पर्ने व्यक्तिवादी र अवसरवादी चरित्रमाथि प्रकाश हाल्ने प्रयत्न गरिएको छ ।

    उपन्यासमा चित्रण गरिएकी दिव्याले पनि कम्युनिस्ट आन्दोलनको अवसरवादी चरित्रको प्रतिनिधित्व गर्दछिन् । उनी वामपन्थी र प्रगतिशील छात्रा हुन्छिन् । उनले प्रायशः क्रान्तिकारिताको प्रदर्शन पनि गर्ने गर्दछिन् । उनमा पदको महत्त्वकाङ्क्षा पनि हुन्छ । उनले आफूले नपाएको पदको पनि प्रदर्शन गरेर आत्मप्रशंसा गर्ने पनि प्रयत्न गर्दछिन् । उनमा व्यक्तिगत स्वार्थको प्रबल इच्छा हुन्छ । उनको प्रेम र विवाहको सोचाइका पछाडि पनि त्यही प्रवृत्तिले काम गरेको हुन्छ । पहिले उनले साइकिल चढ्ने एउटा केटासित प्रेम गर्छिन् तर मोटरसाइकल चढ्ने युवकसितको सम्पर्कमा आएपछि साइकिल चढ्ने केटासितको प्रेमलाई त्याग्छिन् । दिदीको मृत्युपछि उनले एउटा पञ्चे भनेर आफ्नो भिनाजुसित विवाह गर्न अस्वीकार गर्दछिन् तर पछि उनको पद, वैभव र धनसम्पत्ति देखेपछि उनीसित विवाह गर्न तयार हुन्छिन् । आफ्नी दिदीको सल्लाह मानेर, भ्रष्टाचार गरेर भिनाजुले कमाएको धनसम्पत्तिका लागि गर्व गर्दछिन् । त्यसरी उनको जीवनप्रतिको दृष्टिकोण एकदम निकृष्ट प्रकारको हुन्छ । दिव्याको त्यो उदाहरणले वामपन्थी आन्दोलनसित जोडिएका कैयौँ युवक र युवतीको मानसिकताको प्रतिनिधित्व गर्दछ ।

    उपन्यासले एकातिर, सम्पूर्ण ब्रह्माण्ड, पृथ्वीका विभिन्न महाद्वीप, महासागर, विभिन्न देशको इतिहास, संस्कृति, राजनीति, आन्दोलन आदिको अध्ययन गर्ने वा उपन्यासका विभिन्न पात्रलाई त्यसरी सम्पूर्ण विश्वको परिप्रेक्ष्यमा प्रस्तुत गर्ने प्रयत्न गरेको छ भने अर्कातिर, प्रत्येक व्यक्तिलाई उनीहरूका जीवनका विभिन्न पक्ष र मनोवैज्ञानिक विश्लेषणसमेतका आधारमा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । दिव्यासितको सम्पर्कपछि विद्या रोकाको चिन्तनमा देखा परेको अन्तर्द्वन्द्व त्यसको एउटा उदाहरण हो ।

    सुनन्दाको मनमा उठ्ने गरेको अन्तर्द्वन्द्वबारे पनि उपन्यासमा विस्तृत र गहन रूपले प्रकाश हालिएको छ । उनको जीवन कैयौँ प्रकारका मानसिक अन्तर्द्वन्द्वका बीचबाट नै अगाडि बढेको हुन्छ । सर्वप्रथम हरि सिंहसितको विवाहबाट बच्न आफ्ना जेठा बासित भागेर जाँदा आफ्नो हजुर बालाई छाडेर जाँदा उनलाई धेरै नै मानसिक पीडा पुगेको थियो । राधा बहनको प्रस्तावमा पर्वतारोहण र सामाजिक सेवामध्ये के रोज्ने ? त्यो निर्णयमा पुग्दा पनि उनको मनमा ठूलो अन्तर्द्वन्द्व भएको थियो । गान्धीवादको ठाउँमा मार्क्सवादी–लेनिनवादी दर्शनलाई अपनाउने बेलामा पनि उनको मनमा ठुलो अन्तर्द्वन्द्व चलेको थियो ।

    डा. जगदीशसितको विवाहको प्रस्तावलाई अस्वीकार गर्ने बेलामा पनि उनी ठुलो मानसिक अन्तर्द्वन्द्वका बिचबाट जानुपरेको थियो । खास गरेर स्टालिनग्राडमा उनको मनमा त्यस प्रकारको अन्तरद्वन्द्व बढी चलेको थियो । उनलाई सबैभन्दा ठुलो पीडा जलजलाको मृत्युबाट नै पुगेको थियो । कुनै प्रेमका कारणले होइन, जलजलाको मृत्युको शोकलाई भुल्न र दिल्लीबाट टाढा हुन नै उनले डा. जगदीशको प्रेम प्रस्तावलाई स्वीकार गरेकी थिइन् । पछि उनले थाहै नपाईकन मनमनै अजितलाई प्रेम गर्न थालेकी थिइन् ।

    पहिले स्वयम् उनलाई पनि आफ्नो मनको कुरा राम्ररी थाहा भएको थिएन । भेलेन्टिनाले उनलाई त्यसबारे बताएपछि नै त्यसप्रति उनको ध्यान गएको थियो र उनले भेलेन्टिनालाई यो मात्र भनेर जबाफ दिएकी थिइन् ‘सायद’ तर अजितको कुनै वास्तविक नाम र ठेगाना पनि उनलाई थाहा थिएन । उनले आफ्नै गाउँमा गएर भेडा चराउने कुरा पनि सोच्न थालेकी थिइन तर जलजलाको मृत्युपछि अजितले लेखेको डायरी पढेपछि उनले निश्चय गरेकी थिइन्, अजितलाई जसरी पनि खोज्ने । त्यसरी उपन्यासमा गरेको त्यो चित्रणबाट सुनन्दाका मनमा उठ्ने गरेको मानसिक द्वन्द्वबारे राम्ररी थाहा हुन्छ ।

    उपन्यासकी मुख्य पात्र जलजला पनि ठुलो मानसिक द्वन्द्वको बिचबाट गएको देखिन्छ । उनको र अजितका बिचमा प्रेम भयो तर त्यो प्रेम सामान्य थिएन । त्यो अत्यन्त विवादग्रस्त थियो । उनीहरू दुवै जनाले एकातिर पार्टीको पङ्क्ति र अर्कातिर, ठुलो सामाजिक दबाबको सामना गर्नुपरेको थियो । त्यो प्रेमका कारणले जलजला कति धेरै मानसिक द्वन्द्व र दबाबका बिचबाट जानुपरेको थियो, उपन्यासमा उल्लेख गरिएका जलजला र अजितका बिचका पत्रबाट राम्ररी थाहा हुन्छ तर त्यस प्रकारको स्थितिमा पनि उनीहरू दुवै जनाको एकअर्काप्रतिको प्रेम तथा पार्टी र क्रान्तिप्रतिको आस्था तथा त्याग र समर्पणको भावनामा कुनै कमी आएको थिएन । त्यो उनीहरूको प्रेमको प्रधान पक्ष थियो ।

    २०८२ वैशाख ६ गते

    आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.